२०८२ भाद्र १० मंगलवार
LATEST NEWS
२०८२ भाद्र १० मंगलवार

सेयर बजारमा हरियाली,नेप्से परिसूचक फेरि २७०० माथि

काठमाडौं– सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ। 

यसअघि मंगलबार सेयर बजार ०.१४ अंकले गिरावट भएको थियो।

सेयर बजारमा हरियाली आएसँगै बुधबार २२ अंकले बढ्दै २७०५ विन्दुमा पुगेर रोकिएको छ। आज कारोबारका आधारमा ७ अर्ब ४५ करोडमा मूल्य बराबरको सेयर कारोबार भएको छ।

यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। आज २४८ कम्पनी र ३१६ वटा स्क्रिपका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिदबिक्री भएका छन्।

कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। आज १९९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो भने ४९ वटाको मूल्य घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन।

आज सबैभन्दा बढी कमाउनेमा वरुण हाइड्रोपावर रह्यो, जसको सेयर मूल्य ६.२१ प्रतिशतले बढ्यो। त्यसैगरी, सञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशत र एनआईसी एसिया बैंकको लगानीकर्ताले ३.९३ प्रतिशत कमाए।

कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी अग्रस्थानमा रह्यो, जसको ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी, बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

 


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट