२०८२ भाद्र १५ आईतवार
२०८२ भाद्र १५ आईतवार

काठमाडौँ । सन् २००१ मा सार्वजनिक भएको माइक्रोसफ्टको अपरेटिङ सिस्टम ‘विन्डोज एक्सपी’ अहिले पनि सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टममध्ये एकका रूपमा चिनिन्छ । आधुनिक इन्टरफेस र छरितो पर्फमेन्सका कारण यसले विश्वभर लोकप्रियता कमाएको थियो ।

हाल विन्डोज एक्सपी कम्प्युटरमा इन्स्टल गर्न जटिल र समय लाग्ने भए पनि अब इन्टरनेट ब्राउजरमै सजिलै एक्सपी चलाउन सकिने प्लेटफर्म सार्वजनिक भएको छ । 

रेडिटमा एक प्रयोगकर्ताले आफ्नो अनुभव सार्वजनिक गर्दै ब्राउजरमै विन्डोज एक्सपी सञ्चालन गर्न मिल्ने वेबसाइटको जानकारी दिएका छन् । उनले ‘…
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । प्राइम कलेज र सूचना प्रविधि कम्पनी स्विभ्ट टेक्नोलोजी प्रालिबिच विद्यार्थीहरूलाई आईटी उद्योगमा वास्तविक कार्य अनुभव प्रदान गर्ने उद्देश्यले एक रणनीतिक साझेदारी सम्झौता भएको छ । विद्यार्थीको प्राविधिक सीप विकास र वृत्ति विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने लक्ष्यसहित यस सहकार्य सुरु भएको हो ।

कलेजको प्राइम करिअर सेन्टरको पहलमा भएको उक्त सम्झौतामा कलेजका करिअर सर्भिस निर्देशक अमित स्थापित र स्विभ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक सुवास शाहीले हस्ताक्षर गरे । कार्यक्रममा स्विभ्टका प्रमुख वित्तीय अधिकृत (सीएफओ) राहुल गुप्ताको पनि उपस्थिति रहेको थियो ।

यो सहकार्यले शैक्षिक ज्ञानलाई वास्तविक औद्योगिक अनुभवसँग जोड्ने पुलको काम गर्ने कलेजको विश्वास छ । विद्यार्थीहरूले यस साझेदारी अन्तर्गत सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने (hands-on learning), आफ्नो प्राविधिक क्षमता बढाउने र समग्र वृत्ति विकासका लागि महत्त्वपूर्ण अवसरहरू प्राप्त गर्ने बताइएको छ ।

प्राइम कलेजले नयाँ पुस्ताका प्राविधिक जनशक्तिलाई सहयोग गर्न प्रतिबद्धता देखाएकोमा स्विभ्ट टेक्नोलोजीका सीईओ शाही र सीएफओ गुप्ताप्रति आभार व्यक्त गरेको छ । यो साझेदारीले स्थानीय शैक्षिक तथा व्यावसायिक समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा दुवै संस्थाले गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ २१:५१





सामाग्री श्रोत :
टेक पाना

साइप्रसमा आधिकारिक रुपमा भिसा लिएर बस्ने नेपाली १४ , ००९ जना रहेको  तथ्यांक सार्वजनिक भएको छ। राजधानी निकोसियामा  शुक्रबार  आयोजित पत्रकार सम्मेलनमा आप्रावासन तथा अन्तराष्ट्रिय संरक्षण मंत्री  निकोलस आयोनिदिस ले आप्रवासन तथ्यांक र सरकारको आप्रावासन नीति बारे जानकारी दिए। 

सन् २०२५ को जुन महिना सम्म को तथ्यांक अनुसार 169,844  जना तेस्रो देशका नागारिक संग valid  भिसा छ।  वैध आवासिय अनुमति पत्र (भिजा) हुनेमा पहिलो मा रसियन नागरिक छन् जसको संख्या 40,583 रहेको छ भने 15,395 जना  ब्रिटिश नागरिक छन्।  त्यस्तै  नेपाली नागरिक १४ , ००९ जना संग भिजा छ भने चौथो देशमा सिरिया देशका नागरिक 13,541 जना रहेका छन्। 

त्यस्तै, भारतिय ११ , ९११, चीन ९,२५४ , फिलिपिन्स ८ , ८६७, युक्रेन ६८२० र इजिप्ट देशका नागरिक ४४७९ जना  संग भिजा छ।

अन्य ३६ , ०६० जना भने इजरायल, बेलारुस लगायत देशका नागरिक रहेका छन्।   

पत्रकार सम्मेलन मा दिइएको जानकारी अनुसार  तेस्रो देशका नागरिकलाई  ५ श्रेणीमा वर्गीकृत गरिएको छ जसमध्य घरेलु कामदार भिजा  (Domestic work permits)  मा 29,659 जना रहेका छन्।  त्यस्तै, साधारण कामको भिजा  (General work permits) मा 15,451 जना, अन्तराष्ट्रिय संरक्षण (International protection status) पाउनेमा 17,995 जना रहेका छन्।  

 

2023 को जनवरी महिना सम्म को तथ्यांक अनुसार साइप्रसमा २१ , ३१८ घरेलु कामदार थिए, जस मध्य सबै भन्दा ठुलो संख्या  नेपाली घरेलु कामदारको थियो।   ६,१४८  जना नेपाली घरेलु कामदार थिए  तर २०२५ को नयाँ आकडामा नेपाली घरेलु कामदारको संख्या खुलाइएको छैन यदपि यो संख्या ८ – १० हजार पुगेको अनुमान गरिएको छ।   

 

 

समाचार श्रोत : इन साइप्रस, साइप्रस मेल 

तस्बिर: PIO 

 

 

 

 

काठमाडौँ । राति अँध्यारोमा पार्किङमा रोकेको ट्रकबाट हरेक दिन दुई-चार लिटर तेल गायब हुन्छ । करोडौं लगानीको बस कहिले ग्यारेजबाट निस्कन्छ, पत्तै छैन । चालकले आँखा छलेर अर्कै रुटमा गाडी कुदाइरहेको छ, तर मालिक बेखबर छ । धेरैलाई थाहा भएकै कुरा हो, नेपालको यातायात व्यवसायका यी यस्ता ‘खुला रहस्य’ हुन् । यसले मालिकको लगानीलाई हरेक दिन धमिरालेझैं खाइरहेको हुन्छ ।

यही अस्तव्यस्तताको हिसाबकिताब मिलाउन जब एक चार्टर्ड अकाउन्टेन्ट (सीए) प्रविधिको मैदानमा उत्रिए, तब जन्मियो ‘जिओमेट’ । यो एउटा यस्तो प्रविधि हो, जसले गाडीको तेल चोरीदेखि चालकको झपझपीसम्मको निगरानी गर्छ र मालिकलाई हरेक पलको खबर दिन्छ । यो कथा हो सीए आतिश गैरेको, जो अडिटको सिद्धान्तलाई सडकमा उतारेर यातायात उद्योगको अनुहार फेर्न लागिपरेका छन् । 

सन् २०१४ मा दाजु विकास गैरेसँग मिलेर उनले सुरु गरेको ‘टेलिमेटिक टेक’ अन्तर्गतको यो उत्पादनले आज नेपालको यातायात उद्योगमा एउटा सानो क्रान्ति नै ल्याएको छ । “यातायात व्यवसायीले करोडौं खर्चेर गाडी किन्छन्, तर सामान्य अनुगमनको अभावमा ठुलो नोक्सानी बेहोरिरहेका हुन्छन्,” सीईओ आतिश भन्छन्, “हामीले त्यही खाडल पुर्ने काम गर्‍यौं ।”

हाल प्रबन्ध निर्देशकको रूपमा विकासले कम्पनीको अटोमेसन र सफ्टवेयर विकासको नेतृत्व गरिरहेका छन् ।

“यातायात व्यवसायीहरूले कयौँ गाडीहरू किनेका हुन्छन् । तर सबै गाडीको रुट मिलाउन समस्या भइरहेको हुन्छ । कुनै गाडी मर्मतका लागि लामो समय लागिरहेको हुन्छ । गाडीहरू मिलाउन चलाउन नजान्दा नयाँ गाडी किन्ने क्रम पनि चलिरहेकै हुन्छ,” अतिश भन्छन् । तर जिओमेटले भने हरेक गाडीहरूको ट्र्याकिङ गरेर सम्पूर्ण जानकारी दिने उनको भनाइ छ ।  

उनका अनुसार जिओमेटले गाडीहरूको लोकेसन ट्राकिङका साथै भेहिकल आईओटी (IoT) सोलुसन्स प्रदान गर्दै आएको छ । कम्पनीले गाडीको ट्र्याकिङका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउँछ । साथै वार्षिक वा मासिक नवीकरण गर्ने सुविधा सहित सफ्टवेयरमा आधारित सेवा दिँदै आएको छ । 

यसअन्तर्गत, ट्रक र टिपरमा जडान गरिएको ‘फ्युल सेन्सर’ले कति तेल हालियो, कति खपत भयो र कति चोरी भयो भन्ने कुराको हरहिसाब राखेर तेल चोरीको सम्भावनालाई लगभग शून्यमा झारिदिने उनी बताउँछन् । “ट्याक्सी जस्ता धेरै चालकले चलाउने गाडीमा आरएफआईडी वा फिङ्गरप्रिन्ट प्रणालीमार्फत कुन समयमा कसले गाडी चलायो भनेर सजिलै पहिचान गर्न सकिन्छ भने स्कुल बसमा जडान गरिएको प्रणालीले बालबालिका कुन ठाउँबाट चढे र कहाँ झरे भन्ने सूचना सिधै अभिभावकको मोबाइलमा पठाएर उनीहरूलाई निश्चिन्त बनाउँछ,” उनले थपे ।

यसका साथै, जिओमेटले भविष्यको सुरक्षा सुनिश्चित गर्ने एआई क्यामेरामा आधारित भिडिओ टेलिम्याटिक्स प्रणाली पनि उपलब्ध गराउँछ, जसले दुर्घटना हुनुभन्दा अगाडि नै रोकथामको काम गर्छ । गाडीको अगाडि जडान गरिएको एआई क्यामेराले अर्को सवारीसाधनसँगको दूरी विश्लेषण गरेर ठोक्किन सक्ने सम्भावना देख्नासाथ चालकलाई तुरुन्तै सचेत गराउँछ ।

त्यस्तै, ड्राइभर मोनिटरिङ सिस्टमले चालकको अनुहारलाई निरन्तर ट्र्याक गरी निद्रा वा थकानको सङ्केत देखिनासाथ चालक र गाडी मालिक दुवैलाई चर्को आवाजमा अलर्ट पठाउँछ । यदि कथमकदाचित दुर्घटना भइहाले यसले उक्त घटनाको भिडिओ क्लिप स्वतः रेकर्ड गरेर सर्भरमा पठाई अनुसन्धानका लागि अकाट्य प्रमाणको काम गर्ने अतिश बताउँछन् ।

उनका अनुसार कम्पनीले यातायात व्यवसायी, बैङ्क, निर्माण कम्पनीहरू र टुर एन्ड ट्राभल्स कम्पनीहरूलाई सेवा प्रदान गर्दै आएको छ । जीपीएस ट्र्याकर्स, फ्युल सेन्सर सोलुसन्स र सार्वजनिक सवारीसाधनको अनुगमनका लागि भिडिओ टेलिम्याटिक्स डिभाइस बिक्री गर्छ । जिओमेटले डिभाइस बेच्ने मात्र नभई सर्भर व्यवस्थापन, सफ्टवेयर विकास, मर्मत सम्भार र समस्या समाधानका लागि निरन्तर सहयोग प्रदान गर्दै आएको उनले बताए । जिओमेटले हाल दुई हजारभन्दा बढी सवारी साधनमा आफ्नो प्रणाली जडान गरेर निरन्तर सेवा दिँदै आएको छ । 

मुख्य तीन सेवा

आधारभूत ट्र्याकिङ र ट्रेसिङ: यो सेवामा गाडी कहाँ छ, कुन स्थानमा छ, कुन चरणमा गयो, कहाँ-कहाँ हिड्यो भन्ने जस्ता जानकारीहरू प्रदान गर्छ । यसले ३६५ दिनको कुल माइलेज, मर्मत सम्भार कहिले गर्ने, जस्ता विवरणहरू पनि उपलब्ध गराउँछ । 

आईओटी सोलुसन्स: यसमा फ्युल सेन्सर सोलुसन, ड्राइभर अटेन्डेन्स सिस्टम लगायतका सुविधा यसअन्तर्गत पर्छन् । फ्युल सेन्सर सोलुसनमा ट्रक र टिपरहरूमा कति तेल हालियो, कति चोरी भयो, कति खपत भयो र माइलेज कति दिइरहेको छ भन्ने कुरा निगरानी गर्छ । खरिद गर्दा कम्पनीले दाबी गरे अनुसारको माइलेज दिइरहेको छ कि छैन भन्ने निगरानी समेत गरिन्छ । 

यस्तै ट्याक्सी जस्ता एउटै सवारीसाधन पनि धेरै चालकले चलाउने भएमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) वा फिङ्गरप्रिन्ट स्क्यान प्रयोग गरेर कुन समयमा कुन चालकले गाडी चलाइरहेको थियो भनेर पहिचान गर्न सकिन्छ । स्कुल बसमा बालबालिकाहरू कुन ठाउँबाट चढे र कहाँ झरे भन्ने जानकारी नोटिफिकेसन मार्फत अभिभावकलाई दिन सकिने व्यवस्था मिलाइन्छ । 

भिडिओ टेलिम्याटिक्स प्रणाली: कम्प्युटर भिजनमा आधारित भएर दिइने यस सेवा अन्तर्गत सवारीसाधनमा ६ ओटासम्म क्यामेरा जडान गर्न सकिन्छ । तर, ४ क्यामेराका सिस्टमहरू बढी बिक्री हुने गरेको उनले सुनाए । यी क्यामेराहरूमा इनबिल्ड जीपीएस ट्र्याकिङ र ड्राइभर कम्युनिकेसन मोडल हुन्छ । गाडीको अगाडी दुई ओटा एआई क्यामेरा राखिन्छन् । जसले क्यामेरा अगाडिको सवारीसाधनको गति र दूरी मापन गरेर दुर्घटनाको भविष्यवाणी गर्छन् र चालकलाई अलर्ट दिन्छन् । गाडी मालिक वा कन्ट्रोल रूपबाट पनि चालकसँग प्रत्यक्ष कुराकानी गर्न सकिने सुविधा यस सेवाअन्तर्गत उपलब्ध गराइने उनले बताए । 

प्रणालीमा दिइने अटोमोटिभ क्यामेराहरू सामान्य वाईफाई क्यामेराभन्दा धेरै राम्रो हुने उनले बताए । यदि क्यामेरा तोडमोड भएमा वा छोपिएमा तत्कालै मालिक वा सर्भरमा जानकारी पठाउने सुविधा उपलब्ध रहेको उनले बताए ।   

कति छ शुल्क ?

जिओमेटका सेवाहरूको लागत ग्राहकको आवश्यकता र सुविधाअनुसार फरक पर्ने उनले बताए । आधारभूत सवारीसाधन ट्र्याकिङ सेवा सात हजार रुपैयाँबाट सुरु हुन्छ । मादक पदार्थ सेवन (मापसे)गरेर सवारी चलाएको निगरानी गर्ने सिस्टमसहितको कस्टमाइज्ड समाधानहरू चाहिएमा लागत तीन लाख रुपैयाँसम्म पुग्न सक्ने उनले बताए । भिडिओ टेलिम्याटिक्स प्रणालीमा ४० हजार, ६० हजार र ९० हजार रुपैयाँका विभिन्न सेगमेन्टहरू उपलब्ध छन् ।

कम्पनीको सेवा लिने मध्येमा ९० प्रतिशत ग्राहकले सेवा नवीकरण गर्दै आएको उनको दाबी छ । वार्षिक नवीकरण शुल्क तीन हजार ५०० रुपैयाँबाट सुरु हुन्छ । यदि वाईफाई सहितको एमडीभीआर भिडिओ टेलिम्याटिक्स प्रणालीको मासिक नवीकरण शुल्क दुई हजार ५०० लाग्ने उनले बताए । यस्तै इन्धन सेन्सरका लागि वार्षिक आठ हजार रुपैयाँ नवीकरण शुल्क लाग्ने उनले बताए । सयभन्दा बढी कर्मचारीहरूले  बुटवल, पोखरा, वीरगन्ज, चितवन र धनगढीबाट सेवा दिँदै आएका छन् ।

तर बजारमा सस्तोमा डिभाइस बेचेर हराउने कम्पनी भएकाले अनुचित प्रतिस्पर्धा रहेको सीईओ गैरे बताउँछन् । उनले भने, “गाडीको जीपीएस ट्र्याक गर्ने भनेर डिभाइस बेचेर कम्पनीहरू गायब हुन्छन् । त्यसपछिका सेवाहरू दिँदैनन् । उनीहरूका सर्भर पनि अवैध रूपमा चीन वा भारतमा राखिएका हुन्छन् ।”

धेरै सस्तोमा सामान बेच्ने ध्यानमा रिफर्फिस्ड (मर्मत गरिएका) डिभाइसहरू बेच्दा ब्याट्रीहरू विस्फोट हुन सक्ने वा सवारीसाधनको विद्युतीय प्रणालीलाई क्षति पुर्‍याउन सक्ने जोखिम हुने उनको भनाइ छ । 

नेपाली ग्राहकहरूले गोपनीयताको बारेमा खासै जानकार नहुँदा गैरकानुनी सेवा प्रदायकहरूलाई समेत रोज्न पुगेका छन् । डेटाको दुरुपयोगका कारण भारतमा भएका अपहरणका घटनाहरू उदाहरण दिँदै व्यक्तिको सुरक्षा जोखिमसमेत बढ्ने उनले बताए । 

स्पष्ट नीतिको अभाव

जीपीएस ट्र्याकिङ कम्पनीले काम गर्ने तौर तरिकालाई नियमन गर्ने स्पष्ट सरकारी नीतिको समेत अभाव रहेको अतिश बताउँछन् । रेडियो फ्रिक्वेन्सी (आरएफ) जडित डिभाइस सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रमाणपत्र लिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सेल्स एन्ड डिस्ट्रिब्युसन लाइसेन्स लिएर प्रणालीहरू बिक्री गर्दै आएको उनले बताए ।

तर हालसम्म भेहिकल ट्र्याकिङ प्रणाली वा जीपीएस लोकेसन इन्टेलिजेन्स प्रयोग गर्ने कम्पनीहरूले डेटा कसरी रेकर्ड गर्ने, सर्भर कहाँ राख्ने जस्ता प्रावधानसहितको व्यवसाय सञ्चालन लाइसेन्स उपलब्ध छैन । लाइसेन्स सम्बन्धी प्रावधानहरू अस्पष्ट रहँदा यस क्षेत्रमा गैरकानुनी रूपमा डिभाइसहरू समेत बिक्री हुँदै आएको उनले दाबी गरे । 

कम्पनीले प्रत्यक्ष ग्राहकहरूसँग सम्पर्क, यातायात समितिहरूसँग वर्कसप, तालिम गरेर प्रचार गर्दै आएको छ । तर स्पष्ट नीतिको अभावका कारण अपेक्षित रूपमा ग्राहकहरूले यस क्षेत्रमा चासो राख्ने नगरेको उनले बताए । 

किन राख्ने जीपीएस ट्र्याकिङ ? 

जीपीएस ट्र्याकिङ सेवा लिएर सार्वजनिक यातायातलाई व्यवस्थित तरिकाले चलाउन सकिने अतिश सुनाउँछन् । बाइक लगायतका सवारीसाधनहरू चोरी भएमा लोकेसन पत्ता लगाउन र फिर्ता ल्याउन मद्दत गर्छ । उनले भने, “ट्रकहरूमा ड्राइभरले मालिकलाई थाहा नदिइ एक्स्ट्रा ट्रिप गरिरहेका हुन्छन् ।” जिओमेटको प्रणाली प्रयोग गरेर ट्रिपमा हुने घाटा नियन्त्रणमा ल्याउन सकिने उनले बताए । 

केही वर्ष पहिले काठमाडौँमा नियमित फोहर उठिरहेको समयमा पनि गल्ली गल्लीमा फोहर नउठ्ने समस्या थियो । हाल महानगरका गाडीमा जिओमेट प्रणाली राखिएको छ । जसले गाडीहरू कुन गल्लीमा छिरे भनेर ट्र्याक गर्न थाल्यो र अहिले हरेक गल्लीमा पुगेर गाडीहरूले फोहर उठाउन थालेका छन् । 

नेपालका हजारभन्दा बढी एम्बुलेन्सहरूमा कम्पनीको ट्र्याकिङ प्रणाली प्रयोग गरिएको छ । यसले १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स बोलाउने सेवाग्राही नजिकको एम्बुलेन्सलाई तुरुन्तै पठाउन सहज बनाएको छ । 

जिओमेटले सडक मात्र होइन, आकाशमा पनि आफ्नो उपस्थिति जनाएको छ । नेपालमा प्याराग्लाइडिङ ट्र्याकिङ प्रणाली प्रदान गर्ने यो एकमात्र कम्पनी हो । “विमानस्थल थपिएसँगै बढेको ‘नो फ्लाइ जोन’ले प्याराग्लाइडिङ उद्योगलाई समस्या थियो,” आतिश भन्छन्, “हाम्रो प्रणालीले पाइलट कहाँ उडिरहेको छ भनेर ट्र्याक गर्छ र प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्न लागेमा पाइलट, कन्ट्रोल रुम र नागरिक उड्डयन प्राधिकरण (क्यान) सम्मलाई अलर्ट पठाएर आकाशमा सुरक्षाको अदृश्य घेरा बनाउँछ ।”

यदि कुनै पाइलट बफर जोन (प्रतिबन्धित क्षेत्र) भित्र छिर्न लाग्यो भने यसको यसको जानकारी पाइलट, कन्ट्रोल प्यानललाई दिइन्छ । यदि पाइलट बफर जोन भित्र छिरेमा नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई समेत अलर्ट नोटिफिकेसन जान्छ । पाइलट दुर्घटनामा परेमा वा नयाँ स्थानमा ल्यान्डिङ गर्नुपरेमा त्यसको जानकारी पनि दिइन्छ । 

चुनौती र भविष्यको योजना

हरेक सफल यात्रामा चुनौती हुन्छन् । जिओमेटको मुख्य चुनौती बजारमा सस्तो र नक्कली डिभाइस बेचेर हराउने ‘हिट एन्ड रन’ कम्पनीहरूसँगको प्रतिस्पर्धा हो । “सस्तोको लोभमा ग्राहकहरू अवैध सर्भर र कमसल डिभाइस रोज्न पुग्छन्, जसले डेटा सुरक्षामा गम्भीर जोखिम निम्त्याउँछ,” आतिश चिन्ता व्यक्त गर्छन् । यस्ता डिभाइसले गाडीको ब्याट्री पड्किनेसम्मको खतरा हुने उनी बताउँछन् । यसबाहेक, भेहिकल ट्र्याकिङसम्बन्धी स्पष्ट सरकारी नीतिको अभावले पनि यो क्षेत्रलाई व्यवस्थित गर्न गाह्रो भएको उनको अनुभव छ।

हाल दुई हजारभन्दा बढी सवारीसाधनलाई निरन्तर सेवा दिइरहेको जिओमेटको भविष्यको योजना ठुलो छ। “हामी नेपालको ट्र्याकिङ उद्योगको मेरुदण्ड बन्न चाहन्छौँ,” आतिश आफ्नो दृष्टिकोण सुनाउँछन्, “आगामी दिनमा यो व्यवसाय गर्न चाहने नयाँ कम्पनीहरूलाई सफ्टवेयर, डिभाइस र तालिम दिएर एउटा स्वस्थ इकोसिस्टम बनाउने हाम्रो लक्ष्य छ ।”

आफूले मात्र सबै समस्या समाधान गर्न नसकिने बुझेका उनी अन्य कम्पनीहरूलाई पनि प्राविधिक रूपमा सक्षम बनाउँदै समग्र उद्योगलाई नै बलियो बनाउने सपना देख्छन् । सँगसँगै, आउँदो दुई वर्षभित्र आफ्नो सफ्टवेयरलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने तयारीमा कम्पनी जुटेको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ २०:१३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । झापामा पहिलो पटक राष्ट्रिय स्तरको ह्याकाथन आयोजना हुने भएको छ । डेभलपर एसोसिएसन झापाले ‘पब्जी–प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड’ नाम दिइएको उक्त कार्यक्रम आगामी १५-१७ साउनमा बिर्तामोडमा आयोजना गर्न लागेको हो ।

आयोजकका अनुसार ह्याकाथनमा ४८ घण्टासम्म निरन्तर कोडिङ, क्रियटिभी र सहकार्यको प्रतिस्पर्धा हुनेछ । नेपालभरिका प्रविधि उत्साही तथा उदीयमान डेभलपरहरूलाई एकै ठाउँमा ल्याउने कार्यक्रमको लक्ष्य छ । आयोजक मध्येका एक तथा मेची बहुमुखी क्याम्पसका बीसीए विद्यार्थी अविरल आचार्यले यस ह्याकाथन कार्यक्रम झापाको टेक कम्युनिटीका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा हो ।

ह्याकाथनमा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरी आफ्नो ‘स्क्वाड’ (टोली) दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको थिम कार्यक्रमको सुरु भएपछि मात्रै खुलासा गरिने बताइएको छ । आयोजकले यसलाई ‘एलिमिनेशन थिम’मा आधारित ह्याकाथनको रूपमा प्रस्तुत गरेको छ । यसअन्तर्गत केही प्रतिस्पर्धी मात्र अन्तिमसम्म टिक्न सक्नेछन् ।

स्थानीय प्रविधि प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्न र उनीहरूलाई प्रेरित तथा सशक्त बनाउन यस्तो कार्यक्रमको परिकल्पना गरिएको आचार्यले बताए । ‘लेट्स कोड, क्रिएट एन्ड कनेक्ट’ (कोड गरौँ, सिर्जना गरौँ र जोडियौँ) भन्ने नाराका साथ आयोजकले सबै आविष्कारकलाई सहभागी हुन आह्वान गरेको छ ।

यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १७:३६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । नेपालको परिप्रेक्ष्यमा सन् २०१२ देखि २०१७ को अवधिमा इन्टरनेटको पहुँच व्यापक रूपमा विस्तार भयो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, इन्टरनेटमा सहज पहुँच र फिचर फोनसँगै स्मार्टफोन पनि किफायती हुँदै जानु जस्ता कारणले इन्टरनेटको विस्तारमा ठुलो मद्दत पुग्यो । 

यदि तपाईं त्योभन्दा अघिल्लो पुस्ताको हुनुहुन्छ भने तपाईंले अरू कसैको प्रेम सम्बन्धबारे बिरलै थाहा पाउनुहुन्थ्यो । भौतिक रूपमा पनि यस्ता छिटपुट घटना देख्ने मौका बिरलै देख्नुभयो । तर, त्यसभन्दा पछाडिको पुस्ता हुनुहुन्छ भने त्यो पल गुमाउनु भयो ।

अब जमाना त्यस्तो रहेन, जहाँ व्यक्तिगत वा पारिवारिक कुराहरू आफैँमा वा नजिकका व्यक्तिमा सीमित हुन्छन् । अधिकांशले त जान अञ्जानमा आफ्नो प्रेम सम्बन्ध सामाजिक सञ्जालमा राख्छन् । पछि कुनै समयमा त्यसैले अनावश्यक हैरानी दिन्छ । केहीले यस्ता विषय सामाजिक सञ्जालमा नराखे पनि अस्वाभाविक रूपमा भाइरल बन्छन् । घरमै सीमित हुनुपर्ने पारिवारिक कलह समाजमा बहसका विषय बन्छन् । भाइरल हुने मोहमा मान्छे आफ्नो सर्वस्व दाउमा राख्न तयार हुन्छ

भारइल हुँदिनँ, कतै देखिदिनँ, आफ्ना निजी कुरा गोप्य नै राख्छु भन्ने मानिस पनि छन् । तर, उनीहरूका लागि पनि समय सजिलो छैन । कुनै दिन उनीहरू नै भाइरल नहोलान् र कसैका लागि मजाकका पात्र नबन्लान् भन्न सकिँदैन । 

अब विश्व परिवेशको कुरा गरौं । नेपाल जस्तो विकासोन्मुख देशदेखि विकसित देशमा पनि इन्टरनेटका नकारात्मक पक्षहरू हाबी बन्दै गएका छन् । विश्व परिवेशको कुरा गर्दा आज इन्टरनेटको युगमा क्यामेरा जताततै छन् र मानिसका साना ठुला गल्तीहरू लाखौं-करोडौं मानिसका लागि मनोरञ्जनको विषय बन्छन् । त्यहीं अनलाइन दर्शक आफ्नो विचार र फैसला सुनाउन ओइरिन्छन् । यही बहसलाई हालैको एक घटनाले थप चर्चामा ल्याएको छ । 

तपाईंले थाहा पाउनु भयो होला । प्रविधि कम्पनी ‘एस्ट्रोनोमर’का सीईओ एन्डी बायरन त्यही कम्पनीकी एचआर प्रमुख क्रिस्टिन क्याबोट अङ्गालोमा बाँधिएको घटना भाइरल भइरहेको छ ।

तपाईंको जानकारीका लागि भनौं- ‘कोल्डप्ले’ नामको एउटा बेलायती रक ब्यान्ड छ ।

१६ जुलाईमा अमेरिकाको मासाचुसेट्स सहरमा रहेको फक्सबोरोमा उक्त ब्यान्डको कन्सर्ट थियो । त्यस्ता ठुला कन्सर्टमा ‘किस क्याम’ भन्ने सेग्मेन्ट हुन्छ । त्यो समयमा क्यामेराहरू जोडी भएको ठाउँतिर केन्द्रित हुन्छन् । कुनै रमाइलो जोडी भेटिएको खण्डमा क्यामेराले निरन्तर उनीहरूलाई खिच्छन् र उक्त दृश्य स्टेडियममा राखिएको ठुलो स्क्रिनमा देखिन्छ । हजारौं दर्शक हुने स्टेडियममा क्यामेरामा को कतिबेला कैद हुन्छ भन्न सकिँदैन । यो आकस्मिक हुने भएकाले क्यामेरामा देखिने जोडीहरू आफूलाई ठुलो स्क्रिनमा देखेपछि ‘सरप्राइज’ हुन्छन् । र, रमाउँछन् । केही असहज महसुस गर्छन् । त्यसैलाई थप रोमाञ्चक र यादगार बनाउन केही जोडी रमाइला गतिविधि गर्छन् ।

त्यसरी जोडीको रमाइलो पल कैद गर्ने क्रममा क्यामेराको फ्रेममा सीईओ एन्डी त्यही कम्पनीकी एचआर प्रमुख क्रिस्टिनको अङ्गालोमा बाँधिएको देखिए । क्यामेरामा आफूहरूलाई देखेपछि दुवै जना अप्ठ्यारो माने । तत्कालै एन्डी आफूलाई लुकाउन भुइँमा बसे र क्रिस्टिन पछाडि फर्किइन् । यसरी उनीहरू दुवै आत्तिएको दृश्य ठुलो स्क्रिनमा देखिएपछि कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले ठट्टा गर्दै भने, “कतै यिनीहरूको अफेयर त चलिरहेको छैन ?”

@instaagraace trouble in paradise?? 👀 #coldplay #boston #coldplayconcert #kisscam #fyp ♬ original sound – grace

कन्सर्टमा उपस्थित अर्का एक व्यक्तिले यो क्लिपलाई टिकटकमा पोस्ट गरिदिए, जुन भिडिओ आठ करोड ८३ लाखभन्दा बढी पटक हेरिएको छ । लाइक ८१ लाख बढी आएका छन् । हजारौंले कमेन्ट गरेका छन् ।

भिडिओका क्लिप सामाजिक सञ्जालमा भाइरल हुन थाले । पछि उनीहरू एकै कम्पनीमा काम गर्ने व्यक्ति भएको र दुवै विवाहित भएको विषय बाहिर आएपछि त्यसले थप चर्चा पायो । 

एस्टोनमरको वेबसाइटमा भएको टिमको फोटो र नाम

अनलाइन प्रयोगकर्ताले तुरुन्तै एन्डी र क्रिस्टिन क्याबोटको पहिचान पत्ता लगाए । उनीहरूले एन्डीको परिवारका सदस्यको नाम र उनको व्यक्तिगत फेसबुक पेजबाट समेत जानकारी सार्वजनिक गरे ।

एक प्रयोगकर्ताले लेखेका थिए, “उनीहरूले धोका दिएका मानिस (श्रीमान् श्रीमती)लाई भगवान रक्षा गरेको उदाहरण हो ।” त्यसमा एक लाखभन्दा बढी रियाक्सन आयो । उनीहरू डेटासम्बन्धी काम गर्ने चर्चित कम्पनीका सीईओ र एचआर प्रमुख भएकाले लिङ्क्डइन अकाउन्ट पनि तत्कालै फेला पर्‍यो । र, मानिसहरू कमेन्ट गर्न थाले । अत्यधिक कमेन्ट आउन थालेपछि उनीहरू अकाउन्ट नै बन्द गर्न बाध्य भए ।

यो घटना बाहिर आएपछि मिम र ट्रोलको बाढी आयो । ‘कोल्डप्ले चिटिङ’, ‘कोल्डप्ले स्क्यान्डल’, ‘कोल्डप्ले अफेयर’ जस्ता शब्दहरू गुगल र अन्य सामाजिक सञ्जालमा ट्रेन्डिङमा परे । यतिसम्म कि एडल्ट साइटमा पनि यी किवर्डको सर्च ह्वात्तै बढेको छ ।

जागिरका लागि उपलब्ध छु भन्न प्रयोग हुने लिङ्क्डइनको सङ्केत ।

एचआर जस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी कर्मचारी र कम्पनी नै हाँकिरहेका सीईओको यो हर्कत बाहिरिएपछि कम्पनी र त्यहाँ हुने वर्क कल्चरका विषयमा पनि विभिन्न किसिमका भनाइ आउन थाले । त्यसपछि कम्पनी ‘एस्ट्रोनोमर’ले एक विज्ञप्ति जारी गर्दै भन्यो, “हामी हाम्रा मूल्य र संस्कृतिप्रति प्रतिबद्ध छौं । हामी अनुसन्धान गर्दैछौं ।” 

कम्पनीको बोर्डले यस घटनाको छानबिन गर्ने बताएको छ । पछि, कम्पनीले एन्डीलाई पदबाट निलम्बन गरी बिदामा पठाइएको र सह-संस्थापक पेटे डिजोयलाई अन्तरिम सीईओ नियुक्त गरिएको जानकारी दियो ।

अर्बौं डलरको यो कम्पनी यही विवादका कारण धराशायी बन्ने अवस्थामा आएको छ । एन्डी र क्रिस्टिनले सामाजिक सञ्जालमा राखेका अन्य फोटोहरू पनि भाइरल भइरहेका छन् ।

दुई जना बाहेक उनीहरूका परिवारलाई पनि यस घटनाले नकारात्मक रूपमा प्रभाव पारेको छ । यसै सन्दर्भमा उनीहरूको गोपनीयताको सुरक्षाको प्रश्न उठिरहेको छ । साथै सामाजिक सञ्जालमा राखिने सामग्री (फोटो, भिडिओ) कुन बेला कसरी, कसले, कुन प्रयोजनका लागि प्रयोग गर्न सक्छ भन्ने उदाहरणका रूपमा देखिएका छन् ।

भाइरल एन्डी बायरन आफू नभएको भन्दै लिङ्क्डइन प्रयोगकर्ताले गरेको पोस्ट

एन्डीको घटना कुनै नौलो होइन । यो इन्टरनेटमा सामान्य मानिसहरूको नैतिक गल्तीलाई भाइरल बनाउने शृङ्खलाको पछिल्लो कडी मात्र हो । यसअघि पनि ठुला मञ्चबाट यस्ता घटना भएका छन् । क्यामेराको पक्षलाई ख्यालै नगरेर गरिएका गतिविधिका कारण भाइरल भएका अन्य थुप्रै घटना छन् ।

वर्क कल्चरका आलोचकका अनुसार इन्टरनेटले अहिले हरेक दिन हुने सामान्य गल्तीलाई पनि लाखौं मानिसका लागि मनोरञ्जनको खुराक बनाइदिएको छ । यसले नयाँ जोखिम र नैतिक प्रश्न खडा गरेको छ । किनकि अनलाइन भिडले गम्भीर अपराध र सामान्य व्यक्तिगत विवादबिचको भिन्नता छुट्याउँदैन ।

घरको ढोकामा राखिने डोरबेल क्यामेरा, पसल र सरकारी निगरानी प्रणाली तथा सबैको हातमा भएको स्मार्टफोनका कारण मानिस जतिबेला पनि रेकर्ड हुनसक्ने जोखिममा छन् । त्यस्तै इन्टरनेट प्रयोगकर्तालाई अरूको निजी जीवनमा के भइरहेको छ भनेर जान्ने उत्सुकता हुन्छ । उनीहरू आफूलाई न्यायाधीश सम्झेर सजाय दिन अग्रसर हुन्छन् ।

इन्टरनेट संस्कृति विश्लेषक रेनी फिशर-क्वानका अनुसार यो एक प्रकारको ‘अन्तरक्रियात्मक जासुसी खेल’ जस्तै भएको छ जहाँ दर्शकहरू आफैँ कथाको हिस्सा बन्न हतारिन्छन् ।

सार्वजनिक अपमानको असर र नैतिक प्रश्न

यो घटना ‘क्यान्सिल कल्चर’ (बहिष्कार संस्कृति) जस्तै देखिए पनि फरक छ । क्यान्सिल कल्चर भनेको चर्चित व्यक्तिलाई उनीहरूको पुरानो गल्ती (जस्तै: कार्यस्थलमा दुर्व्यवहार वा जातीय टिप्पणी) का कारण बहिष्कार गर्ने, आलोचना गर्ने गरिन्छ । तर, एन्डी जस्ता व्यक्ति सार्वजनिक व्यक्तित्व नभई सामान्य नागरिक हुन् ।

लेखक जोन रोनसनले आफ्नो पुस्तक ‘सो यु ह्याभ बीन पब्लिक्ली शेम्ड’ (So You’ve Been Publicly Shamed) मा वर्णन गरेअनुसार अनलाइन भिडको सिकार भएका सामान्य मानिसले आफ्नो जागिर गुमाएका छन् र लामो समयसम्म मानसिक स्वास्थ्य समस्या भोगेका छन् ।

यो प्रवृत्तिले सम्बन्धमा पनि असर गरिरहेको छ । थेरापिस्टका अनुसार युवा पुस्ताले आफ्ना पार्टनरको हरेक अनलाइन गतिविधिमाथि निगरानी राख्ने डिजिटल उपकरण प्रयोग गर्छन् । यसले गर्दा अविश्वास र शंकाको वातावरण सिर्जना हुन्छ ।

एन्डी, क्याबोट र उनीहरूको परिवारका लागि यो कथा कसरी टुङ्गिन्छ त्यो त भविष्यले नै बताउला । तर जबसम्म यो घटना साम्य हुन्छ इन्टरनेटले आफ्नो ध्यान अर्को घटनामा केन्द्रित भइसक्छ । धेरैले घटना बिर्सिन्छन् । तर, त्यसले परिवार, उनको कम्पनी र समाजमा पार्ने असरले भने दीर्घकालीन असर गरिरहन्छ । 

दुर्भाग्यवश सार्वजनिक स्थानमा गल्ती भयो र क्यामेरामा कैद भयो भने जिन्दगी नै तहसनहस हुने अवस्था आउँछ । आजको डिजिटल संसारमा निजी र सार्वजनिक जीवनबिचको रेखा धमिलो भइसकेको छ । र, एउटा सानो गल्तीको परिणाम भयानक हुन सक्छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । गुगलले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि विकास गरेको भूकम्प चेतावनी प्रणाली (Android Earthquake Alert – AEA) भूकम्प पत्ता लगाउने र चेतावनी जारी गर्ने कार्यमा परम्परागत सेस्मिक नेटवर्क जत्तिकै प्रभावकारी रहेको एक अध्ययनले देखाएको छ ।

विश्वभरका करोडौं एन्ड्रोइड स्मार्टफोनमा रहेका सेन्सरबाट तथ्याङ्क सङ्कलन गरेर काम गर्ने यो प्रणाली महँगो भूकम्पीय मापन केन्द्रहरूको उत्कृष्ट र मितव्ययी विकल्प बन्न सक्ने अध्ययनको निष्कर्ष छ ।

चर्चित साइन्स जर्नलमा प्रकाशित उक्त अध्ययनमा भनिएको छ, “एईएले विश्वभर छरिएका स्मार्टफोनहर…
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनी र अल नेपाल हस्पिटल प्रा.लि.को संयुक्त आयोजनामा  बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम अल नेपाल हस्पिटल प्रालि परिसर, सामाखुसी मार्ग, काठमाडौंमा सम्पन्न भएको हो। कार्यक्रममा दर्जनौं सामाजिक अभियान्ता, चिकित्सक, लायन सदस्यहरू तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको समन्वय लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनीका अध्यक्ष लायन अशोक बेल्बासे र अल नेपाल हस्पिटलका म्यानेजिङ डाइरेक्टर  सुमन पौडेलले गरेका थिए।

कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनल डिस्टिक ३२५एम, नेपालका जिल्ला गभर्नर पीएमजेएफ लायन धनिराम बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले शुभकामना मन्तव्य दिँदै रक्तदानको सामाजिक र मानवीय महत्वमाथि प्रकाश पारेका थिए।

साथै कार्यक्रममा त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रबाट नर्सिङ इन्चार्ज अर्चना अधिकारीको नेतृत्वमा ६ जनाको प्राविधिक टोली उपस्थित रहेको थियो। यस टोलीले रक्त संकलनको सम्पूर्ण कार्य प्रभावकारी रूपमा सम्पन्न गरेको थियो।

कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, स्थानीय अगुवाहरू, समाजसेवी, विद्यार्थी तथा युवाहरूले स्वेच्छिक रक्तदान गरेका थिए। दर्जनौं यूनिट रगत संकलन गरिएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

Kathmandu: More than 40 percent of mobile users in Nepal are using SIM cards registered in someone else’s name, according to the World Bank’s Global Findex Database 2025. The report lists Nepal alongside Congo, Comoros, Morocco, Tanzania, and Jordan, where this trend is affecting access to digital financial services.

Using someone else’s SIM card can prevent users from opening mobile wallets, receiving social security payments, or applying for digital loans. Most fin…
सामाग्री श्रोत :
टेक पाना

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ले चिकित्सा शिक्षा कार्यक्रमलाई केवल विज्ञानको सीमा भित्रै सीमित नराखी मानवीय संवेदनशीलताको दायरा पनि समेट्ने उद्देश्य राखेको छ। यही  उद्देश्य  हासिलगर्न सन् २०१८ देखि वास्तविक घटना, जीवनी, कविता, फिल्म तथा अपाङ्गता भएका  ब्यक्तिहरुको जीवन्त अनुभवको बारेमा बिधार्थीहरु संग छलफल तथा बहस गरिन्छ।  गरिवी, असमानता, सामाजिक न्याय, समानुभूति सहितको चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी तथा निस्वार्थ सेवाको बारेमा गम्भीर छलफल, बहस र सामाजिक उत्तरदायी भावनाको विकास गर्न कोशिस गर्छ।

यी उल्लेखित बिषयसंग जोडेर जीवन र मृत्युको गहिरो अर्थबारे पनि विद्यार्थीहरूलाई सोच्न सिकाउँछ। यो कोर्सले उनीहरूलाई एकपटक आफैंसँग प्रश्न गर्न बाध्य पार्छ,  ‘तपाईं आफ्नो मृत्यु कस्तो होस् भन्ने चाहनुहुन्छ?’ यस्तो प्रश्नको उत्तर सजिलो छैन। धेरैको लागि यो अप्रत्यासित प्रश्न हुन्छ । हाम्रो संस्कृतिमा मृत्युलाई सामान्य छलफलको विषय मानिँदैन। तर स्वास्थ्यकर्मीको भूमिकामा यो बुझ्नु अत्यावश्यक छ किनभने स्वास्थ्यकर्मीहरु अरूका जीवनका अन्तिम क्षणहरूमा उपस्थित हुनु पर्छ।

हिन्दू र बौद्ध परम्परामा मृत्यु केवल जीवनको अन्त्य होइन। यो जीवनको एक पवित्र चरण हो, जसले आत्मालाई नयाँ यात्राको ढोका खोलिदिन्छ। हिन्दू दर्शनमा भनिन्छ– जसरी शरीर पुरानो भइ सकेपछि कपडा बदलिन्छ, आत्माले पनि नयाँ शरीर ग्रहण गर्छ”। यस अर्थमा मृत्युलाई डरको विषय होइन, तर आत्मिक मुक्तिको अवसरका रूपमा लिइन्छ। बौद्ध परम्परामा पनि मरणस्मृति (मृत्यु स्मरण) अभ्यासले जीवनका क्षणहरूको महत्व झल्काउँछ। सबै चीजहरू नाशवान छन् भन्ने बोधले जीवन र मृत्युका बीचको सन्तुलन सिकाउँछ

नेपालमा धेरैजसो व्यक्तिहरु अन्तिम सास घरमै लिन पाउनु ठूलो कुरा मान्छौँ। पूर्खाहरूले अन्तिम क्षणमा तुलसीको पात वा गङ्गाजल मुखमा राखिदिने, गीता वा रामायणको पाठ गर्ने चलन राखेका थिए। यो केवल धार्मिक आस्था होइन, बरु मृत्युलाई शान्तिपूर्ण र सम्मानजनक बनाउनको प्रयास थियो। तर आजको स्वास्थ्य प्रणालीमा बिरामीहरू अस्पतालको आइसीयुमा र मेशिनहरूले घेरेको अवस्थामा, प्रियजनहरूको साथबिना अन्तिम सास लिइरहेका छन्। के यस्तो मृत्यु उनीहरूले चाहेका थिए वा चाहन्छन्?

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षामा विद्यार्थीहरूले यस्तै गहिरा प्रश्नहरूसँग जुध्न सिक्छन्। कसैले भन्छन्, ‘म चाहन्छु कि मेरो अन्तिम दिनहरू परिवारसँग बितून्, बच्चाहरूले मेरो हात समातून्, र मैले आफ्नै घरको आँगनमा मर्न पाउँ।’ कसैले भन्छन्, ‘म आफ्नै परम्परामा सफल जिन्दगीको अनुभव गर्दै छोरा-छोरीको अगाडि मर्न पाउँ।’ धेरैले  सम्झनायोग्य कामलाई प्राथमिकता दिदै, सफल जिन्दगि पछिमात्र मृत्युको कल्पना गर्छन ।  यी उत्तरहरूले देखाउँछन् कि मृत्युका बारेमा सोच्नु भनेको जीवनका प्राथमिकताहरूबारे सोच्नु हो र सोहीअनुसार कर्म गर्नु हो।

बौद्ध दर्शन अनुसार अन्तिम क्षणको मानसिक अवस्था पुनर्जन्मको गुणस्तरमा प्रभाव पार्छ। यसैले ध्यान, प्रार्थना र शान्त वातावरणलाई महत्वपूर्ण मानिन्छ। स्वास्थ्यकर्मीहरूले बिरामीका यी आध्यात्मिक आवश्यकताहरू बुझेर सहयोग गर्न सके, उनीहरूलाई “सुस्वास्थ्यपूर्ण मृत्यु” दिन सकिन्छ।
यसको व्यावहारिक पक्षमा पेलियेटिभ केयर आउँछ। पेलियेटिभ केयरको उद्देश्य जीवन लम्ब्याउनु मात्र होइन, पीडा कम गर्नु, बिरामीका चाहनाहरूको सम्मान गर्नु र परिवारलाई भावनात्मक रूपमा सघाउनु हो। बिश्व स्वास्थ्य संगठनले पनि जीवनको अन्तिम दिनहरूमा बिरामीका सामाजिक, मानसिक र आध्यात्मिक पक्षलाई उत्तिकै महत्व दिनुपर्ने बताउँछ।

साँच्चै भन्ने हो भने, सुस्वास्थ्यपूर्ण मृत्युमा चार मुख्य तत्व हुन्छन्– पीडामुक्ति, गरिमा, आत्मिक शान्ति र प्रियजनको साथ। पाटन स्वास्थ्य विज्ञानका विद्यार्थीहरूले यस्तो ज्ञान ‘मानवीय चिकित्सा’ बिषय पढ्दै गर्दा सिक्छन् जसले परिवार, समाज र स्वास्थ्यकर्मी सबैलाई स्पर्श गर्छ।

अन्ततः हामी सबैका लागि प्रश्न उस्तै गहिरो छ– ‘के म जीवनको अन्तिम दिनहरूमा आफैंले चाहेको वातावरणमा, आफैंले चाहेको सम्मान र शान्तिसँग मृत्यु अँगाल्न पाउँछु?’ यो प्रश्न केवल व्यक्तिगत होइन। सबै स्वास्थ्यकर्मीका लागि यो नैतिक जिम्मेवारी पनि हो र उनीहरु आफ्ना बिरामीलाई यस्तो मृत्यु दिलाउन प्रयास गरुन्।

हिन्दू दर्शनले जीवन र मृत्यु दुवैलाई कर्मसँग जोड्छ। ‘जस्तो कर्म, उस्तै फल’ भन्ने बुझाइ अनुसार अन्तिम क्षणमा पनि आफू र अरूका लागि सकारात्मक कर्म गर्न सकिन्छ। अंगदान गर्नु, अरूका लागि जीवनको आशा बन्नु, यो पनि एउटा उच्चतम कर्म हुन सक्छ। त्यसैगरी बौद्ध धर्ममा निर्वाण प्राप्तिको बाटो अन्तिम क्षणसम्म पनि खुला रहन्छ। स्वास्थ्यकर्मीहरूले यस्तो आध्यात्मिक चाहनालाई सम्मान गर्ने संस्कार राखे भने बिरामीको मृत्युपनि असल बन्न सक्छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको “मानबिय चिकित्सा” को महत्व यहीँ प्रकट हुन्छ। यसले विद्यार्थीहरूलाई विज्ञान र संवेदनशीलताबीचको पुल बनाउँछ। जब विद्यार्थीहरू जीवन र मृत्युको गहिरो अर्थ बुझ्छन्, उनीहरू केवल कुशल चिकित्सक मात्र होइन, समानुभूतिपूर्ण मानव पनि बन्छन्।

( सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् ।  “मानबिय चिकित्सा” बिषय  समेत अध्यापन गर्छन् ।)
 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट