२०८२ कार्तिक २७ बुधबार
२०८२ कार्तिक २७ बुधबार

साइप्रसमा छ घण्टामा २० भन्दा बढी पराकम्प, भूकम्प निरन्तर जाने अनुमान

साइप्रसमा छ घण्टा भित्र २० भन्दा बढी पराकम्प  गए पछि भूगर्भविद्हरू सतर्क भएका छन्। युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बुधवार बिहान करिब ११ : ३० बजे ५ . ७ रेक्टर को भुकम्प र बेलुकी ४ : ३० बजे गएको ५ . ९ रेक्टर को भुकम्प संगै पराकम्प आउने क्रम जारी छ। 
तर भूगर्भ सर्वेक्षण विभाग साइप्रस का अनुसार बिहान गएको  भुकम्पको तीव्रता ५ . ३ र बेलुकी गएको भुकम्पको  सही विवरण  पुष्टि गर्न यसको अध्ययन भै  रहेको बताइको छ।   

साइप्रस न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा विभागका निर्देशक ले भनेका छन् कि भूकम्प निरन्तर जाने अनुमान गरिएको छ र भूगर्भ सर्वेक्षण विभागको भूकम्पीय केन्द्रले घटनाको निगरानी गरिरहेको छ।

युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बिहान ११:३० देखि दिउँसो ५:१५ सम्म २० वटा भन्दा बढी परकम्पहरू रेकर्ड गरिएको थियो।  पराकम्प को तीव्रता  रेक्टर स्केलमा २.२ देखि ५.३ सम्मका थिए।

भुकम्प धक्का लेबनान र इजरायल सम्म महसुस गरिएको समाचार प्रकाशित भएका छन्।  भुकम्प पछि सुनामी को खतरा भने नभएको बताइएको छ।  देश भरि बाट कुनै पनि क्षति को खबर भने आएको छैन। 

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट