२०८२ फाल्गुन ४ सोमबार
२०८२ फाल्गुन ४ सोमबार

श्रम संस्कृति महाभियान पार्टीको साइप्रस प्रवास समिति गठन

लिमासोल – श्रम संस्कृति महाभियान पार्टीले साइप्रसमा प्रवास समिति गठन गरेको छ। गत आइतबार लिमासोल स्थित मोलोस पार्कमा आयोजित भेला बाट कौशिला देवानको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको हो । प्रवासमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण, श्रमको सम्मान स्थापित गर्ने तथा श्रमिकहरूको एकता, सुरक्षा र सुदृढीकरण गर्ने उद्देश्यसहित समिति गठन गरिएको हो।

नवगठित समितिको अध्यक्षमा कौशिला देवान चयन हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा विकास थोकर, उपाध्यक्षमा सजेंद्र मल्ल, महिला उपाध्यक्षमा गीता रानी राई, महासचिवमा कल्पना सुनुवार, सचिवमा सरु मादेन, सह–सचिवमा दिपिका नेम्वाङ्ग, कोषाध्यक्षमा कोपिला नाल्बो, सह–कोषाध्यक्षमा विमल कुमार चेम्जोङ्ग तथा प्रवक्तामा गङ्गा कुरुङ्गभाङ चयन हुनुभएको छ। समितिमा विभिन्न क्षेत्र र पेशामा आवद्ध नेपाली श्रमिक तथा समाजसेवीहरूलाई सदस्यका रूपमा समेटिएको छ।

समितिले प्रवासमा रहेका नेपाली श्रमिकहरूको समस्या, चुनौती तथा सुरक्षासम्बन्धी विषयहरूमा संगठित रूपमा आवाज उठाउने जनाएको छ। श्रमिकहरूको हकअधिकार संरक्षण, श्रमको सम्मान तथा मर्यादित श्रम संस्कृतिको प्रवर्द्धन गर्दै श्रमिकहरूलाई संगठित र सशक्त बनाउने लक्ष्य समितिले लिएको छ। 

समितिले प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सहकार्य र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै श्रमिकहरूको सामाजिक, आर्थिक तथा पेशागत सुदृढीकरणमा भूमिका खेल्ने जनाएको छ। प्रवासी नेपालीहरूको शक्ति, अनुभव र क्षमतालाई एकीकृत गर्दै मातृभूमि नेपालको समृद्धि, विकास तथा राष्ट्रिय हितका पक्षमा योगदान पुर्‍याउने उद्देश्यसमेत समितिले लिएको छ।

नवगठित समितिको सल्लाहकार समूहमा संस्थापक तथा संरक्षक चुमंता तुम्बापो, प्रमुख सल्लाहकार दर्शन बराल मगर, वरिष्ठ सल्लाहकार सदस्य प्रकाश ‘प्राण’ राई तथा सल्लाहकार सदस्य नविन राई रहनुभएको छ। सल्लाहकारहरूले समितिलाई मार्गदर्शन गर्दै संगठन विस्तार, श्रमिक अधिकार संरक्षण तथा प्रवासमा रहेका नेपालीहरूको हितका विषयमा सहयोग गर्ने जनाइएको छ।

समितिका पदाधिकारी तथा सदस्यहरूले प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार, सुरक्षा, सम्मान तथा हितका लागि संगठित रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै श्रमिकहरूको समस्या समाधान, जनचेतना अभिवृद्धि, संगठन विस्तार तथा श्रम संस्कृतिको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।

पदाधिकारी तथा सदस्यहरूको नामावली

  • अध्यक्ष – कौशिला देवान
  • वरिष्ठ उपाध्यक्ष – विकास थोकर
  • उपाध्यक्ष – सजेंद्र मल्ल
  • महिला उपाध्यक्ष – गीता रानी राई
  • महासचिव – कल्पना सुनुवार
  • सचिव – सरु मादेन
  • सह–सचिव – दिपिका नेम्वाङ्ग
  • कोषाध्यक्ष – कोपिला नाल्बो
  • सह–कोषाध्यक्ष – विमल कुमार चेम्जोङ्ग
  • प्रवक्ता – गंगा  कुरुम्बाङ् लिम्बु 

कार्यसमिति सदस्यहरु 

  • राम मगर

  • जीवन मगर

  • कमला तावा

  • अरुण दोङ्ग

  • युपनामा मेंयान्बो

  • डम्बर नाल्बो

  • गीता कुरुम्बाङ्

  • शान्ता नेम्वाङ्ग

  • बल कुमार याम्फु

  • भागेश्वर तामाङ्ग

  • बिनु चाम्लिङ्ग

  • लक्ष्मी राई

  • प्रतिक्षा नाछिरिङ्ग

  • हेमराज इधिङ्गो

  • कमला राई

  • राम प्रसाद नेम्वाङ्ग

  • सानु चाम्लिङ्ग

  • निशा लिम्बु

  • विष्णु कुरुम्बाङ्

  • स्मृति लिम्बु

  • राजु आङ्ग्देम्बे

  • पुष्पा योङ्गहाङ्ग

  • युना लिम्बु

  • फुर्वा स्याङ्गबो तामाङ्ग

  • माया साम्योक

  • जीवन राना मगर

  • विवेक राना मगर

  • राजेश तामाङ्ग

  • लिम्बुनी कान्छी

  • दीपेन्द्र पालुङवा

  • उत्तम मगर

  • सुमन लावती

  • उमेश तामाङ्ग

  • मनिता राई

  • डोल्मा राई

  • रमेश खड्का

  • उमेश थिङ्ग

  • सन्दिप याख्या

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट