आजको आधुनिक दन्त चिकित्सा क्षेत्रमा ३डी प्रिन्टिङ्ग एक क्रान्तिकारी प्रविधिको रूपमा विकसित भइरहेको छ। यो प्रविधिले बिरामीको मुखको संरचनाअनुसार सटीक र व्यक्तिगत उपचारका सामाग्रीहरू निर्माण गर्न मद्दत पुर्याउँछ।
३ डी प्रिन्टिङ्ग के हो?
३डी प्रिन्टिङ्ग एउटा डिजिटल मोडेल (डिजिटल डिजाइन) बाट थ्री डाइमेन्सनल वस्तु बनाउन प्रयोग गरिने प्रविधि हो। लेयर बाई लेयर विधिबाट वस्तु निर्माण गरिन्छ जसले गर्दा जटिल डिजाइन र संरचना बनाउन सकिन्छ।
ओरल पुनर्स्थापनामा ३डी प्रिन्टिङ्गका प्रयोगहरू
इम्प्लान्ट र सर्जिकल गाइड निर्माण
३डी प्रिन्टिङ्गबाट बिरामीको जबडा र दाँतको संरचनामा आधारित सटीक इम्प्लान्ट र सर्जिकल गाइड बनाइन्छ। यसले शल्यक्रिया (सर्जरी)को समयमा सटीकता र सुरक्षालाई बढाउँछ।
क्राउन, ब्रीज र डेन्टचरहरू
मेडिकल ग्रेड रेसिन वा धातु प्रयोग गरेर ३डी प्रिन्टिङ्गले उच्च गुणस्तरका क्राउन र ब्रीज बनाउँछ। यसले पारम्परिक पद्धतिमा भन्दा छिटो र कम खर्चिलो समाधान दिन्छ।
ओर्थोडोन्टिक उपकरणहरू
क्लियर अलाइनरहरू (जस्तै इनभिजलाइन) र कस्टमाइज्ड ब्राकेटहरू ३डी प्रिन्टिङ्गबाट बनाइन्छन्।
म्याक्सिलोफेसियल प्रोस्थेसिस
दुर्घटना, क्यान्सर वा जन्मजात विकृति भएका बिरामीहरूको अनुहार र जबडाका भागहरूलाई प्रतिस्थापन गर्न ३डी प्रिन्टिङ्ग महत्वपूर्ण भएको छ।
हाड पुनर्निर्माणको लागि बोन्स्काफोल्ड
हाइड्रोक्सीएपाटाइट वा बायोसिरेमिक मिलाएर हाडको रिक्त स्थान भर्ने कस्टम स्काफोल्डहरू बनाइन्छन् जसले नयाँ हाडको वृद्धि सहज बनाउँछ।
आजको आधुनिक दन्त चिकित्सा क्षेत्रमा ३डी प्रिन्टिङ्ग एक क्रान्तिकारी प्रविधिको रूपमा विकसित भइरहेको छ। यो प्रविधिले बिरामीको मुखको संरचनाअनुसार सटीक र व्यक्तिगत उपचारका सामाग्रीहरू निर्माण गर्न मद्दत पुर्याउँछ।
३डी प्रिन्टिङ्ग के हो?
३डी प्रिन्टिङ्ग एउटा डिजिटल मोडेल (डिजिटल डिजाइन) बाट थ्री डाइमेन्सनल वस्तु बनाउन प्रयोग गरिने प्रविधि हो। लेयर बाई लेयर विधिबाट वस्तु निर्माण गरिन्छ जसले गर्दा जटिल डिजाइन र संरचना बनाउन सकिन्छ।
ओरल पुनर्स्थापनामा ३डी प्रिन्टिङ्गका प्रयोगहरू
इम्प्लान्ट र सर्जिकल गाइड निर्माण
३डी प्रिन्टिङ्गबाट बिरामीको जबडा र दाँतको संरचनामा आधारित सटीक इम्प्लान्ट र सर्जिकल गाइड बनाइन्छ। यसले शल्यक्रिया (सर्जरी)को समयमा सटीकता र सुरक्षालाई बढाउँछ।
क्राउन, ब्रीज र डेन्टचरहरू
मेडिकल ग्रेड रेसिन वा धातु प्रयोग गरेर ३डी प्रिन्टिङ्गले उच्च गुणस्तरका क्राउन र ब्रीज बनाउँछ। यसले पारम्परिक पद्धतिमा भन्दा छिटो र कम खर्चिलो समाधान दिन्छ।
ओर्थोडोन्टिक उपकरणहरू
क्लियर अलाइनरहरू (जस्तै इनभिजलाइन) र कस्टमाइज्ड ब्राकेटहरू ३डी प्रिन्टिङ्गबाट बनाइन्छन्।
म्याक्सिलोफेसियल प्रोस्थेसिस
दुर्घटना, क्यान्सर वा जन्मजात विकृति भएका बिरामीहरूको अनुहार र जबडाका भागहरूलाई प्रतिस्थापन गर्न ३डी प्रिन्टिङ्ग महत्वपूर्ण भएको छ।
हाड पुनर्निर्माणको लागि बोन्स्काफोल्ड
हाइड्रोक्सीएपाटाइट वा बायोसिरेमिक मिलाएर हाडको रिक्त स्थान भर्ने कस्टम स्काफोल्डहरू बनाइन्छन् जसले नयाँ हाडको वृद्धि सहज बनाउँछ।
३डी प्रिन्टिङ्गको फाइदा
बिरामीअनुकूल सटीक डिजाइन
उपचारको समय र खर्च घटाउने
न्यून सामाग्री बर्बादी — वातावरणमैत्री
जटिल संरचना सजिलै बनाउने
प्रचलित सामाग्रीहरू
मेटल्स: टाइटेनियम, कोबाल्ट-क्रोम
पलिमर: पीईईके, पीएमएमए, बायोकम्प्याटिबल रेसिन
सिरेमिक: जिरकोनिया
बायोमेटेरियल्स (बायोप्रिन्टिङ्गमा): अल्जिनेट, जेलाटिन, हाइड्रोक्सीएपाटाइट
नेपालमा सम्भावना र चुनौतीहरू
नेपालमा ३डी प्रिन्टिङ्ग प्रविधि अझै प्रारम्भिक चरणमा भए पनि केही प्राइवेट क्लिनिक र डेन्टल अस्पतालहरूमा यसको प्रयोग सुरु भइसकेको छ।
चुनौतीहरू:
उपकरणहरूको उच्च लागत
प्राविधिक दक्ष जनशक्ति अभाव
सामग्री आयातमा निर्भरता
निष्कर्ष
३डी प्रिन्टिङ्ग प्रविधिले दन्त उपचारमा गुणस्तर र प्रभावकारिता दुबै बढाएको छ। निकट भविष्यमा नेपालमा पनि यो प्रविधिले ओरल पुनर्स्थापनालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गर्न सकिन्छ। अनुसन्धान र लगानी बढाउन सकेमा यो प्रविधिले दन्त चिकित्सामा ठूलो क्रान्ति ल्याउने छ

सामाग्री श्रोत :
swasthyakhabar