२०८२ भाद्र ७ शनिबार
२०८२ भाद्र ७ शनिबार

काठमाडौँ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नाम र लोगो दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्ट सञ्चालनमा रहेको पाइएको छ । कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली पेजबाट सचेत रहन आग्रह गरेको हो ।

कार्यालयको नाम र लोगो दुरुपयोग गर्दै त्यस्ता पेजबाट फैलाइने अफवाहलाई विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रहरीका अनुसार, कार्यालयको आधिकारिक फेसबुक पेज ‘Madhesh Province Police Office, Janakpurdham’ हो । यही पेजबाट कार्यालयले आफ्ना नियमित गतिविधि र सूचना सार्वजनिक गरिँदै आएको छ । तर, ‘Madheshpolice Janakpurdham’ नामको नक्कली पेज बनाएर नेपाल प्रहरीको लोगो दुरुपयोग गरी विभिन्न भ्रामक हल्ला तथा अफवाह फैलाइएको पाइएको प्रहरीले जनाएको छ ।

विज्ञप्तिमा उक्त नक्कली पेजमा रहेका सामग्रीलाई लाइक, कमेन्ट वा शेयर नगर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । “फेक आईडीबाट फैलाइएका अफवाहहरूलाई लाइक, कमेन्ट र शेयर नगर्न हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । 

नक्कली पेज सञ्चालन गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको विज्ञप्तिमा उल्लेख छ । 

३२०० बढी फलोअर भएको उक्त फेसबुक आईडीबाट प्रहरीलाई बदनाम गर्ने किसिमले राजनीतिक विषय वस्तुका पोस्ट राखिएको देखिन्छ । १७ फेब्रुअरीमा उक्त आईडीबाट नेपाल प्रहरीको बर्दीमा रहेका एक व्यक्ति र अन्य युवकले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा खिचेको फोटो राखेको देखिन्छ । त्यसपछि केही प्रहरीसँग सम्बन्धित पोस्ट राखिएका छन् भने अधिकांश राजनीतिक विषय र देशमा पछिल्लो समय भइरहेका घटनाक्रमको जानकारी पोस्ट गरिएको देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ २३:१०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ मा  स्थित रसुवागढीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए । उनले भने,‘मृतकका परिवारलाई २ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेका छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको १४ औँ राष्ट्रिय परिषद्को बैठकले सो निर्णय गरेको भट्टले जानकारी दिए ।

नेपाल–चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् । ९ जनाको शव भेटिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । टेलिभिजन रियालिटी सो ‘शार्क ट्याङ्क नेपाल’ बाट एक करोड दुई लाख रुपैयाँ लगानी सुरक्षित गरेको एडटेक स्टार्टअप ‘मेरो कोडिङ क्लास’ले देशभरका विद्यार्थीलाई लक्षित गर्दै एक महिने कोडिङ कोर्स सञ्चालन गर्ने भएको छ । यसअघि १० हजार रुपैयाँ शुल्क रहेको कोर्स कम्पनीले अफर अन्तर्गत ५० प्रतिशत छुटका साथ पाँच हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

१ साउनदेखि सुरु हुने प्रोग्रामिङको कक्षामा सहभागी हुन इच्छुक ६ देखि १८ वर्षसम्मका बालबालिकाले यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन् ।

कम्पनीका सहसंस्थापक मुकुल भट्ट र सबिन कार्कीले शार्क ट्याङ्कमा १० प्रतिशत इक्विटी बराबर ३० लाख रुपैयाँ लगानी माग गरेका थिए । तर, उनीहरूको प्रस्ताव र योजनाबाट प्रभावित भई शार्क क्याबिनेट श्रेष्ठ र हेमराज ढकालले ३४ प्रतिशत शेयर स्वामित्व लिने गरी एक करोड दुई लाख रुपैयाँ लगानी गर्ने सम्झौता गरेका हुन् ।

कम्पनीले प्राप्त लगानीलाई काठमाडौँ उपत्यका बाहिर आफ्नो पहुँच विस्तार गर्न उपयोग गर्ने जनाएको छ । सहसंस्थापक सबिन कार्कीले भने, “हाम्रो लक्ष्य सबै बालबालिकालाई सफ्टवेयर डेभलपर बनाउनु मात्र होइन, भोलि डाक्टर वा इन्जिनियर बन्ने विद्यार्थीले पनि प्रविधि कसरी चल्छ भन्ने बुझोस् र आफ्नो क्षेत्रमा नवप्रवर्तन गर्न सकोस् भन्ने हाम्रो चाहना हो ।”

चार वर्षअघि स्थापना भएको ‘मेरो कोडिङ क्लास’ले हालसम्म देशभरका ३५ विद्यालयसँग सहकार्य गरी चार हजारभन्दा बढी विद्यार्थीलाई प्रोग्रामिङ सिकाइसकेको छ । कम्पनीले विद्यार्थीको सहजताका लागि अनलाइन र अफलाइन दुवै माध्यमबाट कक्षाहरू सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ २१:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्यालेस्टाइनमाथि इजरायलले ज्याजदी गरेको भन्दै नेकपा माओवादी केन्द्रसहित १२ वटा राजनीतिक घटकहरूले असार २७ गते अर्थात शुक्रबार काठमाडौँमा संयुक्त जनप्रदर्शन गर्ने भएका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङद्वारा जारी सर्कुलरअनुसार, इजरायली सरकारले अमेरिकी साम्राज्यवादको संरक्षणमा गाजा लगायतका क्षेत्रमा आक्रमण र मानवअधिकार उल्लङ्घन गरेको भन्दै यो प्रदर्शनको आयोजना गरिएको हो ।

सामाजिक तथा राजनीतिक रूपमा यो विषयमा साझा धारणा राख्ने १२ वटा राजनीतिक दलहरूबिच असार २३ गते संयुक्त बैठक बसेको थियो । 

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा साझा प्रदर्शनको तयारी गरिएको माओवादीको भनाइ छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले तीन नयाँ फोल्डेबल फोन सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमा कम्पनीले फोन सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएका मोडेलमा ग्यालेक्सी जेड फ्लिप सेभेन एफई, ग्यालेक्सी जेड फ्लिप सेभेन र ग्यालेक्सी जेड फोल्ड सेभेन रहेका छन् । यी तीन मोडेलमध्ये सबैभन्दा महँगो ‘ग्यालेक्सी जेड फोल्ड सेभेन’ ले सबैको ध्यान तानेको छ । यसले विश्वका सबैभन्दा पातला र हल्का फोल्डेबल फोनलाई कडा टक्कर दिने देखिएको छ ।

कति पातलो र हल्का छ ग्यालेक्सी जेड फोल्ड सेभेन ?

ग्यालेक्सी जेड फोल्ड सेभेन पट्याउँदा जम्मा ८.९ एमएम र पूरा खोल्दा ४.२ एमएम मात्रै पातलो छ । यसको तौल केवल २१५ ग्राम रहेको छ । यो भनेको विश्वकै सबैभन्दा हल्का बुक-स्टाइल फोल्डेबल फोन हो । यो अनर म्याजिक भी५ भन्दा केवल ०.१ एमएम बाक्लो हुँदै विश्वको दोस्रो सबैभन्दा पातलो फोल्डेबल फोन बन्न सफल भएको छ ।

यो फोन सामसङका पुराना फोल्ड सिरिजका फोनभन्दा निकै पातलो र हल्का छ । ​पहिलो ग्यालेक्सी फोल्ड १५.५ एमएम बाक्लो र २७६ ग्राम तौलको थियो भने ग्यालेक्सी जेड फोल्ड ६ को मोटाइ १२.१ एमएम र तौल २३९ ग्राम थियो ।

अन्य ब्रान्डसँग तुलना:

पातलो बनाउन गरिएका परिवर्तन

फोनलाई पातलो र हल्का बनाउन सामसङले यसको डिजाइन र बनोटमा थुप्रै परिवर्तन गरेको छ । यसलाई रि-इन्जिनियरिङ गरिएका कम्पोनेन्ट, उच्च-घनत्व भएको लजिक बोर्ड र कार्बन फाइबरको सट्टा ग्रेड ४ को टाइटेनियम प्रयोग गरिएको छ । साथै यसमा ‘आर्मर फ्लेक्सहिन्ज’ नामक वाटरड्रप आकारको हिन्ज र मल्टी-रेल संरचनाको प्रयोग गरिएको छ । यसले भित्री स्क्रिनलाई सहज रूपमा पट्याउन मद्दत गर्ने कम्पनीले बताएको छ । 

पातलो तर बलियो भएको दाबी

आफ्नो पातलो र हल्का डिजाइनका बाबजुद ग्यालेक्सी जेड फोल्ड सेभेन निकै बलियो र टिकाउ भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसको फ्रेम ‘एडभान्स्ड आर्मर एलुमिनियम’ बाट बनेको छ । यसको बाहिरी स्क्रिनमा ‘कर्निंग गोरिल्ला ग्लास सेरामिक २’ को सुरक्षा छ भने भित्री स्क्रिनमा ५० प्रतिशत बाक्लो ‘अल्ट्रा थिन ग्लास’ प्रयोग गरिएको छ । फोनको पछाडिको भागलाई ‘गोरिल्ला ग्लास भिक्टस २’ ले सुरक्षित राख्छ ।

कम्पनीले विश्व बजारमा आजैदेखि ग्यालेक्सी जेड फोल्ड सेभेनको प्रि-अर्डर खुला गरेको जनाएको छ । नेपालमा पनि यो फोन चाँडै सार्वजनिक हुने चर्चा छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ २१:११





सामाग्री श्रोत :
टेक पाना

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक स्कुलबाटै हराएका छन् ।

कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का असार २२ गते अपराह्नदेखि सम्पर्कविहीन भएका हुन् ।

स्कुलका प्रिन्सिपल विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसो ३:५५ बजेसम्म स्कुलमै थिए र करिब ४:३० बजेतिर बाहिर निस्केका थिए। प्रिन्सिपल केसीकाले बताए अनुसार विद्यार्थीहरूले पहिल्यैदेखि भाग्ने योजना बनाएको कुरा उनीहरूका साथीहरूबाट थाहा भएको छ । ‘उनीहरूले भाग्ने योजना बनाएको कुरा कक्षाका अरु साथीहरूले सुनेका रहेछन्, तर के कारणले र कहाँ गए भन्ने खुलेको छैन,’ उनले भने।

विद्यार्थीका आफन्तले भने घटनामा विद्यालयको चरम लापरबाही भएको आरोप लगाएका छन्। हराएकामध्ये कोहलपुर–३ मदनचोकका निरज थापा सोही स्कुलको होस्टेलमा बसेर अध्ययन गर्थे ।

उनीहरू हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात छ भने प्रहरीले उनीहरू भारत पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले प्रारम्भिक अनुसन्धानमा विद्यार्थीहरू भारत पुगेको हुन सक्ने संकेत देखिएको बताएकी छन्।

उनीहरूको अवस्था पत्ता लगाउन भारतस्थित विभिन्न निकायसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ। विद्यालयले पनि विद्यार्थीहरूको तस्बिरसहित सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा अपिल गरेको छ ।

खोजीका क्रममा उनीहरू हराएकै दिन साँझ ६:३० बजेतिर विद्यालयबाट करिब २० किलोमिटर टाढा नेपालगन्जस्थित जिल्ला हुलाक कार्यालय अगाडि सीसी क्यामेरामा देखिएका थिए। विद्यालयको सिसी क्यामेरा प्राविधिक समस्याका कारण त्यस दिन बन्द रहेको विद्यालयले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । एन्ड्रोइड फोनको नोटिफिकेसन पनि अब एआई (आर्टिफिसियल इन्टेलिजेन्स)ले नै व्यवस्थापन गरिदिने भएको छ । फोनमा आउने सयौं नोटिफिकेसन आफैँ व्यवस्थित हुनेगरी गुगलले नयाँ फिचर ल्याउन लागेको हो । 

‘नोटिफिकेसन अर्गनाइजर’ नाम दिइएको यो फिचरको मुख्य उद्देश्य प्रयोगकर्तालाई अनावश्यक नोटिफिकेसनको झन्झटबाट राहत दिनु हो । यो फिचरले फोनमा आउने विभिन्न अलर्टहरूलाई स्वतः विश्लेषण गरी प्रोमोसन, न्युज, सोसल (सामाजिक सञ्जाल) जस्ता विभिन्न क्याटेगोरीमा छुट्याएर समूहमा (बन्डल) राखिदिनेछ । 

जिमेलले ईमेललाई विभिन्न ट्याबमा छुट्याएजस्तै यो फिचरले अनावश्यक नोटिफिकेसनलाई स्वतः म्युट गरी एउटै समूहमा राखिदिने हुँदा प्रयोगकर्ताको ध्यान भंग हुने समस्या कम हुने कम्पनीको विश्वास छ । 

यो फिचर एन्ड्रोइड १६ को अपडेटसँगै सार्वजनिक हुनसक्ने अनुमान छ । प्रयोगकर्ताले आफूलाई महत्त्वपूर्ण लाग्ने एपहरूलाई यो व्यवस्थापनबाट बाहिर राख्न सक्नेछन्, जसले गर्दा बैंकिङ, मेसेजिङ वा अन्य जरुरी एपका नोटिफिकेसनहरू छुट्ने छैनन् ।

गुगलले सुरुमा यो फिचर आफ्नै पिक्सल फोनहरूमा मात्र उपलब्ध गराउने र पछि अन्य एन्ड्रोइड डिभाइसहरूमा पनि विस्तार गर्ने बताइएको छ । यो फिचर ‘एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स’ एपको हिस्सा हुने भएकाले यसले प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षालाई ध्यानमा राखेर काम गर्ने गुगलको विश्वास छ ।

तस्बिर: एन्ड्रोइड अथोरिटी

एन्ड्रोइड अथोरिटीको सहयोगमा

पछिल्लो अध्यावधिक: असार २५, २०८२ २०:३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोप लगाउँदै कारबाही गरेको हो । 

पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडिओ/भिडिओ लगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणहरूका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन/निलम्बन गर्ने निर्णय गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताएका छन् ।

तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ताले पार्टीको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणहरूको आधारमा निष्कासन गरिएको उनले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार १ (एक) वर्ष र धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ (छ) महिनाको लागि नेपाली कांग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।’

यस्तै, धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवरलाई निलम्बन गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि उपलब्ध प्रमाणहरूको आधारमा निलम्बन गरिएको उल्लेख छ ।

उनीहरूलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार ६ (छ) महिना र नेपाली कास्कीका निवर्तमान सभापति कृष्ण के.सी.लाई ३ (तीन) महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोश (BOSCH) ले नेपालमा आफ्नो नयाँ डिजिटल लोयल्टी कार्यक्रम सुरु गरेको छ । ‘हाम्रो बोश’ नामक उक्त कार्यक्रम बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलसँगको सहकार्यमा सोमबार सार्वजनिक भएको हो।

यो विशेष कार्यक्रम काठमाडौँका स्थानीय मेकानिकहरूलाई लक्षित गरी ल्याइएको हो । यसले बोश ब्रान्डको स्पेयर पार्टसको बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ । कार्यक्रममा स्थानीय वितरक, मेकानिक्स र बोश भारतका प्रतिनिधिसहित १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

‘हाम्रो बोश’ कार्यक्रमको मुख्य उद्देश्य बोश प्लेटफर्ममा दर्ता भएका मेकानिकहरूलाई ओरिजिनल बोश पार्टपुर्जाको प्रयोग बढाउन प्रोत्साहन गर्नु हो । यसका लागि उनीहरूलाई आकर्षक अङ्क र प्रोत्साहन प्रदान गरिनेछ ।

यी अङ्कहरू मोबाइल एपमार्फत सजिलै ट्र्याक गर्न र रिडिम गर्न सकिने व्यवस्था मिलाइएको छ । यो एप नेपाली बजारकै लागि विशेष रूपले डिजाइन गरिएको हो ।

बोश मोबिलिटी आफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टर मार्केट क्षेत्रका लागि एक महत्त्वपूर्ण बजार रहेको बताइन् ।

बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा एड्भान्स प्रोडक्ट र प्रविधिहरू भित्र्याउनमा बोश सधैँ अग्रणी रहेको उल्लेख गरे । उनले ‘हाम्रो बोश’ कार्यक्रमले नेपालमा रहेका आफ्ना ग्राहकसँग बोशले जोडेको सम्बन्ध र विश्वासको भावनालाई प्रतिविम्बित गर्ने धारणा राखे ।

सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले २० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा बोशसँग आबद्ध हुन पाउनु गर्वको विषय रहेको बताए । उनले अटोमोटिभ क्षेत्रको मुटु मानिने मेकानिक्सलाई लक्षित गरी यो डिजिटल पहल सुरु गर्न पाउँदा खुसी व्यक्त गरे । मिश्रले आफ्नो बलियो वितरण सञ्जालका कारण यस कार्यक्रमले बोशको बजार विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

अटोमोटिभ क्षेत्रबाहेक बोशले विश्वभर पावर टुल्स, विल्डिङ टेक्नोलोजी र बोश होम अप्लायन्स जस्ता क्षेत्रमा पनि नवीनतम उत्पादनहरू बिक्री गर्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २५, २०८२ १९:३





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन्।  

ह्वाइट हाउसमा भएको मन्त्रीपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रूसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताएका हुन्।  

विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधान साथै रूसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ।  

अमेरिकी रक्षा विभागले हतियार तयारीको समीक्षा गरेपछि युक्रेनका लागि अस्थायी रूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि ट्रम्पले मङ्गलबार घोषणा गरेका थिए। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट