२०८२ श्रावण ५ आईतवार
२०८२ श्रावण ५ आईतवार

१६ औं वर्षमा लाग्यो क्लासिक टेक, ‘जतिमा चाहियो, त्यतिमा पाइयो’ अफर सार्वजनिक

 

काठमाडौँ । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा स्थापना भएको कम्पनीले ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

क्लासिक टेकले एफटीटीएच (फाइबर टु द होम) र वायरलेस प्रविधिमार्फत इन्टरनेट तथा आईपीटीभी सेवा दिँदै आएको छ ।

देशभर १०४ शाखा कार्यालय रहेको क्लासिक टेकमा आफ्नै डेटा सर्भर, आईपीभी सिक्स इन्टरनेट, वाईफाई सिक्स राउटर र कन्टेन्ट डेलिभरी नेटवर्कजस्ता सुविधा छन् । ग्राहक सेवालाई प्राथमिकतामा राख्दै ३६५ दिन २४ घण्टा कल सपोर्ट तथा १२ घण्टा फिल्ड सपोर्ट उपलब्ध गराउँदै कम्पनीको भनाइ छ ।

१६ औं वार्षिकोत्सवको अवसरमा क्लासिक टेकले ग्राहकहरूका लागि ‘जतिमा चाहियो, त्यतिमा पाइयो !’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट, आईपीटीभी र वाई-फाई सिक्स राउटरसहितको प्याकेज छनोट गर्न सक्नेछन् ।

साथै हरेक हप्ता तीन जनालाई ३ महिना इन्टरनेट बोनस र मासिक एक जनालाई १२ हजार रुपैयाँको इन्टरनेट बोनस उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ ८:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट