साइप्रसमा छ घण्टा भित्र २० भन्दा बढी पराकम्प गए पछि भूगर्भविद्हरू सतर्क भएका छन्। युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बुधवार बिहान करिब ११ : ३० बजे ५ . ७ रेक्टर को भुकम्प र बेलुकी ४ : ३० बजे गएको ५ . ९ रेक्टर को भुकम्प संगै पराकम्प आउने क्रम जारी छ।
तर भूगर्भ सर्वेक्षण विभाग साइप्रस का अनुसार बिहान गएको भुकम्पको तीव्रता ५ . ३ र बेलुकी गएको भुकम्पको सही विवरण पुष्टि गर्न यसको अध्ययन भै रहेको बताइको छ।
साइप्रस न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा विभागका निर्देशक ले भनेका छन् कि भूकम्प निरन्तर जाने अनुमान गरिएको छ र भूगर्भ सर्वेक्षण विभागको भूकम्पीय केन्द्रले घटनाको निगरानी गरिरहेको छ।
युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बिहान ११:३० देखि दिउँसो ५:१५ सम्म २० वटा भन्दा बढी परकम्पहरू रेकर्ड गरिएको थियो। पराकम्प को तीव्रता रेक्टर स्केलमा २.२ देखि ५.३ सम्मका थिए।
भुकम्प धक्का लेबनान र इजरायल सम्म महसुस गरिएको समाचार प्रकाशित भएका छन्। भुकम्प पछि सुनामी को खतरा भने नभएको बताइएको छ। देश भरि बाट कुनै पनि क्षति को खबर भने आएको छैन।
















