
काठमाडौँ । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा स्थापना भएको कम्पनीले ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।
क्लासिक टेकले एफटीटीएच (फाइबर टु द होम) र वायरलेस प्रविधिमार्फत इन्टरनेट तथा आईपीटीभी सेवा दिँदै आएको छ ।
देशभर १०४ शाखा कार्यालय रहेको क्लासिक टेकमा आफ्नै डेटा सर्भर, आईपीभी सिक्स इन्टरनेट, वाईफाई सिक्स राउटर र कन्टेन्ट डेलिभरी नेटवर्कजस्ता सुविधा छन् । ग्राहक सेवालाई प्राथमिकतामा राख्दै ३६५ दिन २४ घण्टा कल सपोर्ट तथा १२ घण्टा फिल्ड सपोर्ट उपलब्ध गराउँदै कम्पनीको भनाइ छ ।

१६ औं वार्षिकोत्सवको अवसरमा क्लासिक टेकले ग्राहकहरूका लागि ‘जतिमा चाहियो, त्यतिमा पाइयो !’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट, आईपीटीभी र वाई-फाई सिक्स राउटरसहितको प्याकेज छनोट गर्न सक्नेछन् ।
साथै हरेक हप्ता तीन जनालाई ३ महिना इन्टरनेट बोनस र मासिक एक जनालाई १२ हजार रुपैयाँको इन्टरनेट बोनस उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ ८:५७
सामाग्री श्रोत :
टेक पाना