लिमासोल (साइप्रस) — साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिला मन्दिरा कुमारी विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ। लिमासोलस्थित जनरल अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचाररत रहेकी उनको आइतबार बिहान ९:३० बजे मृत्यु भएको नेपाल कन्सुलेट कार्यालयले पुष्टि गरेको हो।
अवैतनिक वाणिज्यदूतावास निकोसियाका महामहिम डा.राम जीवन पन्जियार का अनुसार अस्पतालबाट प्राप्त आधिकारिक जानकारीका आधारमा मृत्यु पुष्टि गरिएको हो। यद्यपि अहिले सम्म प्रहरी रिपोर्ट प्राप्त नभएको उहाँ ले बताउनु भयो।मृतकको परिवारलाई समेत यसबारे जानकारी गराइ सकिएको बताइएको छ।
४६ वर्षीया मन्दिरा कुमारी विश्वकर्मालाई गत डिसेम्बर ३१ गते हृदयघात भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार हृदयघात पछि उनको मुटु अचानक बन्द भएको थियो। मुटु बन्द हुँदा दिमागमा लामो समय अक्सिजन नपुगेकाले उनी दिमागले काम गर्न छोडेको हुन सक्ने (सम्भावित ब्रेन डेथ) अवस्थामा पुगेको चिकित्सकहरूले बताएका थिए।
लालबन्दी–७, सर्लाही घर भएकी मन्दिरा कुमारी विश्वकर्मा गत २२ डिसेम्बर मा नेपालबाट घरेलु कामदार भिसामा साइप्रस आएकी थिइन्। साइप्रस पुगेपछि उनी लिमासोल नजिकको एक गाउँमा एक वृद्ध दम्पतीको हेरचाह गर्ने काममा संलग्न भएकी थिइन्।
काम सजिलो भए पनि वृद्ध (बजु) हेरचाहको वातावरण आफूलाई असजिलो लागेको बताउँदै उनले काम परिवर्तन गरिदिन अनुरोध गरेकी थिइन्। त्यसपछि नेपालस्थित म्यानपावर एजेन्सीले घर परिवर्तन गराइदिन साइप्रसमा आफ्नो प्रतिनिधि पठाएको थियो।
तर काम परिवर्तनका लागि गाडीमा जाँदै गर्दा उनी अचानक अचेत भइन्। गाडीमै बेहोस भएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको बताइएको छ।
ICU मा उपचार जारी रहे पनि स्वास्थ्य अवस्थामा कुनै सुधार नआएपछि अन्ततः जनवरी ११ गते बिहान ९:३० बजे उनको मृत्यु भएको नेपाल कन्सुलेट कार्यालयले पुष्टि गरेको हो।
मृतक का श्रीमान साउदी अरबमा कार्यरत छन्। उनका दुई छोरी र एक छोरा छन्। एक छोरी अध्ययनका लागि जापानमा रहेकी छन् भने अर्की छोरी नेपालमै छन्। छोरा अष्ट्रेलियामा रहेका छन्।
कन्सुलर डा. पन्जियारले यश दु:खद घडी मा मृतक आत्माको चिर शान्ति को कामना गर्दै अब शव व्यवस्थापन, कानुनी प्रक्रिया तथा स्वदेश फिर्तीसम्बन्धी विषयमा आवश्यक समन्वय गर्ने कार्य सुरु हुने जानकारी दिनु भयो।
गैर आवासीय नेपाली संघ साइप्रसले पनि यस बारे जानकारी दिदै गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।
लिमासोल (Cyprus) — साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिला हाल लिमासोल स्थित जेनेरल अस्पतालको ICU मा मृत्यु संग लडिरहेकी छन् । प्राप्त जानकारी अनुसार ४६ वर्षीय बिश्वकर्मा लाई डिसेम्बर ३१ मा हृदयघात भए पछि उपचारको लागि अस्पताल लागिएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार हृदयघातपछि उनको मुटु अचानक बन्द भएको थियो। मुटु बन्द हुँदा दिमागमा लामो समय अक्सिजन नपुगेकाले उनी दिमागले काम गर्न छोडेको हुन सक्ने (सम्भावित ब्रेन डेथ) अवस्थामा पुगेको आशंका गरिएको छ।
लालबन्दी ७ , सर्लाही घर भै गत २२ डिसेम्बर मा नेपालबाट घरेलु कामदार भिसामा साइप्रस आएकी उनी लिमासोल नजिकको Eirimi गाउँमा एक वृद्ध दम्पतीको हेरचाह गर्ने काममा संलग्न भएकी थिइन्।
काम परिवर्तनका क्रममा अचेत
काम सजिलो भए पनि याया (बजु ) हेरचाहमा आफु असजिलो भएको बताउदै आफुलाई काम परिवर्तन गरिदिन अनुरोध गरे पछि नेपालस्थित म्यानपावर एजेन्सीले घर परिवर्तन गराई दिन आफ्नो प्रतिनिधि पठाए।
तर काम परिवर्तनका लागि गाडीमा जाँदै गर्दा उनि अचानक अचेत भइन्। गाडी मै बेहोस भए पछि उनलाई तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लगिएको हो।
अस्पताल भर्ना र सम्पर्क विच्छेद
३१ डिसेम्बरमा अस्पताल भर्ना भएपछि बिश्वकर्माको परिवार संग सम्पर्क टुटेको थियो। २ जनवरीमा परिवारले नेपालस्थित म्यानपावर कार्यालयमा सम्पर्क गर्दा मात्र उनी अस्पतालमा भर्ना रहेको जानकारी पाएको थियो। त्यसपछि परिवारले निकोसिया स्थित Nepal Consulate मा सम्पर्क गरेपछि कन्सुलेट को समन्वयमा एक प्रतिनिधि अस्पताल पुगेका थिए।

डाक्टरको विवरण: के भयो र अहिले के भइरहेको छ?
डाक्टरले दिएको जानकारी अनुसार बिरामीलाई हृदयघातपछि उनको मुटु अचानक बन्द (cardiac arrest) भएको र मुटु बन्द हुँदा दिमागमा लामो समय अक्सिजन नपुगेकाले गम्भीर क्षति पुगेको आशंका गरिएको थियो।
अस्पतालमा पुर्याएपछि मुटुको बन्द भएको नसा जाँच गरी स्टेन्ट राखिएको थियो। तर त्यसअघि भएको क्षति, गम्भीर रहेकाले उनी आफैँ सास फेर्न नसक्ने अवस्थामा पुगेकी थिइन्।
डाक्टरका अनुसार हाल उनको शरीरका मुख्य अंगहरूलाई बचाउन मेसिन हरु प्रयोग गरिएको छ। भेन्टिलेटर मेसिनको सहारामा सास फेर्ने र डायलाइसिस (renal replacement therapy) मार्फत रगत सफा गरिरहेको छ।
डाक्टरका अनुसार शरीरका केही अंग मेसिनले चलाइरहेको देखिए पनि दिमाग स्थायी रूपमा निष्क्रिय भएको आशंका गरिएको छ। icu मा रहे पनि स्वास्थ्य अवस्थामा कुनै सुधार नदेखिएको डाक्टरले बताएका छन्।
डाक्टरका अनुसार बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको जानकारी परिवारलाई दिइएको छ।
कन्सुलेट कार्यालयका अनुसार परिवारलाई बिरामीको अवस्था बारे निरन्तर जानकारी दिँदै भै परि आउने सबै परिस्थितिका लागि मानसिक रूपमा तयार गराइएको छ।
परिवारको अवस्था
बिरामी विश्वकर्मा विवाहित हुन्। उनका श्रीमान Saudi Arabia मा कार्यरत छन्। एक छोरी अध्ययनका लागि Japan मा रहेकी छन् भने अर्की छोरी नेपालमै छन्। छोरा Australia मा रहेका छन्। परिवारका सदस्यहरू विभिन्न देशमा रहेकाले उनी परिवारसँग नियमित सम्पर्कमा रहँदै आएकी थिइन्।
हाल उनको गम्भीर स्वास्थ्य अवस्थाले परिवारमा चिन्ता बढाएको छ।
कन्सुलेट कार्यालयले प्रतिनिधि मार्फत स्वास्थ्य अवस्थाबारे परिवारलाई निरन्तर जानकारी गराइरहेको बताएको छ।
✍️ लेखक: मधुकर गुरुङ्ग,निकोसिया
हिजो ६ जनवरी २०२६, मंगलबार, निकोसियाको एलेफ्थेरिया स्क्वायरमा बेलुका पाँच बज्दा चिसो हावाबीच मानिसहरू शान्त रूपमा उभिएका थिए। सबैका आँखामा गहिरो पीडा स्पष्ट देखिन्थ्यो। मनमा अनेक प्रश्नहरू उब्जिए। म भीड चिर्दै बीचमा पुगेँ। त्यहाँ बलिरहेका प्रशस्त मैनबत्तीहरूको बीचमा २४ वर्षीय पाकिस्तानी युवक शोएब खानको तस्बिर राखिएको थियो।
ठीक एक वर्षअघि यही मितिमा, साइप्रसको बफर जोन नजिक शोएब खान मृत फेला परेका थिए। सार्वजनिक रूपमा उपलब्ध साइप्रस मिडियाका रिपोर्टहरू अनुसार, सुरुमा उनको मृत्यु प्राकृतिक कारणले भएको भनिएको थियो। तर पछि गरिएको पोस्ट-मोर्टेम परीक्षणमा उनको शरीरभित्र गोली भेटिएको तथ्य सार्वजनिक भयो।
उक्त घटना नर्थ साइप्रस र रिपब्लिक अफ साइप्रस बीचको बफर जोन नजिकको Potamia क्षेत्रमा भएको जनाइएको छ, जहाँ त्यस समयमा प्रहरीको उपस्थिति रहेको रिपोर्ट गरिएको थियो। घटनासँग सम्बन्धित विवरणहरूलाई लिएर मानव अधिकारकर्मी तथा विभिन्न नागरिक समूहहरूले प्रश्न उठाउँदै स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्दै आएका छन्। यस घटनासम्बन्धी कानुनी अनुसन्धान अझै पूर्ण रूपमा टुंगोमा नपुगेको जनाइएको छ, र त्यसैले यो विषय हाल पनि न्यायिक परीक्षणकै प्रक्रियामा रहेको छ।
हिजो साँझको कार्यक्रम केवल श्रद्धाञ्जली मात्र थिएन। त्यो एउटा गहिरो प्रश्न थियो, पीडा थियो, आक्रोश थियो, र न्यायको मागमा ऐक्यबद्धताको अभिव्यक्ति थियो। सबैका आँखामा एउटै प्रश्न थियो—आज शोएब खान, भोलि को?
कार्यक्रम सम्पन्न भएपछि यस स्तम्भकारले ऐक्यबद्धता समूहका आयोजक तथा मानव अधिकारकर्मी Frixos Petrou लाई भेटेँ। आफूलाई साइप्रसमा बसोबास गर्ने एक नेपाली नागरिकका रूपमा परिचय दिँदै शोएब खानको घटनाप्रति आफ्नो व्यक्तिगत चासो र संवेदना व्यक्त गर्दा उनले भने—न्याय स्थापित नहुञ्जेल एकताको आवाज निरन्तर उठिरहनुपर्छ।
त्यसपछि मन्तव्य दिने क्रममा उनले माइक समातेर भीडलाई अर्को एउटा साक्ष्य सुनाए—एक अफगान शरणार्थी युवकको कथा। उनका अनुसार, यो कथा शोएब खानको मृत्यु कुनै अपवाद नभई कठोर र अमानवीय प्रणालीसँग जोडिएको विषय भएको देखाउँछ।
सन् २०२३ मा साइप्रस पुगेका २३ वर्षीय अफगान युवक पहिलो रात नै चिसो सडकमा एक्लै छाडिएका थिए। पोर्नारा शरणार्थी केन्द्र पुगेपछि पनि प्रहरीको कठोर व्यवहारका कारण उनी र अन्य शरणार्थीहरू रातभर बाहिरै बस्न बाध्य भएको उनीहरूको अनुभव थियो। चिसो, भोक र अपमानको त्यो रात उनले कहिल्यै बिर्सन सकेनन्।
क्याम्पभित्र प्रवेश गरेपछि पनि जीवन सहज भएन—पिउने पानीको अभाव, बिजुलीबिहीन टेन्ट, आधारभूत आवश्यकताहरूको कमी। क्याम्पबाहिर निस्किएपछि कामको खोजीमा उनले एकपछि अर्को ढोका ढकढक्याए, तर “अफगानिस्तान” भन्नेबित्तिकै अवसर बन्द हुने गरेको अनुभव सुनाइयो। अन्ततः पाएको काममा पनि श्रम शोषण, महिनौँसम्म बिदाविहीन श्रम र अनिश्चित भविष्यले उनलाई मानसिक रूपमा थकित बनाएको बताइयो। वर्षौँसम्म शरणसम्बन्धी निर्णय नआउँदा उनको जीवन मानौँ रोकिएको घडीझैँ भएको थियो।
यही किसिमको असुरक्षित र अनिश्चित संरचनाभित्र शोएब खान पनि बाँचिरहेका थिए। रोजगारी र सुरक्षित जीवनको खोजीमा साइप्रस आएका उनी कागजविहीनताको डर, गिरफ्तारीको त्रास र सीमापार गर्नुपर्ने बाध्यताबीच जीवन बिताइरहेका थिए।
एक नेपाली नागरिकका रूपमा, यो कथा मलाई झनै चिरपरिचित लाग्छ। रोजगारी र भविष्यको खोजीमा लाखौँ नेपाली विश्वका विभिन्न मुलुकमा पुगेका छन्—कहिले खाडी, कहिले मलेसिया, कहिले युरोप। समय–समयमा विदेशमा ज्यान गुमाएका नेपालीका दुःखद समाचारहरूले हामीलाई स्तब्ध बनाउँछन्। इराकमा १२ जना नेपालीलाई क्रूर रूपमा हत्या गरिएको घटना आज पनि मेरो स्मृतिमा ताजै छ।
शोएब खान आज हामीबीच छैनन्, तर भोलि अर्को शोएब, अर्को नेपाली, अर्को अफगान यही चक्रको शिकार नहोला भन्न सकिँदैन।
एलेफ्थेरिया स्क्वायरमा बालिएका ती मैनबत्तीहरूले मलाई एउटा कुरा स्पष्ट रूपमा सम्झाइरहेका थिए—अन्यायका विरुद्ध मौन बस्नु पनि अपराधसरह हो। शोएब खानका लागि न्याय माग्नु भनेको भोलिका सम्भावित पीडितहरूलाई जोगाउने प्रयास हो। यदि हामी आज चुप लाग्यौँ भने, इतिहासले फेरि उही पीडा दोहोर्याउनेछ।
शोएब खानप्रति गहिरो समवेदना तथा हार्दिक श्रद्धाञ्जली ।
नोट: यो लेख , लेखकको व्यक्तिगत अनुभूति, सार्वजनिक कार्यक्रममा प्रस्तुत विवरण तथा मानव अधिकारकर्मीहरूको भनाइमा आधारित छ।
A special Nepali cultural program marking Sonam Lhosar, the traditional New Year of the Tamang community, is set to take place in Paphos highlighting Nepali music, culture, and community unity in the diaspora.
The event, organized by Lama Apart, will be held on Sunday, January 18, and is expected to attract Nepalis living across different cities in Cyprus.
The main attraction of the program will be a live performance by renowned Nepali singer Raju Lama, the founding member and lead vocalist of the iconic band Mongolian Heart. Known for his distinctive voice and fusion of modern and ethnic Nepali music, Lama is regarded as one of the most influential figures in contemporary Nepali music.
With popular songs such as “Halla Chalechaa,” “parkhaai ma,” and “sayad timro bato ma,” Raju Lama has built a strong fan base not only in Nepal but also among Nepali communities worldwide. His upcoming performance in Cyprus is being seen as a rare cultural highlight for the Nepali diaspora on the island.
In addition to Raju Lama’s performance, the program will feature several locally active Nepali artists in Cyprus. Dance performances will be presented by Muna Tamang and Jiyasana Tamang, while vocal performances will include local singer Monika Bishwakarma and Mingmar Sherpa. The event will also showcase traditional culture through a Syabru dance performed by the Rasuwa-based group, along with other local artistic presentations.
According to the organizers, the entry fee is set at 25 euros, and bus transportation will be arranged from various cities across Cyprus to facilitate wider community participation.
The event aims to promote and preserve Nepali culture, language, and identity among the diaspora, while strengthening social and cultural bonds within the Nepali community in Cyprus. Organizers believe such programs play a crucial role in keeping traditions alive, especially for younger generations growing up abroad.
Further details about the program can be obtained through the contact information provided on the official event poster.
साइप्रसमा सोनाम ल्होसारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। प्रवासमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना हुन लागेको यस कार्यक्रममा नेपाली कला र संस्कृतिको प्रस्तुति रहनेछ।
लामा अपार्टमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम १८ जनवरी, आइतबार का दिन पापोस मा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा नेपालका चर्चित तथा राष्ट्रिय गायक राजु लामा (मंगोलियन हार्ट) ले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ। मंगोलियन हार्ट ब्याण्डका संस्थापक सदस्यसमेत रहेका गायक लामा नेपाली आधुनिक तथा जातीय संगीत क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएका कलाकार हुन्।
उनका “हल्ला चलेछ”, “पर्खाइ मा ”, “सायद तिम्रो बाटो मा ” जस्ता चर्चित गीतहरू नेपालसहित साइप्रस तथा युरोपमा रहेका नेपाली समुदायबीच लोकप्रिय रहेका छन्।
कार्यक्रममा राजु लामासँगै साइप्रसमा सक्रिय स्थानीय कलाकारहरूको समेत उल्लेखनीय सहभागिता रहनेछ।
स्थानीय कलाकारहरूमा डान्सर मुना तामाङ, स्थानीय गायिका मोनिका विश्वकर्मा, डान्सर जियासना तामाङ, स्थानीय गायक मिङमार शेर्पा, साथै रसुवाली ग्रुप द्वारा प्रस्तुत गरिने स्याब्रु नृत्य र अन्य स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने बताइएको छ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क २५ युरो निर्धारण गरिएको छ। साथै, सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै साइप्रसका विभिन्न सहरहरूबाट बसको व्यवस्था समेत गरिएको जनाइएको छ।
प्रवासमा नेपाली मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले साइप्रसमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक एकता र सामुदायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक पक्षले पोस्टरमा उल्लेख गरिएका सम्पर्क माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

प्रदर्शनीमा आए देखि नै व्यापक चर्चा कमाएको नेपाली चलचित्र ‘जारी २’ अब साइप्रसमा पनि प्रदर्शन हुने भएको छ।
साइप्रसमा रहेका रहेका नेपाली समुदायलाई लक्षित गर्दै ७ डिसेम्बर आइतबारका दिन निकोसिया स्थित प्यान्थियन थिएटरमा (Pantheon Theatre) दिउँसो १:३० बजेबाट प्रदर्शन हुन लागेको हो।
‘जारी ‘ को सिक्वेल साइप्रसभरि रहेका नेपालीबीच चलचित्रप्रतिको चासो र उत्साह थप बढेको देखिन्छ। रिलिज लगतै साइप्रस मा पनि प्रदर्शन हुने घोषणा गरिएको भए पनि नेपालको ” जेन जी आन्दोलन” ले गर्दा स्थगित गरिएको थियो।
नेपालमा रिलिज भएसँगै सामाजिक यथार्थ, संस्कार, सम्बन्ध र स्थानीय परिवेशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको ‘जारी २’ ले दर्शकको मन जितेको छ। यथार्थपरक कथा, सांस्कृतिक प्रस्तुतिकरण र कलाकारहरूको अभिनयका कारण फिल्मले देशमै उल्लेखनीय सफलता पाइसकेको छ ।
साइप्रसमा बस्ने नेपालीहरूलाई नेपाली कला–संस्कृतिसँग नजिक हुने मौका सिर्जना भएको आयोजकहरूले बताए। प्रदर्शनका लागि सबै तयारी भै सकेको समेत जानकारी दिइएको छ।
समुदायको माग भए अन्य शहरमा पनि चलचित्र देखाइने सम्भावना रहेको बताइएको छ। निकोसियामा रहने नेपाली समुदायले प्यान्थियन थिएटरमा उपस्थिति जनाई नेपाली चलचित्र प्रति समर्थन गर्न अनुरोध गरेका छन्।
कस्तो चलचित्र हो जारी २ ?
चलचित्र ‘जारी २’ नेपालको मौलिक संस्कृतिमा आधारित कथावाचन, भावनात्मक उतार–चढाव र यथार्थपरक प्रस्तुतीकरणका कारण चर्चामा आएको एक उल्लेखनीय नेपाली फिल्म हो। ‘जारी’ को सिक्वेलका रूपमा बनेको यस चलचित्रले पहिलो भागले उठाएका सामाजिक, पारिवारिक र सांस्कृतिक मुद्दालाई निरन्तरता दिँदै कथालाई अझ विस्तारित र गहिरो बनाएको छ।
फिल्मले विशेषगरी पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति, रीतिरिवाज, विवाह प्रणाली र त्यससँग जोडिएका परम्परागत मान्यताहरूलाई कथा–संरचनाको केन्द्रमा राख्छ। ‘जारी’ को परम्परागत अर्थ—पति–पत्नीबीच छुट्टिन खोज्दा लाग्ने क्षतिपूर्ति—फिल्ममा प्रतीकात्मक तथा सांस्कृतिक रूपमा प्रस्तुत गरिएको छ।
‘जारी २’ मा पात्रहरू यस परम्पराले उनीहरूको व्यक्तिगत जीवनमा ल्याउने तनाव, सामाजिक दृष्टिकोण, मान–अभिमान, पारिवारिक सम्बन्ध र भावनात्मक अन्तर्क्रियालाई कथाको मुख्य धारा बनाइएको छ। गाउँ–घरको यथार्थ, सामुदायिक जीवनशैली, सांस्कृतिक पर्व–उत्सव, प्रेम–घृणा, तीतोपन–मिठास र मानवीय व्यवहारका बहुआयामिक पक्षहरू फिल्मले जीवन्त रूपमा उतारेको छ, जसले दर्शकलाई आफू बसेको परिवेश वा आफ्ना मूल जरा सम्झाउने अनुभूति दिलाउँछ।
फिल्ममा हास्य, भावुकता र सांस्कृतिक प्रतीकवाचनको सन्तुलन मिलेको देखिन्छ। नेपालको ग्रामीण समाजका खास चरित्र, उनीहरूको व्यवहार, बोलचाल, लय–सुर र संगीतमार्फत निर्माण गरिएको वातावरणले दर्शकलाई कथासँग जोडिन्छ।
‘जारी २’ को कथा, निर्देशन, संगीत, अभिनय र सांस्कृतिक गहिराइका कारण यसले पहिलो भागको सफलतालाई निरन्तरता मात्र दिएको छैन, नेपाली चलचित्र क्षेत्रमै मौलिकता र जरा–आधारित कथानकको महत्त्व उजागर गर्न पनि योगदान गरेको छ।
लिमासोल/२७ नोभेम्बर
साइप्रसमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै पहिलो पटक अनलाइन गायन प्रतियोगिता ‘ ‘साइप्रस नेपाली भ्वाइस’ प्रारम्भ भएको छ। नेपाली पहिचान, भाषा र कलालाई प्रवर्द्धन गर्न उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नेपाली समुदायको उल्लेखनीय रुचि देखिएको आयोजकले जनाएको छ।
नोभेम्बर १३ देखि २० तारिख सम्म संगीत बिनाको गायन कलालाई भिडियोमा रेकर्ड गरि आयोजकलाई पठाउनु पर्ने व्यवस्था थियो।प्रतियोगितामा हालसम्म ३० जना प्रतियोगीको सहभागिता दर्ता भएको छ। प्रतियोगिताले साइप्रसमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजक ‘नागरिक बोलि’ ले जानकारी दिएको छ।
३ चरणमा छनौट हुने
आयोजकका अनुसार पहिलो चरणमा ३० जना सहभागीहरूको भिडियो प्रस्तुतिलाई प्रतियोगीको नाम र प्रतियोगी नम्बर सहित ‘नागरिक बोलि’ आधिकारिक सामाजिक सञ्जालहरूमा चरणबद्ध रूपमा अपलोड गरिनेछ।
प्रतियोगीको भिडियो प्रशारण भएको मिति देखि सबै भन्दा धेरै लाइक, कमेन्ट, सेयर, रिपोस्ट र भ्युज को आधारमा टप १० प्रतियोगी निर्धारित गरिने छ। र बाँकी २० जना प्रतियोगिता बाट बिदा हुने छन्।
त्यस्तै ,टप १० मा परेका प्रतिष्पर्धीले दोस्रो चरणको छनौटका लागि अर्को भिडियो रेकर्ड गराउनेछन् र आयोजकले प्रतिष्पर्धी को भिडियोलाई नाम र प्रतियोगी नम्बर सहित प्रशारण गर्ने छ। प्रतिष्पर्धीको भिडियो प्रशारण भएको मिति देखि सबै भन्दा धेरै लाइक, कमेन्ट, सेयर, रिपोस्ट र भ्युज को आधारमा टप ५ जना प्रतिष्पर्धी निर्धारित गरिने छ। र बाँकी ५ जना प्रतियोगिता बाट बाहिरिने छन्।
र फाइनल राउण्डमा टप ५ जना बीच पुन: प्रतिष्पर्धा हुने छ। सबै भन्दा धेरै लाइक, कमेन्ट, सेयर, रिपोस्ट र भ्युज कोआधारमा ५० % मत र ५०% जजको मत बाट प्रथम, द्वितीय र तृतीय छनोट गरिने बताइएको छ।
अन्तिम छनोटमा जज को लागि नेपाली राष्ट्रिय कलाकार को उपस्थिति हुने आयोजकले जनाएका छन्।
पुरस्कार
प्रतियोगिताका उत्कृष्ट तीन स्थान हासिल गर्ने सहभागीलाई आकर्षक पुरस्कार तोकिएको छ। आयोजकका अनुसार प्रथम हुने बिजेतालाई २ सय युरो, प्रमाणपत्र तथा विशेष उपहार प्रदान गरिनेछ। त्यस्तै, दोस्रो स्थानलाई १ सय ५० युरो सहित प्रमाणपत्र र विशेष उपहार दिइने र तेस्रो स्थान हासिल गर्ने बिजेताले १ सय युरो, प्रमाणपत्र तथा विशेष उपहार प्राप्त गर्नेछन्।
यस प्रतियोगिताको प्रमुख प्रायोजक Seven Star International Travel & Tours रहेको छ । त्यस्तै,साइप्रसस्थित नेपाली सामाजिक संस्था र व्याक्तिहरूले पनि प्रतियोगितालाई सहयोग र सहकार्य प्रदान गरिरहेका छन्।
३० जना प्रतिस्पर्धीहरूको नाम सुची।
- कुन्ता बराल
- समीर भट्टराई
- मोनिका विश्वकर्मा
- खिमा पुन मगर
- दुर्गा कार्की
- सुमित्रा नाछिरिङ राई
- दीपक बी.के.
- विवेक लामा
- ब्रिशा बहादुर विश्वकर्मा
- चन्द्रकला तामाङ
- प्रदेसी कृष्ण
- सम्चना माझी
- मुकु राई
- फुटी शेर्पा
- निशान सापकोटा
- अनिता मगर
- मिग्मार दोर्जे लामा
- सफलता तिवारी
- डोल्मा योल्मू
- भीम बहादुर घर्ती
- सन्नी राई
- नुमाक्सिङ लिम्बु
- रीता थापा
- मीना कुमारी श्रेष्ठ
- समीर लामा
- ज्योती थापा
- सरगम शेर्पा
- कमला योङहाङ
- अनिजा थापा मगर
- निशा विश्वकर्मा
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए ।
तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए । उनको निर्णय आजदेखि लागु भएको हो ।
स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरिएको थियो ।
सरकारले तत्कालीन समयमा शुल्क बढाउने निर्णय गरे पनि चौतर्फी विवादका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।
यतिबेला विभागीय मन्त्रीसमेत नभएको अवस्थामा स्वास्थ्य व्यवसायीले उक्त बढेको शुल्क आजदेखि कार्यान्वयनमा ल्याएका हुन् ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले संस्थामा आबद्ध व्यवसायीलाई पत्राचार गर्दै बढेको शुल्क कार्यान्वयन गर्न भनेका छन् ।
३४ प्रकारका परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको, त्यसका लागि शुल्क ९ हजार ५ सय लिन, सरकारले थप गरेका परीक्षण अनिवार्य रूपमा कार्यान्वयन गर्न संस्थाहरूले व्यवसायीलाई अनुरोध गरेका छन् ।
सबै स्वास्थ्य संस्था प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने कार्य मन्त्रालयले निरन्तर गरिरहेको महासंघले जनाएको छ ।
समाचार श्रोत : अनलाइन खबर
लिमासोल — साइप्रसमा सक्रिय विभिन्न जातीय नेपाली संघ–संस्थाहरूले कुनै पनि सांस्कृतिक कार्यक्रम घोषणा गर्नुअघि सम्बन्धित जातीय संस्थासँग सल्लाह–समन्वय गर्न समुदायका सबैलाई आग्रह गरेका छन्। संस्थाहरूले मौलिक पर्वको दिन वा त्यसको आसपास प्रतिस्पर्धी कार्यक्रम नराख्न विशेष अनुरोध गर्दै समुदायको एकता र सांस्कृतिक समन्वयलाई कमजोर नपार्न सचेत गराएका छन्।
नेपाल तामाङ घेदुङ साइप्रससहित सात संस्थाले मङ्गलबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सोसल मिडियामा फैलिएका सोनाम ल्होछार विशेष कार्यक्रम स्थगित वा मिति परिवर्तन गरिएको भन्ने सूचनाहरू पूर्णतः भ्रामक रहेको उल्लेख छ। संस्थाहरूका अनुसार फेब्रुअरी ८ मा हुने सोनाम ल्होछार विशेष कार्यक्रम तय गरिएको मितिमै भव्य रूपमा सम्पन्न हुने बताइएको छ।
विज्ञप्तिमा साइप्रसमा करिब १५ हजार नेपाली बसोबास गरिरहेको र उनीहरूले आफ्नो भाषा, धर्म, परम्परा एवं सांस्कृतिक पहिचान संरक्षणका लागि विभिन्न संघ–संस्थाहरू मार्फत सक्रिय रहँदै आएको स्मरण गराइएको छ। विशेषगरी घरेलु क्षेत्रमा कार्यरत नेपाली महिलाहरू महिनामा एक दिन मात्र विदा पाउने भएकाले, विभिन्न जातीय संस्थाहरूले आफ्ना पर्व–उत्सव एक–अर्कासँग नजुध्ने गरी तालमेल गर्दै आएको उल्लेख गर्दै यस समन्वयात्मक अभ्यासले समुदायमा आपसी सहयोग, सम्मान र व्यापक सहभागिता बढाएको संस्थाहरूको भनाइ छ।
विज्ञप्तिमा, पछिल्ला दिनमा केही व्यक्तिहरूले अनौपचारिक माध्यममार्फत भ्रम फैलाउने गतिविधि थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। संस्थाहरूका अनुसार यस्ता क्रियाकलापले संस्थागत उद्देश्य कमजोर पार्न सक्ने, समुदायमा सांस्कृतिक मूल्यप्रति नकारात्मक प्रभाव पर्ने बारे चिन्ता व्यक्त गरिएको छ। साथै आपसी विश्वासमा आघात पुर्याउन र मौलिक पर्वबारे गलत धारणा बन्ने जोखिम समेत बढाउ सक्ने बताइएको छ।
संयुक्त संस्थाहरूले विशेष रूपमा कार्यक्रम आयोजना गर्ने समूह तथा व्यक्तिगत आयोजकलाई समुदायको हितलाई प्राथमिकता दिँदै पारदर्शिता, सहकार्य र समन्वयका आधारमा अघि बढ्न आग्रह गरेका छन्।
नेपाल मगर संघ साइप्रस , NRNA साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस , तमु समाज साइप्रस, किराँत राई यायोख्खा साइप्रस , किराँत याक्थुङ चुम्लुङ साइप्रस तथा शेर्पा किदुग साइप्रसका अध्यक्षहरूद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ, “समुदायको एकता, आपसी सम्मान र साँस्कृतिक गौरवको रक्षा हाम्रो साझा उत्तरदायित्व हो, जातिय पर्वलाई प्राथमिकता दिई सहकार्यको भावना प्रकट गर्नु नै सामुहिक प्रगतिको बाटो हो ।।”
संस्थाहरूले साइप्रसमा रहेका सबै नेपालीलाई सामूहिक हित र सांस्कृतिक गौरवलाई प्राथमिकता दिन, समुदायभित्र देखिने साना भ्रम वा विवादलाई संवाद र समझदारीबाट समाधान गर्दै अघि बढ्न आह्वान गरेका छन्। उनीहरूको भनाइमा, सहकार्य र एकतामा आधारित भावनाले साइप्रसमा रहेका नेपालीहरूको सामाजिक छवि र बन्धुत्व अझ मजबुत बनाउँदै आएको छ।

मौसम विभागले भारी वर्षा र असिना पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। बिहिबार बिहान ३ बजे देखि बेलुकी ५ बजे सम्म सतर्कता अपनाउन Yellow Warning जारी गरेको हो।
पश्चिमी, उत्तरी र दक्षिणी समुन्द्र तटीय इलाकामा बिहान आँधीबेहरी संगै असिना र पानी पर्न सक्ने बताइएको छ। साथै यो क्रमस दिउसोको समयमा देश को आन्तरिक भाग, पहाडि इलाका र पूर्वी भागमा बिस्तार हुने मौसम विभाग ले अनुमान गरेको छ।