२०८२ श्रावण १६ बिहीबार
२०८२ श्रावण १६ बिहीबार

डा अरुण शाही इम्युनोथेरापी उपचारमा अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक

काठमाडौं – पाटन अस्पतालका वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा अरुण शाही क्यान्सर इम्युनोथेरापी उपचारसम्बन्धी विशेष कोर्स सफलतापूर्वक सम्पन्न गर्ने पहिलो नेपाली चिकित्सक बनेका छन्।

गत वर्ष उनले सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सर (एसआईटीसी) द्वारा सञ्चालित विशेष तालिम पूरा गरेका थिए। यस उपलब्धिपछि उनलाई प्रतिष्ठित एसआईटीसी– जी सर्टिफिकेट प्रदान गरिएको हो, जुन पाउने उनी पहिलो नेपाली चिकित्सक रहेका छन्।

एसआईटीसीले डा.शाहीको यो उपलब्धिलाई नेपालमा क्यान्सरको आधुनिक उपचार प्रविधि (इम्युनोथेरापी)भित्र्याउने दिशामा एक कोसेढुंगा को रूपमा लिएको छ। यसले नेपाली स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचारको नयाँ सम्भावना र आशाको सन्देश दिएको छ।

इम्युनोथेरापी क्यान्सर उपचारको क्षेत्रमा एक नवीन र प्रभावकारी विधिका रूपमा विश्वभर प्रयोगमा ल्याइएको छ। यो उपचारले बिरामीको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाएर क्यान्सर कोशिकासँग स्वाभाविक रूपमा लड्ने क्षमता वृद्धि गर्छ।


 

परम्परागत उपचार विधिहरू (केमोथेरापी र रेडियोथेरापी)मा प्रत्यक्ष रूपमा क्यान्सर कोशिकालाई लक्षित गरिन्छ, जसले स्वस्थ कोशिकामा समेत असर गर्न सक्छ। तर इम्युनोथेरापीले शरीरको प्राकृतिक प्रणालीलाई मजबुत बनाएर क्यान्सरविरुद्ध लड्ने कार्य गर्छ, जसले गर्दा साइड इफेक्ट कम हुने सम्भावना हुन्छ।

हाल यो विधि विशेषतः स्टेज–४ क्यान्सरका बिरामीहरूमा प्रयोगमा ल्याइन्छ। चिकित्सा अनुसन्धानहरू इम्युनोथेरापीलाई अझ सशक्त र व्यापक बनाउने दिशामा निरन्तर अघि बढिरहेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट