२०८२ कार्तिक २७ बुधबार
२०८२ कार्तिक २७ बुधबार

मौसम विभागले भारी वर्षा र असिना पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। बिहिबार बिहान ३ बजे देखि बेलुकी ५ बजे सम्म सतर्कता अपनाउन Yellow Warning जारी गरेको हो।  

पश्चिमी, उत्तरी र दक्षिणी समुन्द्र तटीय इलाकामा बिहान आँधीबेहरी संगै असिना र पानी पर्न  सक्ने बताइएको छ।  साथै यो क्रमस  दिउसोको समयमा देश को आन्तरिक भाग, पहाडि इलाका र पूर्वी भागमा बिस्तार हुने मौसम विभाग ले अनुमान गरेको छ।  

साइप्रसमा छ घण्टा भित्र २० भन्दा बढी पराकम्प  गए पछि भूगर्भविद्हरू सतर्क भएका छन्। युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बुधवार बिहान करिब ११ : ३० बजे ५ . ७ रेक्टर को भुकम्प र बेलुकी ४ : ३० बजे गएको ५ . ९ रेक्टर को भुकम्प संगै पराकम्प आउने क्रम जारी छ। 
तर भूगर्भ सर्वेक्षण विभाग साइप्रस का अनुसार बिहान गएको  भुकम्पको तीव्रता ५ . ३ र बेलुकी गएको भुकम्पको  सही विवरण  पुष्टि गर्न यसको अध्ययन भै  रहेको बताइको छ।   

साइप्रस न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा विभागका निर्देशक ले भनेका छन् कि भूकम्प निरन्तर जाने अनुमान गरिएको छ र भूगर्भ सर्वेक्षण विभागको भूकम्पीय केन्द्रले घटनाको निगरानी गरिरहेको छ।

युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बिहान ११:३० देखि दिउँसो ५:१५ सम्म २० वटा भन्दा बढी परकम्पहरू रेकर्ड गरिएको थियो।  पराकम्प को तीव्रता  रेक्टर स्केलमा २.२ देखि ५.३ सम्मका थिए।

भुकम्प धक्का लेबनान र इजरायल सम्म महसुस गरिएको समाचार प्रकाशित भएका छन्।  भुकम्प पछि सुनामी को खतरा भने नभएको बताइएको छ।  देश भरि बाट कुनै पनि क्षति को खबर भने आएको छैन। 

साइप्रसमा फेरी अर्को ठुलो तीव्रताको भुकम्प गएको छ।  करिब ४ : ३० बजे फेरी भुकम्प गएको हो।  बुधबार बिहान गएको भुकम्प भन्दा बेलुका गएको भुकम्प को तिव्रता ज्यादा थियो।  

साइप्रसमा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। भर्खरै सार्वजनिक  सरकारी तथ्यांकअनुसार हाल साइप्रसमा कानुनी रूपमा  (Residency Permit) भिसा प्राप्त गर्ने नेपालीहरूको संख्या १५,६०७ पुगेको छ।यसरी  भिसा लिएर बस्ने मा विधार्थी, घरेलु कामदार लगायत  सबै किसिमका श्रमिक  रहेका छन्। 

यो तथ्यांक अनुसार, नेपालीहरू रुसी र बेलायतीपछि तेस्रो ठूलो समुदाय बनेका छन्। आप्रवासन उपमन्त्री निकोलस आयोन्निदेसले आफ्नो मन्त्रालयको बजेट प्रस्तुत गर्दै सार्वजनिक गरेका विवरण अनुसार २०२५ सेप्टेम्बर ३० सम्म साइप्रसमा एक  लाख ७५ हजार ६७७ जना तेस्रो देशको नागरिकहरु कानुनी रूपमा बसोबास गर्दै आएका छन्।

 

ती मध्य रुसी नागरिक ४०,७३५ जना, बेलायती १६,२७९ जना र त्यसपछि नेपालीहरू १५,६०७ जना रहेका छन्। अन्य प्रमुख समुदायमा भारत, सिरिया, चीन, श्रीलंका, फिलिपिन्स, युक्रेन र इजिप्टका नागरिकहरू छन्।

नेपालीहरू मुख्य रूपमा घरेलु काममा साइप्रसमा आउने गरेका छन् त्यस्तै होटल, रेस्टुरेन्ट, बेकरी, सुपरमार्केट लगायत निर्माण क्षेत्रसँग सम्बन्धित काममा पनि नेपाली आइरहेका छन् । पछिल्ला वर्षहरूमा विद्यार्थी, उच्च दक्षता भएका श्रमिक र व्यावसायिक क्षेत्रतर्फ पनि नेपालीहरूको उपस्थिती बढ्दै गएको देखिएको छ। 

एक अनुमानका अनुसार करिब ३ हजार नेपाली गैर-कानुनी रुपमा रहेको हुन सक्ने बताइएको छ। 

पापोस बाट लगभग 20 किलोमीटर उत्तर-पूर्व मा केन्द्र बिन्दु बनाइ  भुकम्प गएको छ।  बुधबार बिहान करिब ११ : ३० बजे 5.7 रेक्टर तीव्रता को भुकम्प गएको  यूरोपीय-भूमध्यसागरीय भुकम्प केन्द्रले जनाएको छ। 

भुकम्पको तिव्र धक्का पापोस, लिमासोल, लार्नाका  र निकोसियामा महसुस गरिएको छ।  भुकम्पका कारण हाल सम्म कुनै पनि भौतिक र मानविय क्षति नभएको बताइएको छ।  पापोसका केहि स्थान मा ढुंगाहरु सडकमा  खसेको छ।  ढुङ्गा पन्छ्याउँन  सडक विभागलाई खटाइ सकिएको छ।  

तिव्र भुकम्प पछि पापोस एयरपोर्टको  ‘रन वे ‘  निरीक्षण गरेर मात्र उडान कार्य  संचालन मा ल्याइएको छ।  ‘रन वे’ मा क्षति पुगेको हुन सक्ने अनुमान गर्दै प्रोटोकोल अनुसार  निरीक्षण गरिएको हो।  

त्यस्तै, भुकम्पको धक्का पछि सर्वसाधारण सडक मा निक्स्किएका थिए।  

भुकम्प गएको ३ मिनेट भित्र नै साना तीव्रताका ६ पराकंप गएको थियो।  

साइप्रसका विभिन्न सहरमा रहेका नेपालीले पनि भुकम्प को धक्का महसुस गरेको सामाजिक संजाल मा लेखेका छन्। 

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट