२०८३ श्रावण ३१ आईतवार
LATEST NEWS
२०८३ श्रावण ३१ आईतवार

तामाङ समाज पोर्चुगल द्वारा पत्रकार रेग्मीलाई सम्मान

पत्रकार पुस्तक रेग्मी सम्मानित

 तामाङ समाज पोर्चुगलले पत्रकार पुस्तक रेग्मीलाई सम्मान गरेको छ । समाजले आयोजना गरेको ‘डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६’ कार्यक्रम सफल बनाउन पुर्‍याएको योगदानको कदर गर्दै रेग्मीलाई सम्मान–पत्र प्रदान गरिएको हो ।

पोर्चुगलमा पहिलो पटक आयोजना गरिएको उक्त सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा नेपाली कला, संस्कृति र तामाङ समुदायको मौलिक पहिचानलाई प्रवर्द्धन गर्न पत्रकारिता क्षेत्रबाट पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै रेग्मीलाई सम्मान गरिएको तामाङ समाज पोर्चुगलले जनाएको छ ।

समाजले कार्यक्रमको प्रचार–प्रसार तथा सफल आयोजनाका लागि प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने क्रममा पत्रकार रेग्मीलाई पनि सम्मान–पत्र प्रदान गरेको हो ।

सम्मान ग्रहण गर्दै पत्रकार रेग्मीले तामाङ समाज पोर्चुगलले नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सांस्कृतिक गतिविधिमा आफ्नो क्षेत्रबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त सम्मान कार्यक्रम गत सोमबार अगस्ट १० तारिख लिस्बनस्थित एभरेस्ट मम रेस्टुरेन्ट आन्जुसको सभाहलमा सम्पन्न भएको हो । समाजले पत्रकार लगायत नेपालदेखि आउनुभएका चर्चित गायक विश्व दोङ लगायत स्थानीय कलाकारहरुलाई समेत सम्मान गर्नुभएको थियो ।

पत्रकार रेग्मी नेपाल पत्रकार महासङ्घ युरोप शाखा र प्रेस युनियन युरोपका कार्यसमिति सदस्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका महासचिव समेत हुन् ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट