२०८२ भाद्र ४ बुधबार
२०८२ भाद्र ४ बुधबार

आजको आधुनिक दन्त चिकित्सा क्षेत्रमा ३डी प्रिन्टिङ्ग एक क्रान्तिकारी प्रविधिको रूपमा विकसित भइरहेको छ। यो प्रविधिले बिरामीको मुखको संरचनाअनुसार सटीक र व्यक्तिगत उपचारका सामाग्रीहरू निर्माण गर्न मद्दत पुर्‍याउँछ।

 ३ डी प्रिन्टिङ्ग के हो?
३डी प्रिन्टिङ्ग एउटा डिजिटल मोडेल (डिजिटल डिजाइन) बाट थ्री डाइमेन्सनल वस्तु बनाउन प्रयोग गरिने प्रविधि हो। लेयर बाई लेयर विधिबाट वस्तु निर्माण गरिन्छ जसले गर्दा जटिल डिजाइन र संरचना बनाउन सकिन्छ।

 ओरल पुनर्स्थापनामा ३डी प्रिन्टिङ्गका प्रयोगहरू

     इम्प्लान्ट र सर्जिकल गाइड निर्माण
३डी प्रिन्टिङ्गबाट बिरामीको जबडा र दाँतको संरचनामा आधारित सटीक इम्प्लान्ट र सर्जिकल गाइड बनाइन्छ। यसले शल्यक्रिया (सर्जरी)को समयमा सटीकता र सुरक्षालाई बढाउँछ।

     क्राउन, ब्रीज र डेन्टचरहरू
मेडिकल ग्रेड रेसिन वा धातु प्रयोग गरेर ३डी प्रिन्टिङ्गले उच्च गुणस्तरका क्राउन र ब्रीज बनाउँछ। यसले पारम्परिक पद्धतिमा भन्दा छिटो र कम खर्चिलो समाधान दिन्छ।

     ओर्थोडोन्टिक उपकरणहरू
क्लियर अलाइनरहरू (जस्तै इनभिजलाइन) र कस्टमाइज्ड ब्राकेटहरू ३डी प्रिन्टिङ्गबाट बनाइन्छन्।

     म्याक्सिलोफेसियल प्रोस्थेसिस
दुर्घटना, क्यान्सर वा जन्मजात विकृति भएका बिरामीहरूको अनुहार र जबडाका भागहरूलाई प्रतिस्थापन गर्न ३डी प्रिन्टिङ्ग महत्वपूर्ण भएको छ।

     हाड पुनर्निर्माणको लागि बोन्स्काफोल्ड
हाइड्रोक्सीएपाटाइट वा बायोसिरेमिक मिलाएर हाडको रिक्त स्थान भर्ने कस्टम स्काफोल्डहरू बनाइन्छन् जसले नयाँ हाडको वृद्धि सहज बनाउँछ।

आजको आधुनिक दन्त चिकित्सा क्षेत्रमा ३डी प्रिन्टिङ्ग एक क्रान्तिकारी प्रविधिको रूपमा विकसित भइरहेको छ। यो प्रविधिले बिरामीको मुखको संरचनाअनुसार सटीक र व्यक्तिगत उपचारका सामाग्रीहरू निर्माण गर्न मद्दत पुर्‍याउँछ।

 ३डी प्रिन्टिङ्ग के हो?

३डी प्रिन्टिङ्ग एउटा डिजिटल मोडेल (डिजिटल डिजाइन) बाट थ्री डाइमेन्सनल वस्तु बनाउन प्रयोग गरिने प्रविधि हो। लेयर बाई लेयर विधिबाट वस्तु निर्माण गरिन्छ जसले गर्दा जटिल डिजाइन र संरचना बनाउन सकिन्छ।

 ओरल पुनर्स्थापनामा ३डी प्रिन्टिङ्गका प्रयोगहरू


 इम्प्लान्ट र सर्जिकल गाइड निर्माण

३डी प्रिन्टिङ्गबाट बिरामीको जबडा र दाँतको संरचनामा आधारित सटीक इम्प्लान्ट र सर्जिकल गाइड बनाइन्छ। यसले शल्यक्रिया (सर्जरी)को समयमा सटीकता र सुरक्षालाई बढाउँछ।


 क्राउन, ब्रीज र डेन्टचरहरू

मेडिकल ग्रेड रेसिन वा धातु प्रयोग गरेर ३डी प्रिन्टिङ्गले उच्च गुणस्तरका क्राउन र ब्रीज बनाउँछ। यसले पारम्परिक पद्धतिमा भन्दा छिटो र कम खर्चिलो समाधान दिन्छ।


 ओर्थोडोन्टिक उपकरणहरू

क्लियर अलाइनरहरू (जस्तै इनभिजलाइन) र कस्टमाइज्ड ब्राकेटहरू ३डी प्रिन्टिङ्गबाट बनाइन्छन्।


म्याक्सिलोफेसियल प्रोस्थेसिस

दुर्घटना, क्यान्सर वा जन्मजात विकृति भएका बिरामीहरूको अनुहार र जबडाका भागहरूलाई प्रतिस्थापन गर्न ३डी प्रिन्टिङ्ग महत्वपूर्ण भएको छ।


 हाड पुनर्निर्माणको लागि बोन्स्काफोल्ड

हाइड्रोक्सीएपाटाइट वा बायोसिरेमिक मिलाएर हाडको रिक्त स्थान भर्ने कस्टम स्काफोल्डहरू बनाइन्छन् जसले नयाँ हाडको वृद्धि सहज बनाउँछ।

 

३डी प्रिन्टिङ्गको फाइदा


बिरामीअनुकूल सटीक डिजाइन
 उपचारको समय र खर्च घटाउने
 न्यून सामाग्री बर्बादी — वातावरणमैत्री
 जटिल संरचना सजिलै बनाउने

प्रचलित सामाग्रीहरू

मेटल्स: टाइटेनियम, कोबाल्ट-क्रोम

पलिमर: पीईईके, पीएमएमए, बायोकम्प्याटिबल रेसिन

सिरेमिक: जिरकोनिया

बायोमेटेरियल्स (बायोप्रिन्टिङ्गमा): अल्जिनेट, जेलाटिन, हाइड्रोक्सीएपाटाइट

 

नेपालमा सम्भावना र चुनौतीहरू

नेपालमा ३डी प्रिन्टिङ्ग प्रविधि अझै प्रारम्भिक चरणमा भए पनि केही प्राइवेट क्लिनिक र डेन्टल अस्पतालहरूमा यसको प्रयोग सुरु भइसकेको छ।

चुनौतीहरू:

उपकरणहरूको उच्च लागत

प्राविधिक दक्ष जनशक्ति अभाव

सामग्री आयातमा निर्भरता

निष्कर्ष

३डी प्रिन्टिङ्ग प्रविधिले दन्त उपचारमा गुणस्तर र प्रभावकारिता दुबै बढाएको छ। निकट भविष्यमा नेपालमा पनि यो प्रविधिले ओरल पुनर्स्थापनालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ। अनुसन्धान र लगानी बढाउन सकेमा यो प्रविधिले दन्त चिकित्सामा ठूलो क्रान्ति ल्याउने छ

    बिरामीअनुकूल सटीक डिजाइन
     उपचारको समय र खर्च घटाउने
     न्यून सामाग्री बर्बादी — वातावरणमैत्री
     जटिल संरचना सजिलै बनाउने

प्रचलित सामाग्रीहरू
मेटल्स: टाइटेनियम, कोबाल्ट-क्रोम
पलिमर:  पीईईके, पीएमएमए, बायोकम्प्याटिबल रेसिन
सिरेमिक: जिरकोनिया
बायोमेटेरियल्स (बायोप्रिन्टिङ्गमा): अल्जिनेट, जेलाटिन, हाइड्रोक्सीएपाटाइट

नेपालमा सम्भावना र चुनौतीहरू
नेपालमा ३डी प्रिन्टिङ्ग प्रविधि अझै प्रारम्भिक चरणमा भए पनि केही प्राइवेट क्लिनिक र डेन्टल अस्पतालहरूमा यसको प्रयोग सुरु भइसकेको छ।

चुनौतीहरू:
उपकरणहरूको उच्च लागत
प्राविधिक दक्ष जनशक्ति अभाव
सामग्री आयातमा निर्भरता

निष्कर्ष
३डी प्रिन्टिङ्ग प्रविधिले दन्त उपचारमा गुणस्तर र प्रभावकारिता दुबै बढाएको छ। निकट भविष्यमा नेपालमा पनि यो प्रविधिले ओरल पुनर्स्थापनालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ। अनुसन्धान र लगानी बढाउन सकेमा यो प्रविधिले दन्त चिकित्सामा ठूलो क्रान्ति ल्याउने छ
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं – देशभरका विभिन्न भौगोलिक क्षेत्रहरूबाट सन् २०२५ को जुन महिनामा संकलन गरिएका ४४ वटा सार्स-कोभ-२ (कोरोना भाइरस) का नमुनाहरुमा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोन भेरिएन्ट  देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूका अनुसार ती नमुनामध्ये १ वटा नमुनामा ओमिक्रोन (जेएन.१), २९ वटा नमुनामा ओमिक्रोन (एक्सएफजी) र बाँकी १४ वटा नमुनामा ओमिक्रोन ((एक्सएफजी.३) उपभेरिएन्ट पाइएको हो।

प्रयोगशालाका सूचना अधिकृत सन्तोष सुबेदीका अनुसार हाल पत्ता लागेका यी उपभेरिएन्टहरूमध्ये एक्सएफजीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले “भेरियन्ट अन्डर मनिटरिङ” को सूचीमा राखेको छ। यसको अर्थ उक्त उपभेरिएन्टमा विशेष निगरानी राख्नुपर्ने मानिन्छ, यद्यपि हालसम्म गम्भीर चिन्ता वा उच्च जोखिमको सूचक भने नभएको जनाइएको छ।

यो रिपोर्टले नेपालमा हाल देखिएको कोभिड-१९ को प्रचलन ओमिक्रोन भेरिएन्टमै सीमित रहेको पुष्टि गर्छ। हालसम्मका वैज्ञानिक तथ्यले ओमिक्रोनका अधिकांश उपभेरिएन्टहरू तुलनात्मक रूपमा कम घातक भए तापनि ती अत्यधिक संक्रामक हुने सम्भावना रहेको जनाइएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं – पाटन अस्पतालका वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा अरुण शाही क्यान्सर इम्युनोथेरापी उपचारसम्बन्धी विशेष कोर्स सफलतापूर्वक सम्पन्न गर्ने पहिलो नेपाली चिकित्सक बनेका छन्।

गत वर्ष उनले सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सर (एसआईटीसी) द्वारा सञ्चालित विशेष तालिम पूरा गरेका थिए। यस उपलब्धिपछि उनलाई प्रतिष्ठित एसआईटीसी– जी सर्टिफिकेट प्रदान गरिएको हो, जुन पाउने उनी पहिलो नेपाली चिकित्सक रहेका छन्।

एसआईटीसीले डा.शाहीको यो उपलब्धिलाई नेपालमा क्यान्सरको आधुनिक उपचार प्रविधि (इम्युनोथेरापी)भित्र्याउने दिशामा एक कोसेढुंगा को रूपमा लिएको छ। यसले नेपाली स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचारको नयाँ सम्भावना र आशाको सन्देश दिएको छ।

इम्युनोथेरापी क्यान्सर उपचारको क्षेत्रमा एक नवीन र प्रभावकारी विधिका रूपमा विश्वभर प्रयोगमा ल्याइएको छ। यो उपचारले बिरामीको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाएर क्यान्सर कोशिकासँग स्वाभाविक रूपमा लड्ने क्षमता वृद्धि गर्छ।


 

परम्परागत उपचार विधिहरू (केमोथेरापी र रेडियोथेरापी)मा प्रत्यक्ष रूपमा क्यान्सर कोशिकालाई लक्षित गरिन्छ, जसले स्वस्थ कोशिकामा समेत असर गर्न सक्छ। तर इम्युनोथेरापीले शरीरको प्राकृतिक प्रणालीलाई मजबुत बनाएर क्यान्सरविरुद्ध लड्ने कार्य गर्छ, जसले गर्दा साइड इफेक्ट कम हुने सम्भावना हुन्छ।

हाल यो विधि विशेषतः स्टेज–४ क्यान्सरका बिरामीहरूमा प्रयोगमा ल्याइन्छ। चिकित्सा अनुसन्धानहरू इम्युनोथेरापीलाई अझ सशक्त र व्यापक बनाउने दिशामा निरन्तर अघि बढिरहेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

यो वर्षा र गर्मीको समय हो। विशेषगरी यो समयमा गर्मी र दूषित पानीका कारण विभिन्न पानीजन्य रोगहरु लाग्नसक्ने सम्भावना अधिक रहन्छ।त्यसकारण गर्मी तथा पानीजन्य रोगबाट जोगिन निम्न अनुसारका उपाएहरु अपनाउन आम जनमानसलाई अनुरोध छ।यसले ‘म जोगाउँछु मेरो स्वास्थ्य’ र ‘आफ्नो स्वास्थ्यको आफैं जिम्मेवारी’ भन्ने भनाइलाई आत्मसात् गर्दै, यी उपायहरू अपनाएर हामी स्वस्थ रहन सक्छौँ।

– पानीजन्य रोगबाट बच्नका लागि सबैभन्दा महत्त्वपूर्ण र सजिलो उपाय भनेको पानीलाई राम्रोसँग उमालेर पिउनु हो। कम्तीमा १ मिनेटसम्म पानीलाई भकभकी उमाल्नुपर्छ।

– सधैँ खाना बनाउनुअघि, खाना खानुअघि, बिरामीलाई छुनुअघि, बच्चालाई खुवाउनुअघि, चर्पी प्रयोग गरिसकेपछि, बिरामीको स्याहार गरिसकेपछि, कीटनाशक प्रयोग गरिसकेपछि, र बाहिरबाट घर आएपछि साबुन पानीले मिचिमिची हात धुनु अनिवार्य छ।

– अत्याधिक गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाँउडिने, चक्कर आउने, बेहोस हुने मांसपेशीहरु दुख्ने, बान्ता हुने जस्ता लक्षणहरु देखिन सक्ने भएकाले यस्ता समस्या देखिएमा नजिकको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्कमा रहि आफ्ना समस्याको समाधानको लागी थप सल्लाहा सुझाब लिने गर्नु पर्दछ ।

– उच्च गर्मीबाट बच्नको लागी अत्याधिक गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्नु पर्दछ। 

– पानीको मुहान वरपर तारजाली लगाउने र पानी दूषित हुन नदिन खुला दिसा-पिसाब गर्न तथा गाईभैँसीलाई मुहानमा आउन नदिनुहोस्।

– नियमित रुपमा पानी तथा झोलिलो पदार्थ फलफुलको रस, जुस तथा सर्बत प्रसस्त मात्रामा पिउनु पर्दछ । 

– खेतबारीमा तथा अन्य मेलापातका कामहरु सकभर बिहान वा बेलुकाको समय मिलाएर गर्नु पर्दछ । 

– सम्भब भएसम्म रुखको छहारी मुनि ,सितल ठाँउमा, चिसो ठाँउमा वा पँखा भएको ठाँउमा बस्नु पर्दछ । 

– उच्च गर्मी तापक्रमबाट जोगीनको लागी चिसो पानीले नुहाउने, आबस्यकता अनुसार चिसो पानी पट्टीको प्रयोग गर्नुपर्दछ। 

– सडेगलेका, बासी, काँचो खानेकुरा तथा बजारमा माखा भन्केका खाद्य पदार्थहरू प्रयोग नगर्नुहोस्।

– उच्च गर्मी तापक्रम बाट बच्नको लागी सकभर दिउँसोको समयमा घर अफिसबाट बाहिर ननिस्कने, यदी बाहीर निस्कनै परेमा पातलो कपडाले टाउको छोप्ने, हल्का तथा सुतिका कपडा लगाउने, टोपी लगाउने वा छाताको प्रयोग गर्ने । 

– खाना राम्रोसंग पकाएर मात्र खाने बानी बसाल्नु पर्दछ । 

– फलफुललाई सफा पानीले राम्ररी धोएरमात्र खानु पर्दछ । 

– सतही तथा जमिनको पानीको शुद्धता संबन्धित निकाएमा गएर चेक गराएर उक्त पानीको प्रयोग गर्ने । दुषित देखीएमा क्लोरीनको प्रयोग गरी शुद्ध गराई प्रयोग गर्ने । 

– मदीरा सेबन, चिया कफी सोडा जस्ता पेय पदार्थ, चिनिको मात्रा बढी भएका झोल पदार्थ सकभर प्रयोग नगर्ने।

– अतिनै आवस्यक परेको बेलामा वा ट्रेकिङ वा हाईकिङमा जाँदा क्लोरीन ट्रयाब्लेट वा झोलले पानी शुद्ध बनाएर पिउने । 

– किटजन्य रोगबाट बच्न घरायसी तथा बाताबरणीय सरसफाई गर्ने । 

– लामखुट्रटेले फुल पार्ने ठाँउ तथा पानी जम्मा हुने ठाँउ जस्तै टायर सिसी बोत्तल आदी हटाने, घरवरपरका खाल्डा खुल्डी पुर्ने । 

– लामो समय सम्म फ्रिजमा राखीएका खाध्य पदार्थहरु, धेरै चिसो बनाएर राखेको पानी कोक फेन्टा हरुको प्रयोग पनि सकभर नगर्ने ।

– लामखुट्रटे तथा अन्य किटजन्य रोग बाट जोगिन लामो बाहुला भएको कपडा लगाउने पुरा शरिर ढाक्ने अनाबस्यक साँझ वा राती बाहीर नजाने । जानै परे लामखुट्रटे भगाउने क्रिम लगाउने । झुलको प्रयोग गर्ने । घरभित्र किटनासक झोल छर्ने । जम्मा भएको पानीमा लामखुट्रटको लार्भा खाने माछा पाल्ने। पानीका स्रोतहरुलाई ढाक्ने । फोहोर पानीमा अनाबस्यक रुपमा नखेल्ने । 

–  गर्मीको समयमा बिहान वा बेलुका एक पटक पकाएर फ्रिजमा राखेको दाल भात रोटी तरकारी जस्ता खाध्य पदार्थ हरु साँझ बिहान प्रयोग नगर्ने । जस्ता साबधानी अपनायौं भने उच्च गर्मी तापक्रम वा पानी जन्य रोगबाट हुन सक्ने समस्या बाट घरयासी तहबाटै बच्न वा जोगीन सकिन्छ ।

                                               
-(लेखक भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकाय तथा अस्पिताल र स्वास्थ्य संस्थाहरुसँग जग्गाको विवरण माग गरेको छ।

विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए।

मन्त्री पौडेलको निर्देशनपछि मन्त्रालयले मातहतका विभाग, केन्द्र, अस्पताल, प्रयोगशाला तथा सेन्टरका नाममा रहेको जग्गा, जग्गा उपयोगको अवस्था, लिजमा दिएको वा नदिएको लगायतका विवरण माग गरेको हो।

‘तहाँ विभाग/केन्द्र/अस्पताल/प्रयोगशाला/सेन्टर समेतका नाममा केकति जग्गा दर्ता कायम रहेको छ? दर्ता जग्गा के कति छ? जग्गाको उपयोगको अवस्था के छ? अन्य निकाय वा व्यक्तिलाई जग्गा उपयोग वा लिजमा उपलब्ध गराएको छ, छैन? उपयोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ? सम्पूर्ण व्यहोरा स्पष्ट हुनेगरी यो विवरण खुलाई पठाउनु’ मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ।

मन्त्रालयले जग्गाको विवरण सात दिनभित्र पठाउनु भन्दै पत्र काटेको हो।
 

सामाग्री श्रोत :
swasthyakhabar

मिति २०८२ असार १० गते नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डले एउटा परिपत्र जारी गर्यो। बिषय थियो प्रथम सेवा विन्दु हटाउने सम्बन्धमा, यसले सामाजिक सञ्जाल २०८२ श्रावण महिनादेखि प्रथम सेवा विन्दु नरहने र रिफर लिनु नपर्ने व्यवस्था आएको भनेर स्वागत गरियो। यति हठात् स्वागत गरियो कि संसदीय समितिका सभापति समेतले यहि कुरा भन्दै सेयर गरिदिए।खासमाउक्त पत्राचार स्वास्थ्य बीमा ऐन, २०७४ तथा स्वास्थ्य बीमा नियमवली,२०७५बमोजिमनै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था भएकोलेहाल सम्म प्रथम सेवा विन्दु रहेका सामुदायिक तथा निजि स्वास्थ्य संस्था अब उप्रान्त प्रथम सेवा विन्दुनरहने भन्ने आशय थियो।

नेपालको संविधानको मर्मतथा संघीयताको भावना अनुरुप नेपालको स्वास्थ्य प्रणालीलाई दिगो,वलियो र भरपर्दो बनाउन तिनै तहका सरकारको साझा अधिकारका रुपमा स्वास्थ्य सेवालाई परिभाषित गरिएको छ भने एकल अधिकारका हिसावले पनि तिनै तहका सरकारको जिम्मेवारी स्पष्ठ पारेको छ।यसै सन्दर्भमासंघीय अस्पताल,बिशेषज्ञ अस्पताल, बिशिष्टीकृत अस्पताल तथा प्रतिष्ठानहरु स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु रहन नसक्ने कानुनीतथा व्यवहारिक दुवै तरिकाले सान्दर्भिकनरहेको हुँदास्वास्थ्य बीमा बोर्डले सम्बन्धीत सरोकारवाला,स्थानीय तहलाई आवश्यक वैकल्पिक प्रवन्ध मिलाउने भनि जानकारी दिइसकेको अवस्था छ। (भलै यो निर्णय केहि समयका लागि स्थगन गरी वैकल्पिक व्यवस्थापनका लागि अनुरोध गरिएको अवस्था छ) । यस निर्णयले ती स्थानीयतहहरु अप्ठेरोमा परेका छन् जसको प्रथम सेवा विन्दु संघीय तथा बिशेषज्ञ अस्पताल, बिशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरुमा रहेका छन अथवा आफ्नै स्वामित्वको प्रथम सेवा विन्दु हुने सम्भावित संस्थागत संरचना छैन (आधारभुत अस्पताल,नगर अस्पताल,प्राथमिक स्वास्थ्य केन्द्र) उदाहरणको लागि धरान उपमहानगरपालिका,यो नियम लागु हुने हो भने धरान उपमहानगरपालिकाका नागरिकहरु बि.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान (घोपा क्याम्प) मा स्वास्थ्य बीमाबाट सेवा लिनका लागि चतरा, इटहरि या दुहबिबाट रिफरल लिई पुनः फर्किनु पर्ने हुन्छ।हाल धरान आसपासका नागरिकहरु बि.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाईनै  आफ्नो  प्रथम सेवा विन्दु कायम गराएर स्वास्थ्यबीमा सेवा लिदै आइरहेका छन्। यहि कुरा लिएर धरान मेयर हर्क साम्पाङ कड्किएका सुनियो । कट्टु लाएर लाउड स्पिकरमा स्वास्थ्य बीमा बोर्डका व्यवस्थापहरुसंग बाझ्दै गरेको रिल अझै पनि सामाजिक संजालमा देख्न सकिन्छ।

तर स्वास्थ्य बीमाको प्रथम सेवा सुबिधा लिनको लागि मात्र स्थानीयसरकारले आधारभूत अस्पताल संचालन गर्ने भन्ने चाहि होइन। नेपालको संविधानले प्रत्येक नागरिकको स्वास्थ्यको अधिकारलाईमौलिक हकका रूपमा स्थापितगरेको छ। यो केवल एक कानुनी प्रावधान मात्र नभई, समग्र स्वस्थ जीवनयापनका लागि आधारभूत आवश्यकता हो भन्ने यथार्थको स्वीकारोक्ति पनि हो। यस संवैधानिकव्यवस्थासँगै, देशको प्रशासनिक संरचनालाई संघीय प्रणालीमा रूपान्तरण गरिएपछिस्वास्थ्य सेवाको व्यवस्थापन र सञ्चालनको ठूलो जिम्मेवारी स्थानीय तहलाई प्रत्यायोजितगरिएको छ।यो विकेन्द्रीकरणको सिद्धान्त अनुरूप नेपालको संविधानको अनुसूची ८ ले आधारभुत स्वास्थ्य र सरसफाईलाईस्थानीय तहको एकल अधिकारको सूचीमा राखेको छ।

आधारभूत स्वास्थ्य र सरसफाइ भनेको के हो?
आधारभूत स्वास्थ्य र सरसफाइ कुनै पनि समाजको समग्र विकास, मानव अधिकारको संरक्षण र नागरिकको जीवनस्तर सुधारका लागिअपरिहार्य र एक अर्काका परिपूरक तत्वहरूहुन्। यी दुई अवधारणा एकअर्कासँग नजिकबाट जोडिएका छन् र यिनको समुचित व्यवस्थापनले रोग नियन्त्रण, जीवन प्रत्याशा वृद्धिकासाथै राष्ट्रिय उत्पादकत्वमा वृद्धि ल्याउँछ। स्वस्थ जीवनका लागि सफा र स्वच्छ वातावरण अपरिहार्य हुन्छ।

१. आधारभूत स्वास्थ्य (Basic Health)
आधारभूत स्वास्थ्यले नागरिकलाई न्यूनतम र अत्यावश्यक स्वास्थ्य सेवाहरू सहज र सुलभ रूपमा उपलब्ध गराउनुलाई जनाउँछ। यसको मुख्य उद्देश्य रोग लाग्नबाट बचाउने (रोकथाम), लागेका रोगहरूको प्रारम्भिक पहिचान गरी उपचार गर्ने र स्वस्थ जीवनशैलीका लागि चेतना अभिवृद्धि गर्ने हो। यसमा निम्न पक्षहरू समावेश हुन्छन्:
•    प्राथमिक स्वास्थ्य सेवा
•    खोप सेवा
•    मातृ तथा शिशु स्वास्थ्य सेवा
•    परिवार नियोजन सेवा
•    पोषण सेवा
•    सरुवा रोग नियन्त्रण
•    नसर्ने रोगको प्रारम्भिक पहिचान
•    अत्यावश्यक औषधि उपलब्धता
•    स्वास्थ्य शिक्षा तथा सचेतना

२. सरसफाइ (Sanitation)
सरसफाइले मानव स्वास्थ्य र वातावरणको सुरक्षाका लागि मानव मलमूत्र, फोहरमैला र प्रदूषणको उचित व्यवस्थापन गर्ने प्रक्रियालाई बुझाउँछ। स्वस्थ जीवनका लागि सफा र स्वच्छ वातावरण अपरिहार्य हुन्छ। यसको अभावमा विभिन्न सरुवा रोगहरू फैलने जोखिम उच्च हुन्छ। यसमा निम्न पक्षहरू समावेश हुन्छन्:
•    शौचालयको प्रयोग र व्यवस्थापन
•    फोहरमैला व्यवस्थापन
•    पानीको शुद्धीकरण र सुरक्षित भण्डारण
•    व्यक्तिगत सरसफाइ
•    घर र समुदायको सरसफाइ
•    खाद्य सरसफाइ

स्थानीय तहले किन आफ्नै संस्थागत संरचना (अस्पताल) स्थापना तथा सञ्चालन गर्ने?
स्थानीय तहले आफ्नै अस्पताल सञ्चालन गर्नुका पछाडि बहुआयामिक र दूरगामी महत्त्वका कारणहरू छन्। यसले केवल उपचार सेवा प्रदान गर्ने मात्र नभई, समग्र समुदायको स्वास्थ्य स्थितिमा सुधार, आर्थिक विकास र सामाजिक न्यायमा समेत सकारात्मक प्रभाव पार्छ। स्वास्थ्य सेवामा निम्न प्रभाव पार्न स्थानीय सरकारले आफ्नै स्वास्थ्यको संस्थागत संरचना स्थापना गर्नुपर्ने हुन्छ।

१. स्वास्थ्य सेवामा सहज पहुँच विस्तार हुन
क. भौगोलिक पहुँचको सुनिश्चितता:नेपालको भौगोलिक बनावट विविधतापूर्ण छ; अग्ला हिमालदेखि समथर तराईसम्म फैलिएको यो देशमा यातायातको सुविधा अझै पनि पर्याप्त छैन, विशेषगरी ग्रामीण र दुर्गम भेगमायस्तो अवस्थामा, गम्भीर बिरामी वा सुत्केरी व्यथा लागेका व्यक्तिलाई ठूला सहरका अस्पतालसम्म पुर्यायउन घण्टौँको यात्रा, बढी खर्च र अत्यधिक शारीरिक तथा मानसिक कष्ट बेहोर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा त अस्पताल नपुग्दै ज्यान गुमाउनुपर्ने कारुणिक घटनाहरू पनि सुन्नमा आउँछन्।स्थानीय तहले आफ्नै अस्पताल सञ्चालन गर्दा नागरिकलाई आफ्नो घर नजिकैको न्युन गोजिको खर्चमा स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुन्छ। 

ख. आर्थिक पहुँच र समानता:निजी अस्पतालहरू महँगा हुने र सबैको आर्थिक क्षमताले धान्न नसक्ने अवस्था छ। एउटा सामान्य उपचारका लागि पनि हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने हुँदा धेरै परिवार ऋणमा डुब्ने गरेका छन्। सरकारी अस्पतालहरूमा पनि बिरामीको चाप बढी हुने र आवश्यक सेवा पाउन कठिन हुने आम गुनासो छ। स्थानीय तहले सञ्चालन गर्ने अस्पताललेनिःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवार सो भन्दा माथिका सेवामा सुलभ दरमा उपलब्ध गराउन सक्छ, जसले “स्वास्थ्य सेवा धनीका लागि मात्र होइन” भन्ने मान्यतालाई साकार पार्छ। 

ग. सेवाको विविधता र स्थानीय आवश्यकता पूर्ति:स्थानीय अस्पतालले सामान्य रुघाखोकी, ज्वरो, झाडापखाला, सामान्य चोटपटक जस्ता साधारण रोगहरूको उपचारका साथै, आधारभूत शल्यक्रिया, स्त्री रोग, बाल रोग, प्रसूति सेवा र आकस्मिक सेवा जस्ता अत्यावश्यक सेवाहरू प्रदान गर्न सक्छन्। यसले नागरिकलाई सानो समस्याका लागि पनि टाढाको सहरमा जानुपर्ने बाध्यताबाट मुक्ति दिन्छ। झन् महत्त्वपूर्ण कुरा, स्थानीय तहले आफ्नो क्षेत्रको भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेशका आधारमा स्थानीय रोगको प्रवृत्ति बुझेर तदनुसारका विशिष्ट सेवाहरू पनि प्रदान गर्न सक्छ। 

२. स्वास्थ्य सेवाको गुणस्तरमा अभिवृद्धि गर्न
क. प्रत्यक्ष अनुगमन र नियमन:स्थानीय सरकारले आफ्नै मातहतमा रहेको अस्पतालको सञ्चालन, सेवा प्रवाह, स्वास्थ्यकर्मीको उपस्थिति र गुणस्तरमाप्रत्यक्ष र निरन्तर अनुगमन तथा नियमनगर्न सक्छ। यसले अस्पतालको जवाफदेहिता बढाउँछ र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँछ। “१२ बजे लेट नहि, २ बजे भेट नहि”भन्ने कर्मचारी नियन्त्रणमा आउछन। संघीय वा प्रदेश तहबाट गरिने अनुगमनभन्दा स्थानीय तहको अनुगमन बहिरबाट हेर्ने मात्र नभई भित्रैबाट समस्या बुझेर समाधान गर्ने खालको हुन्छ, जसले तत्काल सुधार ल्याउन सहयोग गर्छ।

ख. मानव संसाधनको विकास र परिचालन:स्थानीय अस्पतालले चिकित्सक,जनस्वास्थ्यकर्मी,नर्स, प्यारामेडिकल स्टाफ, प्रयोगशाला प्राविधिक, फार्मेसिस्ट लगायतका विभिन्न स्वास्थ्यकर्मीलाई स्थानीय स्तरमैस्थायी र सम्मानजनक रोजगारीका अवसरप्रदान गर्छ। यसले स्थानीय युवाहरूलाई स्वास्थ्य क्षेत्रमा आकर्षित गर्न र उनीहरूको दक्षता विकास गर्न मद्दत पुर्यायउँछ। दक्ष स्वास्थ्यकर्मीको उपलब्धताले स्वास्थ्य सेवाको गुणस्तर स्वतः सुधार हुन्छ। अन्तत्व बढ्दै गरेको ब्रेन ड्रेन मा तात्पिक सुधार हुन्छ।

ग. भौतिक पूर्वाधार र उपकरणको विकास:स्थानीय तहले आफ्नै अस्पताल सञ्चालन गर्दा अस्पताल भवनको निर्माण, स्तरोन्नति, आवश्यक आधुनिक उपकरणको खरिद, औषधि भण्डारणको व्यवस्थित सुविधा, प्रयोगशालाको स्तर वृद्धि जस्ताभौतिक पूर्वाधारको विकासमा योजनाबद्ध रूपमा लगानीगर्न सक्छ। 

३. रोग नियन्त्रण र रोकथाममा प्रभावकारिता हुने
क. महामारी नियन्त्रणमा अग्रपंक्ति:कुनै पनि महामारी वा संक्रामक रोग  फैलिँदा स्थानीय अस्पतालहरूपहिलो प्रतिक्रिया दिने र नियन्त्रणको अग्रपंक्तिमा रहने संस्थाहुन्। कोभिड-१९ महामारीका बेला एक स्थानीय तहले प्रदेश मातहतको अस्पतालमा आइसोलेसन सेन्टर चलाउन खोज्दा अस्पताल व्यवस्थापनले मानेन । त्यसपछि एउटा स्वास्थ्य चौकीलाई आधारभुत अस्पताल बराबरको जनशक्ती र साधन जोहो गरेर आइसोलेसन सेन्टरचलाइयो यसले रोगको फैलावटलाई स्थानीय स्तरमै नियन्त्रण गर्न र ठूलो जनधनको क्षति हुनबाट बचाउन मद्दत गर्यो।

ख. स्वास्थ्य सचेतना र खोप कार्यक्रमको प्रभावकारिता:स्थानीय अस्पतालले समुदायस्तरमास्वास्थ्य सचेतना कार्यक्रमहरू, नियमित खोप अभियान, परिवार नियोजनका कार्यक्रमहरू, सरसफाइ र स्वस्थ जीवनशैलीबारे जनचेतनाफैलाउन महत्त्वपूर्ण भूमिका खेल्छ। उनीहरूले घरदैलो कार्यक्रम, स्वास्थ्य शिविर र गोष्ठीहरू आयोजना गरी रोग लाग्नबाटै बचाउने (preventive care) र नागरिकलाई स्वस्थ रहन प्रोत्साहित गर्ने काम गर्छन्।

ग. तथ्यांक संकलन र अनुसन्धान:स्थानीय स्तरमा स्वास्थ्य सम्बन्धी तथ्यांक (कुन रोग बढी लागेको छ, कुन उमेर समूह बढी प्रभावित छ, कुन क्षेत्रमा पोषणको समस्या छ, सरुवा रोगको अवस्था कस्तो छ) को नियमित संकलनले रोगको प्रवृत्ति बुझ्न र भविष्यका लागिस्वास्थ्य नीति तथा कार्यक्रम निर्माणमा ठोस आधारप्रदान गर्छ। यसले स्थानीय विशिष्ट स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न र प्रभावकारी हस्तक्षेपहरू डिजाइन गर्न मद्दत पुर्यासउँछ। 

४. आर्थिक विकासमा योगदान पुग्ने
क. रोजगारी सिर्जना:अस्पताल सञ्चालनले प्रत्यक्ष रूपमा चिकित्सक, नर्स, फार्मेसिस्ट, ल्याब टेक्निसियन, प्रशासनिक कर्मचारी, सरसफाइकर्मी र अप्रत्यक्ष रूपमा औषधि पसल, खाजा घर, यातायात, होटल जस्ता सहायक क्षेत्रमाठूलो मात्रामा रोजगारी सिर्जनागर्छ। यसले स्थानीय युवाहरूलाई अवसर प्रदान गर्छ, बेरोजगारी कम गर्न मद्दत गर्छ र मानिसको जीविकोपार्जनमा सुधार ल्याउँछ।

ख. स्थानीय अर्थतन्त्रको सुदृढीकरण:स्वास्थ्य सेवाका लागि हुने खर्च स्थानीय स्तरमै रहने हुँदा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ। स्थानीय व्यवसायीले औषधि, उपकरण, खाद्यान्न लगायतका सामग्री अस्पताललाई आपूर्ति गर्न पाउँछन्। बिरामी र उनीहरूका आफन्तको खर्च पनि स्थानीय बजारमै हुन्छ, जसलेस्थानीय बजारलाई चलायमानबनाउँछ र आर्थिक गतिविधि बढाउँछ। यो एउटा आर्थिक चक्र हो, जसले स्थानीय अर्थतन्त्रलाई टेवा दिन्छ।

ग. स्वास्थ्य पर्यटन र लगानी आकर्षित:गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धताले बाहिरी पर्यटक वा बिरामीलाई आकर्षित गर्न सक्छ, जसलेस्वास्थ्य पर्यटनलाई प्रोत्साहनगर्छ। उदाहरणका लागि, आयुर्वेदिक उपचार वा प्राकृतिक चिकित्साका लागि कतिपय विदेशी पर्यटक नेपाल आउँछन्। यसबाहेक, स्वस्थ र सक्षम जनशक्ति भएको क्षेत्रमा अन्य उद्योग तथा व्यवसायले पनि लगानी गर्न रुचाउँछन्, किनभने उनीहरूलाई उत्पादक जनशक्ति उपलब्ध हुन्छ। यसले समग्र स्थानीय विकासमा योगदान पुर्याभउँछ।

अन्त्यमा,स्थानीय तहले आफ्नै अस्पताल सञ्चालन गर्नु, आधारभूत स्वास्थ्य र सरसफाइमा लगानी गर्नु तथा समग्र स्वास्थ्य सेवामा ध्यान दिनु केवल एक ऐच्छिक कार्य मात्र नभईसंवैधानिक दायित्व, मानवीय आवश्यकता र राष्ट्रिय विकासको आधारभूत शर्तहो।

स्थानीय तहका अस्पतालहरू र स्वास्थ्य संरचनाहरू बलियो हुनुको अर्थ हो—सामुदायिक स्तरमै स्वच्छता, रोग नियन्त्रण, मातृ तथा शिशु स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य लगायत विविध पक्षमा गुणस्तरीय सेवा उपलब्ध हुनु। यसले जनस्वास्थ्यमा सुधार तँ ल्याउँछ नै, सामाजिक स्थायित्व, आर्थिक गतिशीलता, र मानव विकास सूचकाङ्कमा पनि सकारात्मक परिवर्तन ल्याउँछ।आजको सन्दर्भमा, स्वास्थ्य सेवा अब “कुनै खर्च होइन, दीर्घकालीन लगानी हो” जसले भविष्यका पिंढीलाई सुरक्षित तथा स्वस्थ बनाउँछ।

अतः स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा गरेको पहललाई नीति, कार्यक्रम, बजेट र कार्यान्वयन सबै तहमा अझ प्रभावकारी, समावेशी र उत्तरदायी बनाउनु अत्यन्त आवश्यक छ। यस्ता प्रयासहरू नै समतामूलक समाज र सशक्त राष्ट्र निर्माणको गौरवशाली आधार बन्नेछन्।

(लिम्बु स्वास्थ्य बिमा बोर्डका सदस्यतथा मोरंगको पथरीशनिश्चरे स्थित अरनिको हस्पिटलका अध्यक्ष हुन् ।)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजना अघि सारेका छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठसंग संयुक्त रुपमा श्रम संसार र नागरिक एपबीचको साझेदारीलाई विधिवत उद्‍घाटन गर्दै मन्त्री भण्डारीले मन्त्रालयले उपलव्ध गराउने सबै सेवाहरुलाई नागरिक समक्ष पुग्ने गरी डिजिटल फ्रेमवर्कको विस्तार तथा नागरिक मैत्री सुशासन अभिवृद्धी गर्न लागिएको बताए।
आजै (सोमवार)बाट नागरिक एपसंग जोडिएकोले बेरोजगार व्यक्तिहरुले श्रम तथा रोजगार सेवा प्राप्तिका लागि विभिन्न वेवसाइट चाहर्नु पर्ने तथा सेवा प्राप्तिको लागि भनसुन गर्नुपर्ने अवस्था नरहने मन्त्री भण्डारीको विश्वास छ। श्रम संसारमा कन्सुलर सेवा सहित विस्तार गरिएकोले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलव्ध भएको जानकारी समेत दिए। मन्त्रालयले आन्तरिक रोजगार, वैदेशिक रोजगार, श्रम बजार व्यवस्थापन तथा रोजगारमूलक सेवाहरुको साझा र एकीकृत सूचना प्रणालीको रुपमा रणनीतिक डिजिटल प्रणालीको विकास गरिरहेको सन्दर्भमा यसको पूर्ण कार्यान्वयनबाट सेवा प्रवाहमा देखिएको झण्झट, ढिलाइ र अस्पष्टता हट्ने मन्त्रालयको दावी छ। श्रमिकलाई केन्द्रमा राखेर सेवा तथा प्रविधिको विस्तार गर्न लागेको बताउदै मन्त्री भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि प्रविधिको प्रयोग आवश्यक देखिएकोले मन्त्रालयले अगाडी सारेको सूचना प्रणालीमा आवश्यक सुधारका लागि सञ्चार माध्यम तथा पत्रकारलाई अनुरोध गरेका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगको सदस्य डा. श्रेष्ठले डिजिटल पद्दतिको विकास गर्दै जाँदा नागरीकले सेवा प्राप्तिका गर्दा डिजिटल व्यारियर नबनोस भनेर मन्त्रालय सजग बन्नु पर्ने धारणा व्यक्त गरे । १६ औं योजनाको कार्यान्वयनका लागि सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहेकोले मन्त्रालयले प्रविधिको विकास र विस्तारमा ध्यान दिएकोमा खुसी व्यक्त गरेका छन्। कार्यक्रममा मन्त्रालयको रणनीतिक डिजिटल रोडम्याप र कार्ययोजनाको प्रस्तुत गर्दै श्रम विज्ञ सल्लाहकार युवराज बस्नेतले सन् २०३० भित्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी सूचनाहरुलाई एकीकरण गर्दै नागरीकलाई सेवा प्रवाह गर्दा कृत्रिम बौद्धिकता र मेसिन लर्निङ्ग जस्ता उच्च प्रविधिको प्रयोगलाई जोड दिइएको बताए।
कार्यक्रमको अध्यक्षता गरेका आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले अवको श्रम तथा रोजगार सेवा प्रविधिमा आधारित हुने र यसको लागि नीतिगत र कानुनी सुधारको बाटो अगाड बढाइ सकिएको बताए ।

सामाग्री श्रोत :
deshparadesh

काठमाडौं- सरकारले यस वर्ष थप चार वटा अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्र संचालन मागर्दशन परिमार्जन गर्दै थप चार वटा अस्पतालहरुमा उक्त केन्द्र सञ्चालन गर्न लागेको हो।

लैङ्गिक हिंसा पीडितलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु एकद्वारबाट उपलब्ध गराई लैङ्गिक हिंसा नियन्त्रण गर्ने सरकारको उद्देश्य छ। यसअघि ९३ वटा अस्पतालहरुमा यो केन्द्र स्थापना भइसकेको छ। चार वटा केन्द्र विस्तार भएसँगै यसको संख्या ९७ वटा पुगेको छ। 

सरकारले कोशी प्रदेशमा दुई, मधेशमा एक र बागमतीमा एक वटा केन्द्र विस्तार गरेको हो। 

केन्द्रले एकीकृत रुपमा महिला विरुद्धका हिंसालाई सम्बोधन गर्ने, हिंसा पीडित बालिका, किशोरी र महिलाका साथमा रहेका बालबच्चा समेतलाई उपचार तथा आश्रयको व्यवस्था मिलाउने मार्गदर्शनमा उल्लेख छ। 

सबै किसिमका लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति यसको लक्षित समूह हुन्। सशस्त्र द्धन्द्ध तथा प्राकृति विपद तथा महामारीका कारण हिंसामा परेका र पर्नसक्ने महिला वा बालबालिका, एचआइभी तथा संक्रमित भई लैङ्गिक हिंसाबाट प्रभावित र तेस्रो लिंगी समूहका व्यक्तिहरुलाई पनि यसले समेटेको छ।

केन्द्र स्थापना भएको अस्पतालबाट लैङ्गिक हिंसा पीडित वा प्रभावित व्यक्तिलाई २४ सै घण्टा नि:शुल्क रुपमा सेवा उपलब्ध गराउनुपर्नेछ। मार्गदर्शनले लैङ्गिक हिंसा पीडितलाई अस्पतालसम्म सार्वजनिक यातायात सेवाबाट आवत जावत गर्न तथा आवश्यकता अनुसार एम्बुलेन्स सेवाका लागि खर्च उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। 

पीडितलाई अन्य अस्पतालमा उपचारका लागि रेफर गर्नुपर्ने भए मामला व्यवस्थापन समितिको निर्णय अनुसार उपचार, यातायात, एवं खाना खर्च, पीडितको साथमा बालबालिका भएमा उनीहरुका लागि उपचार, यातायात तथा खाना खर्च समेत बेहोनुपर्नेछ। पीडितको साथमा अभिभावक/सहयोगी समेत जानुपर्ने अवस्थामा एक जनाको यातायात तथा खाना खर्च समेत बेहोनुपर्ने व्यवस्था छ।

यी हुन् ९७ वटा केन्द्र सञ्चालनमा रहेका अस्पतालहरु

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं – केही समयदेखि सेवा बन्द अवस्थामा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल फेरि सञ्चालनमा आउने भएको छ। शिक्षण अस्पताललाई आगामी साउन १६ गते, शुक्रबारदेखि  सञ्चालनमा ल्याउन लागिएको कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले जानकारी दिए।

उनले भने, ‘हामीले फेरि मेडिकल कलेज सञ्चालनका लागि तयारी पूरा गरेका छौं । अहिले अस्पताल सञ्चालनमा ल्याउन लागेका हौं। अस्पताल सञ्चालन सुरु गर्नुको कारण नै मेडिकल कलेज चालाउनका लागि हो।’

शिक्षण अस्पतालले पुनः संचालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क ओपीडी सेवा प्रदान गर्ने तयारी गरिरहेको अस्पताल व्यवस्थापक दिलिप साहले बताए। उनका अनुसार अर्को सूचना नआएसम्म निशुल्क सेवा जारी रहनेछ। ओपीडीबाहेक अस्पतालका अन्य सेवामा भने सुरुवातमा निश्चित प्रतिशत छुट दिइने उनको भनाइ छ। ‘विभिन्न विशेषज्ञ सेवाहरू जेनेरल मेडिसिन, जेनेरल सर्जरी, प्रसुती तथा स्त्री रोग, हाडजोर्नी, बाल रोग, नाक-कान-घाँटी, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोग पूर्ण रूपमा निःशुल्क रूपमा उपलब्ध गराइनेछ,’ उनले भने।

यसका अतिरिक्त आपतकालीन सेवा (इमर्जेन्सी) समेत २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी जस्ता सेवामा विशेष छुट प्रदान गरिनेछ। साथै, फार्मेसी सेवा पनि उपलब्ध गराइने अस्पतालले जनाएको छ।

अस्पतालका सीईओ जहाँगिर अन्सारीले शहरको बीचमा रहेको शिक्षण अस्पताल सञ्चालन गरेर उत्कृष्ट चिकित्सा सेवा र  शिक्षा दिन खोजिएको बताए। उनले भने, ‘आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिने हाम्रो दायित्व हो। यस पुनः प्रारम्भको अवसरमा हामीले निःशुल्क सेवा प्रदान गरेर समुदायप्रति हाम्रो जिम्मेवारी निर्वाह गर्न खोजेका छौं।’

यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले काठमाडौं नेशनल मेडिकल कलेज सञ्चालन गरेको हो। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन्। 

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले आफू मन्त्री भएपछि तीनपटक जनशक्ति थप्ने प्रस्ताव अगाडि बढाएपनि मन्त्रिपरिषद्बाट स्वीकृत नभएको गुनासो गरेका हुन्। 

उनले देशभरका सङ्घीय अस्पतालको जनशक्ति जम्मा २६ सय जनामात्रै रहेको भन्दै उपत्यका बाहिरका अस्पतालमा एक तिहाई जनशक्ति पनि नरहेको बताए। २०४८ सालदेखि स्वास्थ्य मन्त्रालयमा दरबन्दीको ओएनएम (अर्गनाइजेसन एन्ड म्यानेजमेण्ट) नै नभएको उनको गुनासो छ। 

गत वर्ष स्वास्थ्य मन्त्रालयले देशभरिका स्वास्थ्य संस्थामा आवश्यक दरबन्दीको (ओएनएम) सर्वेक्षण गर्दा ९० हजार जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको थियो। मन्त्रालयकाअनुसार ओएनएम सर्वेक्षणअनुसार ६० हजार जनशक्ति स्थानीय तहका अस्पतालका लागि, १५ हजार सङ्घीय र १५ हजार प्रदेश अस्पतालको लागि प्रक्षेपण गरेको थियो। 

चालु आर्थिक वर्षमा ३० हजार जनशक्ति पूरा गर्ने उद्देश्यले मन्त्रालयले ओएनएम प्रस्ताव गरेको थियो। तर मन्त्रिपरिषद्बाट ओएनएम नै स्वीकृति नभएको मन्त्री पौडेलको गुनासो छ। यस्तै उनले चिकित्सकहरू सरुवा गरेको ठाउँमा जान नमान्ने र उनीहरूलाई कारबाहीसमेत गर्न सक्ने अवस्था नरहेको बताए। मन्त्रालयको नम्स नै लागू नहुने अवस्था रहेको मन्त्री पौडेलको गुनासो छ। 

मन्त्री पौडेलले देशभरका अस्पतालमा पर्याप्त जनशक्ति भएमात्रै कुनै प्राकृतिक प्रकोप वा दुर्घटनामा तत्काल सेवा दिन सकिने स्पष्ट पारे। काठमाडौँ उपत्यकाभित्रकै अस्पतालमा समेत जनशक्ति र क्षमता बढाउनुपर्ने उनको भनाई थियो।

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट