२०८२ पुष २७ आईतवार
२०८२ पुष २७ आईतवार

लिमासोलमा नेपाली घरेलु कामदार ICU मा, हृदयघातपछि अवस्था गम्भीर

लिमासोल (Cyprus) — साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिला  हाल लिमासोल स्थित जेनेरल अस्पतालको ICU मा मृत्यु संग लडिरहेकी छन् । प्राप्त जानकारी अनुसार ४६ वर्षीय बिश्वकर्मा लाई  डिसेम्बर ३१ मा  हृदयघात भए पछि उपचारको लागि अस्पताल लागिएको थियो। 

उपचारमा संलग्न चिकित्सकका अनुसार हृदयघातपछि उनको मुटु अचानक बन्द भएको थियो। मुटु बन्द हुँदा दिमागमा लामो समय अक्सिजन नपुगेकाले उनी दिमागले काम गर्न छोडेको हुन सक्ने (सम्भावित ब्रेन डेथ) अवस्थामा पुगेको आशंका गरिएको छ।

लालबन्दी ७ , सर्लाही घर भै  गत  २२ डिसेम्बर मा नेपालबाट घरेलु कामदार भिसामा साइप्रस आएकी उनी लिमासोल नजिकको Eirimi गाउँमा एक वृद्ध दम्पतीको हेरचाह गर्ने काममा संलग्न भएकी थिइन्।

काम परिवर्तनका क्रममा अचेत

काम सजिलो  भए पनि याया  (बजु ) हेरचाहमा आफु असजिलो भएको बताउदै  आफुलाई   काम परिवर्तन गरिदिन अनुरोध गरे पछि नेपालस्थित म्यानपावर एजेन्सीले घर परिवर्तन गराई दिन आफ्नो  प्रतिनिधि पठाए। 

तर काम परिवर्तनका लागि गाडीमा जाँदै गर्दा उनि अचानक अचेत भइन्। गाडी मै  बेहोस भए पछि उनलाई तत्काल  एम्बुलेन्स बोलाएर अस्पताल लगिएको हो। 

अस्पताल भर्ना र सम्पर्क विच्छेद

३१ डिसेम्बरमा अस्पताल भर्ना भएपछि बिश्वकर्माको  परिवार संग सम्पर्क टुटेको थियो। २ जनवरीमा परिवारले नेपालस्थित म्यानपावर  कार्यालयमा सम्पर्क गर्दा मात्र उनी अस्पतालमा भर्ना रहेको जानकारी पाएको थियो। त्यसपछि  परिवारले निकोसिया स्थित  Nepal Consulate मा सम्पर्क गरेपछि कन्सुलेट  को समन्वयमा एक प्रतिनिधि अस्पताल पुगेका थिए।

डाक्टरको विवरण: के भयो र अहिले के भइरहेको छ?

डाक्टरले दिएको  जानकारी अनुसार बिरामीलाई  हृदयघातपछि उनको मुटु अचानक बन्द (cardiac arrest) भएको र मुटु बन्द हुँदा दिमागमा लामो समय अक्सिजन नपुगेकाले गम्भीर क्षति पुगेको आशंका गरिएको थियो। 

अस्पतालमा पुर्‍याएपछि मुटुको बन्द भएको नसा जाँच गरी स्टेन्ट राखिएको थियो। तर त्यसअघि भएको क्षति, गम्भीर रहेकाले उनी आफैँ सास फेर्न नसक्ने अवस्थामा पुगेकी थिइन्।

डाक्टरका अनुसार हाल उनको शरीरका मुख्य अंगहरूलाई बचाउन मेसिन हरु प्रयोग गरिएको छ। भेन्टिलेटर मेसिनको सहारामा सास फेर्ने र  डायलाइसिस (renal replacement therapy) मार्फत रगत सफा गरिरहेको छ। 

डाक्टरका अनुसार शरीरका केही अंग मेसिनले चलाइरहेको देखिए पनि दिमाग स्थायी रूपमा निष्क्रिय भएको आशंका गरिएको छ। icu मा  रहे  पनि स्वास्थ्य अवस्थामा कुनै सुधार नदेखिएको डाक्टरले बताएका छन्।

डाक्टरका अनुसार बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको जानकारी परिवारलाई दिइएको छ।

कन्सुलेट कार्यालयका  अनुसार परिवारलाई बिरामीको अवस्था बारे निरन्तर जानकारी दिँदै  भै परि आउने सबै परिस्थितिका लागि  मानसिक रूपमा तयार गराइएको छ।

परिवारको अवस्था

बिरामी विश्वकर्मा  विवाहित हुन्। उनका श्रीमान Saudi Arabia मा कार्यरत छन्। एक छोरी अध्ययनका लागि Japan मा रहेकी छन् भने अर्की छोरी नेपालमै छन्। छोरा Australia मा रहेका छन्। परिवारका सदस्यहरू विभिन्न देशमा रहेकाले उनी परिवारसँग नियमित सम्पर्कमा रहँदै आएकी थिइन्।

हाल उनको गम्भीर स्वास्थ्य अवस्थाले परिवारमा चिन्ता बढाएको छ।

कन्सुलेट कार्यालयले प्रतिनिधि मार्फत  स्वास्थ्य अवस्थाबारे परिवारलाई निरन्तर जानकारी गराइरहेको बताएको छ। 

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट