२०८२ असार ८ आईतवार
२०८२ असार ८ आईतवार

जेमनाई लाइभ अब सबैका लागि नि:शुल्क, यसरी गर्नुहोस् प्रयोग

 

काठमाडौँ । गुगलको एआई टुल जेमनाईका एड्भान्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध जेमनाई लाइभ फिचर सबै प्रयोगकर्ताका लागि नि: शुल्क उपलब्ध भएको छ ।  जेमनाई लाइभको मुख्य विशेषता भनेको नै क्यामेरा मार्फत स्क्रिन शेयर गर्न सकिने सुविधा हो । 

यही फिचर अब सबै प्रयोगकर्ताले नि:शुल्क प्रयोग गर्न पाउने भएका हुन् । यो फिचरले तपाईँको अगाडि भएका वस्तुहरू अथवा तपाईँको फोनको स्क्रिनमा देखिएका कुनै पनि वस्तुको विषयमा वास्तविक समयमा नै जानकारी लिन मद्दत गर्छ । साथै तपाईँले सो वस्तुतिर क्यामेरा तेर्स्याउदै आफ्नो प्रश्न पनि राख्न सक्नु हुन्छ । जसको जवाफ जेमनाईले तुरुन्तै दिनेछ । 

कसरी प्रयोग गर्ने ? 

  • यदि तपाईँको मोबाइलमा गुगल जेमनाई एप इन्स्टल छैन भने सबैभन्दा पहिला जेमनाई एप इन्स्टल गर्नुहोस् । यदि पहिले नै जेमनाई एप इन्स्टल गर्नुभएको छ भने यसको पछिल्लो अपडेट छ कि छैन यकिन गर्नुहोस् ।

  • अब एप खोल्नुहोस् र सबैभन्दा तल दायाँतिर भएको लाइभ आइकनमा ट्याप गर्नुहोस् । 

– अब स्क्रिनको बायाँतिर भएको भिडिओ क्यामेराको आइकनमा ट्याप गर्नुहोस् ।

– आफूले थाहा पाउने चाहेको वस्तुतर्फ क्यामेरा तेर्साउनुहोस् र चाहेको कुरा सोध्नुहोस् ।

 

– आफ्नो कुराकानी सकिएपछि स्क्रिनको तलपट्टि दायाँतिर भएको क्रस आइकनमा ट्याप गर्नुहोस् । 

जेमनाई लाइभमा स्क्रिन शेयर गर्ने तरिका 

जेमनाईमार्फत तपाईँले आफ्नो मोबाइलमा पहिले नै भएका चिजवस्तुको तस्विरको विषयमा पनि जानकारी लिन सक्नुहुन्छ । यसका लागि यसमा स्क्रिन शेयर भन्ने अप्सन दिइएको छ । 

– अब भिडिओ क्यामेरासँगै भएको माथितिर फर्किएको एरो आइकनमा ट्याप गर्नुहोस् । 

– अब स्टार्ट ब्रोडकास्टमा थिच्नु होस् । 

– यति गरिसकेपछि ब्याक गरेर आफ्नो मोबाइलमा भएका कुनै पनि सामग्रीलाई स्क्रिनमा ल्याएर चाहेको प्रश्न सोध्न सक्नु हुन्छ । काम सकिएपछि तपाईँले उक्त स्क्रिनशेयर बन्द गर्न पुन: रातो क्रस चिन्हमा ट्याप गर्नुपर्ने हुन्छ । 

 

यसरी गरिएको लाइभ कुराकानी पछि रेकर्डको रूपमा तपाईँले आफ्नो च्याटबक्समा पनि पाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ ११:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट