
काठमाडौँ । गुगलको एआई टुल जेमनाईका एड्भान्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध जेमनाई लाइभ फिचर सबै प्रयोगकर्ताका लागि नि: शुल्क उपलब्ध भएको छ । जेमनाई लाइभको मुख्य विशेषता भनेको नै क्यामेरा मार्फत स्क्रिन शेयर गर्न सकिने सुविधा हो ।
यही फिचर अब सबै प्रयोगकर्ताले नि:शुल्क प्रयोग गर्न पाउने भएका हुन् । यो फिचरले तपाईँको अगाडि भएका वस्तुहरू अथवा तपाईँको फोनको स्क्रिनमा देखिएका कुनै पनि वस्तुको विषयमा वास्तविक समयमा नै जानकारी लिन मद्दत गर्छ । साथै तपाईँले सो वस्तुतिर क्यामेरा तेर्स्याउदै आफ्नो प्रश्न पनि राख्न सक्नु हुन्छ । जसको जवाफ जेमनाईले तुरुन्तै दिनेछ ।
कसरी प्रयोग गर्ने ?

-
यदि तपाईँको मोबाइलमा गुगल जेमनाई एप इन्स्टल छैन भने सबैभन्दा पहिला जेमनाई एप इन्स्टल गर्नुहोस् । यदि पहिले नै जेमनाई एप इन्स्टल गर्नुभएको छ भने यसको पछिल्लो अपडेट छ कि छैन यकिन गर्नुहोस् ।
-
अब एप खोल्नुहोस् र सबैभन्दा तल दायाँतिर भएको लाइभ आइकनमा ट्याप गर्नुहोस् ।
– अब स्क्रिनको बायाँतिर भएको भिडिओ क्यामेराको आइकनमा ट्याप गर्नुहोस् ।
– आफूले थाहा पाउने चाहेको वस्तुतर्फ क्यामेरा तेर्साउनुहोस् र चाहेको कुरा सोध्नुहोस् ।
– आफ्नो कुराकानी सकिएपछि स्क्रिनको तलपट्टि दायाँतिर भएको क्रस आइकनमा ट्याप गर्नुहोस् ।
जेमनाई लाइभमा स्क्रिन शेयर गर्ने तरिका
जेमनाईमार्फत तपाईँले आफ्नो मोबाइलमा पहिले नै भएका चिजवस्तुको तस्विरको विषयमा पनि जानकारी लिन सक्नुहुन्छ । यसका लागि यसमा स्क्रिन शेयर भन्ने अप्सन दिइएको छ ।
– अब भिडिओ क्यामेरासँगै भएको माथितिर फर्किएको एरो आइकनमा ट्याप गर्नुहोस् ।
– अब स्टार्ट ब्रोडकास्टमा थिच्नु होस् ।
– यति गरिसकेपछि ब्याक गरेर आफ्नो मोबाइलमा भएका कुनै पनि सामग्रीलाई स्क्रिनमा ल्याएर चाहेको प्रश्न सोध्न सक्नु हुन्छ । काम सकिएपछि तपाईँले उक्त स्क्रिनशेयर बन्द गर्न पुन: रातो क्रस चिन्हमा ट्याप गर्नुपर्ने हुन्छ ।
यसरी गरिएको लाइभ कुराकानी पछि रेकर्डको रूपमा तपाईँले आफ्नो च्याटबक्समा पनि पाउन सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असार ८, २०८२ ११:२८
सामाग्री श्रोत :
टेक पाना