२०८२ असार ६ शुक्रबार
२०८२ असार ६ शुक्रबार

गोप्य फोनकल लिक भएपछि थाइल्यान्डकी प्रधानमन्त्री संकटमा, राजीनामा दिन चौतर्फी दबाब

काठमाडौँ । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबिचको गोप्य फोनकल सार्वजनिक भएपछि उनको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धन सरकार संकटमा परेको छ । सीमा विवादसम्बन्धी विषयमा भएको १७ मिनेटको फोनकल लिक भएपछि ३८ वर्षीया प्रधानमन्त्रीको चौतर्फी आलोचना भएको छ ।

उनले उक्त कलमा हुन सेनलाई अंकल भनेर सम्बोधन गरेकी थिइन् र एक थाइ सैन्य कमान्डरको आलोचना गरेकी थिइन् । ​शिनावात्राले फोनमा ती सैन्य कमान्डरलाई ‘सिर्फ स्मार्ट देखिन खोज्ने व्यक्ति’ भनेर टिप्पणी गरेकी थिइन् । उनको यो टिप्पणीलाई सेनाविरुद्धको अपमानको रूपमा व्याख्या गरिएको छ ।

शिनावात्राले सार्वजनिक माफी माग्दै भनेकी छन्, “कम्बोडियाली नेतासँगको मेरो कुराकानी लिक भएपछि जनतामा आक्रोश उत्पन्न भएकोमा म क्षमायाचना गर्न चाहन्छु ।” 

उक्त घटनाले उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाएको भन्दै विपक्षीहरूले राजीनामा‍ माग गरिरहेका छन् । त्यस्तै, सत्ता गठबन्धनको दोस्रो ठुलो दल भुमजाइथाइ पार्टीले बुधबार गठबन्धन त्यागेको घोषणा गरेको छ । यसले शिनावात्राको पार्टी पिउ थाइको संसदमा रहेको बहुमत नै खतरामा परेको छ ।

आफ्नै दल पिउ थाइ पार्टीले समेत शिनावात्राको भूमिकालाई लिएर आलोचना गरेको छ । यदि अन्य दुई गठबन्धन दलले पनि समर्थन फिर्ता लिएमा सरकार ढल्ने निश्चित देखिएको विश्लेषण गरिएको छ । ती दुई दलले बिहीबार बस्ने बैठकमा निर्णय लिने बीबीसीले जनाएको छ ।

कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनले उक्त फोनकलको अडियो ८० जना नेताहरूलाई शेयर गरेको बताएका छन् । यसमध्ये कुनै एकबाट लिक भएको हुनसक्ने बताएका सेनले पछि आफ्नै फेसबुक आईडीमार्फत् पूरै अडियो सार्वजनिक गरेका छन् ।

बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: असार ५, २०८२ १५:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट