काठमाडौँ । सोधेको प्रश्नको जवाफ, कागजात विश्लेषण, लामा अनुच्छेदहरूको सारांश, अध्ययन/अनुसन्धान लगायत अन्य धेरै कामहरूका लागि अत्यावश्यक जस्तै बनिसकेको च्याटजीपीटी अब टु-डु लिस्ट (गर्न बाँकी रहेका कामहरूको लिखित रुपमा राख्ने काम) र रिमाइन्डरको रुपमा पनि प्रयोग गर्न सकिने भएको छ ।
हालसम्म च्याटजीपीटीमा रिमाइन्डर सेट गर्ने सुविधा थिएन । तर अब भने यो फिचर पनि उपलब्ध हुने भएको हो । यसो भएपछि प्रयोगकर्ताले च्याटजीपीटीमा काम गरेर कुनै अर्को एपमा गएर रिमाइन्डर राख्नुपर्ने झन्झट हट्नेछ । च्याटजीपीटीमा नै रिमाइन्डर राख्नका लागि प्रम्प्ट दिन सकिन्छ ।
यसका लागि कम्पनीले एनी डट डु (Any.do) नामक टु-डु लिस्ट एपसँग सहकार्य गरेको छ । यो एउटा टु-डु लिस्ट, क्यालेन्डर, र रिमाइन्डर एप हो जसले प्रयोगकर्तालाई दैनिक कार्य व्यवस्थापन गर्न मद्दत गर्छ । च्याटजीपीटी यो एप जोडिएसँगै अब प्रयोगकर्ताले च्याटजीपीटीलाई “भोलि बिहान ५ बजे मलाई उठाउने रिमाइन्डर राख,” वा “आइतबार मिटिङको योजना बनाऊ।” भन्ने जस्ता प्रम्प्ट दिन सक्नुहुन्छ ।
प्रम्प्टको आधारमा तपाईँको रिमाइन्डर सेड्युल सेट हुनेछ । यसका लागि प्रयोगकर्ताले च्याटजीपीटी र एनी डट डु दुवैको अकाउन्ट बनाउनुपर्ने हुन्छ । आफ्नो अकाउन्ट क्रियट गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । अकाउन्ट लिंक भइसकेपछि च्याटजीपीटी खोल्दा स्क्रिनको बायाँतिर माथि एनी डट डु भनेर लेखिएको देख्न सकिन्छ । यसपछि आफ्नो आवश्यकता अनुसार तपाईँले रिमाइन्डर सेट गर्नसक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असार ६, २०८२ १३:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डसँग ३४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
स्कटल्यान्डले दिएको १९४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल १८ दशमलव ५ ओभरमा अलआउट हुँदै १५९ रनमै समेटियो । पहिलो ओभरमै विकेट गुमाएको नेपालका लागि लगातार विकेट जान थालेपछि तस्रो जित दर्ता गर्नबाट चुक्यो ।
अन्तिम ८ बलमा ३६ रन आवश्यक हुँदा रुपेशसँग दुई रन लिने क्रममा ललित राजवंशी रनआउट भएपछि नेपाल अलआउट हुँदै पराजित भयो । नेपालका लागि रुपेश सिंहले सर्वाधिक ४३ रनको नटआउट पारी खेले । उनले २२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । त्यसपछि उपक्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७, रुपेशकुमार सिंहले २९ आशिफ शेखले १४ र भीम शार्कीले १२ रन प्रहार गरे ।
बलिङतर्फ स्कटल्यान्डका क्रिस जार्भेजले सर्वाधिक ३ विकेट लिँदा, सफयान सरिफले २, ब्रान्डन म्याकमुलेन, मार्क वाट र माइकल लिस्कले एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा मात्र पाँच विकेट गुमाउँदै १९३ रनको विशाल स्कोर बनाएको थियो ।
स्कटल्यान्डको स्कोर ठूलो बनाउनका लागि ओपनर जर्ज मुन्जी र तेस्रो नम्बरमा आएका ब्रान्डन म्याकमुलेनबीच एक सय रनको साझेदारी बन्यो ।
मुन्जीले सर्वाधिक ७८ रन बनाए । उनले मात्र ३९ बलमा ६ छक्का र ५ चौका प्रहार गरे । यस्तै म्याकमुलेनले ३० बलमा चार चौका र एक छक्काको सहयोगमा ४२ रनको योदान दिए ।
माइकल लिस्कले दुई छक्का र एक चौकासहित १७ बलमा नटआउट २६ रन बनाउँदा म्याथु क्रसले १३ बलमा दुई चौका प्रहार गर्दै नटआउट १७ रनको योगदान दिए ।
नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले मध्यम बलिङ गरे पनि अन्य कुनै पनि बलरले रन रोक्न सकेनन् । कुशल भुर्तेलले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । चार ओभरमा २५ रन खर्चिएका सन्दीप लामिछानेले १ विकेट तथा चार ओभर नै बलिङ गरेका ललितले २७ रन खर्चिएर एक विकेट लिए । यस्तै रुपेश सिंहले ३ ओभरमा ३२ रन खर्चिँदै एक विकेट लिए ।
सबैभन्दा महँगा दीपेन्द्र सिंह ऐरी बने । उनले चार ओभरमा ५० रन खर्चिए । यस्तै रिजन ढकाललले ३ ओभरमा ३५ रन खर्चिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । सामाजिक सञ्जालमार्फत चिनजान भएका एक व्यक्तिलाई भेट्न गएकी सुस्त मनस्थितिकी एक १५ वर्षीया नाबालिकामाथि पटकपटक बलात्कार भएको पाइएको छ । फेसबुक मेसेन्जर मार्फत भेट्न बोलाई नाबालिका बलात्कार गरेको आरोपमा झापा जिल्लाको अर्जुनधारा-१० बुद्धचौकका ३५ वर्षीय हस्तबहादुर भट्टराईविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको हो ।
सरकारी वकिल कार्यालय, झापाले झापा जिल्ला अदालतको बाल इजलासमा भट्टराई विरुद्ध अभियोग पत्र दायर गरेको छ । जसमा मुलुकी मुलुकी अपराध संहिता, फौजदारी कार्यविधि नियमावली र बालबालिका सम्बन्धी ऐन बमोजिम कारबाही तथा क्षतिपूर्तिको माग राखिएको छ ।
पीडित नाबालिका (परिवर्तित नाम अनारमनी) को मानसिक अवस्था सामान्य छैन । उनी एक पटकमा कुनै पनि कुरा बुझ्दिनन् र पटक-पटक दोहोर्याउँदा बुझे पनि एकछिनपछि बिर्सिहाल्छिन् । उनी बोल्दा पनि भकभकाएर बोल्ने गर्छिन् । करिब दुई महिना अगाडि हस्तबहादुर भट्टराईसँग फेसबुक मेसेन्जरमार्फत उनको चिनजान भएको थियो । उनले ‘नेपाली कुमार’ नामक फेसबुक आईडी प्रयोग गर्थे । सोही आईडीबाट उनले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए, अनारमनीले एसेप्ट गरिन् र दुवै जनाबिच चिनजान सुरु भयो । त्यसपछि भिडिओ कल मार्फत कुराकानी हुँदै आएको पीडित र उनका परिवारको बयानमा उल्लेख छ ।
१२ वैशाख २०८२ का दिन बिहान भट्टराईले अनारमनीलाई भिडिओ कल गरे र भाटभटेनी मल घुम्न जाने प्रलोभनमा देखाए । उनले मोबाइल किनिदिने वा बिग्रेको मोबाइल बनाइदिने भन्दै लोभ देखाएको प्रतिवादी भट्टराई स्वयंले बयानमा उल्लेख गरेका छन् । त्यसपछि भट्टराईले आफूलाई मोटरसाइकलमा चढाएर झापा, बिर्तामोड-३ सैनिक मोडमा रहेको एमएस होटल एण्ड लजको एक कोठामा लगेर जबरजस्ती करणी गरेको पीडितको भनाइ छ ।
अनारमनीका दाइले दिएको जाहेरी दरखास्त अनुसार पहिलो दिन ५०० रुपैयाँ दिएर घर पठाएपछि, भोलिपल्ट वैशाख १३ गते पनि सोही होटेलमा लगेर भट्टराईले करणी गरेका थिए । त्यस क्रममा मोबाइलबाट नग्न फोटो र भिडिओ समेत खिचेका थिए । कसैलाई पनि यसबारे नबताउन भन्दै त्यस दिन ६०० रुपैयाँ दिएर पठाएको पीडित अनारमनीले बताएकी छिन् ।
वैशाख १६ गते बिहान पनि भट्टराईले त्यसैगरी भेट्न बोलाए । अनारमनीले भेट्न अस्वीकार गर्दा उनले ‘तँ आइसन, मैले भनेको मानिस भने तेरो नाङ्गो भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरी, तेरो घर परिवारको मानिसहरूलाई पठाई तेरो बदनाम गरी दिन्छु’ भनी धम्क्याएपछि डरले पुनः सोही होटेलमा जान बाध्य भएको जाहेरी दरखास्त र पीडितको कागजमा उल्लेख छ । यसरी प्रतिवादीले पटकपटक करणी गरेको पीडित पक्षको दाबी छ ।
तर प्रतिवादी हस्तबहादुरले भने आफ्नो बयानमा अनारमनीसँग फेसबुक मार्फत चिनजान भएको र होटेलमा दुवैको सहमतिमा शारीरिक सम्बन्ध भएको दाबी गरेका छन् । उनले जबरजस्ती करणी गरेको आरोप अस्वीकार गरेका छन् ।
प्रहरी अनुसन्धान, घटनास्थल मुचुल्का, जाहेरी दरखास्त, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान र घटना विवरण कागज लगायतका आधारमा भट्टराईले १५ वर्षीया नाबालिकालाई ललाई फकाई पटकपटक करणी गरेको प्रमाणित भएको अभियोग पत्रमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: असार ६, २०८२ १५:५५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले १९४ रनको विशाल लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा मात्र पाँच विकेट गुमाउँदै १९३ रनको विशाल स्कोर बनाएको हो ।
स्कटल्यान्डको स्कोर ठूलो बनाउनका लागि ओपनर जर्ज मुन्जी र तेस्रो नम्बरमा आएका ब्रान्डन म्याकमुलेनबीच एक सय रनको साझेदारी बन्यो ।
मुन्जीले सर्वाधिक ७८ रन बनाए । उनले मात्र ३९ बलमा ६ छक्का र ५ चौका प्रहार गरे । यस्तै म्याकमुलेनले ३० बलमा चार चौका र एक छक्काको सहयोगमा ४२ रनको योदान दिए ।
माइकल लिस्कले दुई छक्का र एक चौकासहित १७ बलमा नटआउट २६ रन बनाउँदा म्याथु क्रसले १३ बलमा दुई चौका प्रहार गर्दै नटआउट १७ रनको योगदान दिए ।
नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले मध्यम बलिङ गरे पनि अन्य कुनै पनि बलरले रन रोक्न सकेनन् । कुशल भुर्तेलले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । चार ओभरमा २५ रन खर्चिएका सन्दीप लामिछानेले १ विकेट तथा चार ओभर नै बलिङ गरेका ललितले २७ रन खर्चिएर एक विकेट लिए । यस्तै रुपेश सिंहले ३ ओभरमा ३२ रन खर्चिँदै एक विकेट लिए ।
सबैभन्दा महँगा दीपेन्द्र सिंह ऐरी बने । उनले चार ओभरमा ५० रन खर्चिए । यस्तै रिजन ढकाललले ३ ओभरमा ३५ रन खर्चिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । गुगलले आफ्नो शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई तालिम दिन युट्युबमा भएका अर्बौं भिडिओहरू प्रयोग गरिरहेको खुलासा भएको छ । अमेरिकी समाचार संस्था सीएनबीसी सार्वजनिक गरेको एक रिपोर्टअनुसार गुगलको जेमिनाई र र भिडिओ बनाउने भियो थ्री (Veo 3) जस्ता एआईलाई सिकाउन कम्पनीले युट्युबको विशाल भिडिओ लाइब्रेरी प्रयोग गरिरहेको हो ।
गुगलले यो कुरा स्वीकारेको छ । तर, कम्पनीको भनाइअनुसार उसले तालिमका लागि सबै भिडिओ नभई केही भिडिओ मात्र प्रयोग गर्छ र भिडिओ निर्माता (क्रिएटर) हरूसँग भएको सम्झौताको सम्मान गर्छ । युट्युबका एक प्रवक्ताले भने, “हामीले हाम्रा उत्पादनहरूलाई राम्रो बनाउन सधैं युट्युब सामग्री प्रयोग गर्दै आएका छौं र एआईको युगमा पनि यो परिवर्तन भएको छैन ।”
तर, विज्ञहरूले यसले बौद्धिक सम्पत्तिमाथि ठुलो संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् । सीएनबीसीले कुरा गरेका अधिकांश क्रिएटर र मिडिया कम्पनीहरूलाई गुगलले आफ्नो एआई तालिमका लागि उनीहरूको सामग्री प्रयोग गरिरहेकोबारे जानकारी नै थिएन । प्रयोगकर्ताले युट्युबमा भिडिओ अपलोड गर्दा गुगललाई आफ्नो एआई तालिमका लागि सामग्री प्रयोग गर्नबाट रोक्ने कुनै विकल्प छैन ।
गुगलको नयाँ एआई भियो थ्रीले सिनेमाको जस्तै गुणस्तरीय भिडिओ बनाउन सक्छ । यही एआईलाई तालिम दिन युट्युबका भिडिओ प्रयोग भएको हो । यसले गर्दा भिडिओ निर्माताहरूमा चिन्ता बढेको छ । उनीहरूले थाहै नपाई आफ्नै प्रतिस्पर्धी वा आफूलाई विस्थापित गर्न सक्ने प्रविधि तयार पार्न मद्दत गरिरहेका छन् । उनीहरूलाई यसको लागि न कुनै जानकारी दिइएको छ, न सहमति लिइएको छ, न त कुनै क्षतिपूर्ति नै ।
युट्युबको सेवाका सर्तहरू (टर्म्स अफ सर्भिस) अनुसार, प्रयोगकर्ताले भिडिओ अपलोड गर्दा युट्युबलाई आफ्नो सामग्री प्रयोग गर्न, अरूलाई प्रयोग गर्न दिन र त्यसलाई परिवर्तन गर्नका लागि विश्वव्यापी रूपमा रोयल्टी-रहित लाइसेन्स दिएको हुन्छ । यही सर्तका आधारमा गुगलले भिडिओहरू प्रयोग गरिरहेको देखिन्छ ।
यता, केही क्रिएटरहरूले यसलाई सकारात्मक प्रतिस्पर्धाको रूपमा लिएका छन् । गुगलले आफ्नो एआईले बनाएको सामग्रीमाथि कपिराइटको मुद्दा आएमा त्यसको कानुनी जिम्मेवारी लिने बताएको छ । तर, यो विवाद बढ्दै गएको छ र अन्य कम्पनीहरूले पनि यस्तै किसिमका मुद्दा खेपिरहेका छन् । यसले गर्दा एआई युगमा प्रविधि कम्पनी र क्रिएटरबिचको द्वन्द्व बढ्ने विश्लेषण गरिएको छ ।
युट्युबले आफ्नो प्लेटफर्ममा भएका २० अर्ब भिडिओमध्ये कति र कुन भिडिओहरू एआई तालिमका लागि प्रयोग गरिएका छन् भन्नेबारे खुलाएको छैन । तर, विज्ञहरूका अनुसार यसको १ प्रतिशत मात्र भिडिओ प्रयोग गर्दा पनि २.३ अर्ब मिनेटको सामग्री हुन जान्छ, जुन प्रतिस्पर्धी एआई मोडेलहरूले प्रयोग गर्ने तालिम डेटाभन्दा ४० गुणा बढी हो ।
पछिल्लो अध्यावधिक: असार ६, २०८२ २१:४९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं— नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) विमान परिचारिका (क्याविन क्रु) लाई काममा लगाउन श्रम अदालतले आदेश दिएको छ । श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले उक्त आदेश दिएको हो ।
अन्तरिम आदेशमार्फत सर्वोच्चले सेवाबाट अवकाश नदिनू भन्दाभन्दै निगमले अवकाश दिए उपर श्रम अदालतमा दायर भएको मुद्दाको सुनुवाइपश्चात् आज वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन श्रम अदाललते उक्त आदेश दिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा एक सय ३५ जना परिचारक र परिचारिकाको सेवा सुविधा र उमेर हदको विभेद उपरको मुद्दा विचाराधीन अवस्थामा छ । कार्कीलाई असोज १८ देखिकै खण्डित अवधिको सेवा सुविधा उपलब्ध गराउन श्रम अदालतको आदेशमा भनिएको छ ।
अधिवक्ताहरू अनन्तराज लुईंटेल, विकास भट्टराई र विशाल थापाले कार्कीको तर्फबाट बहस गर्दै सर्वोच्च अदालतको आदेश विपरीत सेवाबाट हटाउन नमिल्ने जिकिर गरेका थिए । श्रम अदालतले काममा लगाएर असार १८ मा अन्तरिम आदेशको निरन्तरताका सम्बन्धमा छलफलमा उपस्थित हुन निगमलाई आदेश दिएको कार्कीका कानुन व्यवसायी अधिवक्ता लुईंटेलले जानकारी दिए ।
नेपाल वायुसेवा निगम कर्मचारी प्रशासन विनियमावली २०५८ को नियम ६३ (१) (ख) मा ५० वर्षसम्म सेवामा रहन पाउने प्रावधानको बर्खिलाफ मुद्दा दायर गरेकै प्रतिसोध सांधेर कार्कीलाई ४५ वर्ष पुग्ने वित्तिकै अवकाश दिएको थियो । जबरजस्ती हटाए उपर सर्वोच्च अदालतमा निगम सञ्चालक समिति विरूद्ध अवहेलनाको मुद्दा परेको छ ।
सर्वोच्च अदालतलका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इललासले गम्भीर संवैधानिक विषयको व्याख्याको प्रश्न रहेको उल्लेख गर्दै उक्त मुद्दा जेठ १३ मा संवैधानिक इजलासमा सुनुवाइको लागि पठाइसकेको छ । उक्त इजलासले निवेदकहरूको पक्षमा एक वर्षअघि नै जारी अन्तरिम आदेशलाई निरन्तरता दिइसकेको छ ।
रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख छ । कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकामा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउनसक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान नदिनेलगायत प्रावधानको बदर माग गरिएको छ ।
रिटमा जिन्दगीभर एउटै पदमा काम लगाएरविना कुनै सुविधा जहिल्यै सुकै हटाउने तथा सामाजिक सुरक्षाको समेत कुनै व्यवहार नगरिएको उनीहरूको दाबी छ । सामान्य कम्पनीले सामाजिक सेवा सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा नेपाल सरकार स्वामित्वको वायुसेवा निगम जस्तो निकायले आफ्ना क्याविन क्रुमाथि गभ्मीर विभेद गरेको उनीहरूको गुनासो छ। आफूहरूले पटकपटक व्यवस्थापनसमक्ष कुरा राख्दा सुधारको प्रक्रिया अघि नसारहेकाले सर्वोच्च अदालतमा रिट निवेदन दिनुपरेको रिट निवेदनमा उल्लेख छ ।
श्रम अदालतको आदेश पश्चात् परिचारिका कार्कीले न्याय पाएको प्रतिक्रिया दिइन् । उनले विनियमावलीमा भएको विभादास्पद प्रावाधान हटाएर समान व्यवहार गर्न व्यवस्थापसमक्ष पटकपटक आग्रह गर्दा सुनुवाई नभएकोमा अदालतबाट न्याया पाउने विश्वास व्यक्त गरिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । मेटाले फेसबुक र मेसेन्जर प्रयोगकर्ताका लागि पासवर्डविना अकाउन्ट खोल्न सकिने ‘पासकी’ सुविधा ल्याएको छ । कम्पनीले यसलाई सुरक्षित र सहज लगइन प्रणालीका रूपमा अघि सारेको छ ।
एक ब्लग लेख्दै कम्पनीले पासकी सुविधा सुरुमा आईओएस र एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ भने मेसेन्जरमा केही महिनाभित्र सुरु हुनेछ ।
योसँगै प्रयोगकर्ताले पासवर्ड टाइप नगरी बायोमेट्रिक प्रमाणजस्तै फिङ्गरप्रिन्ट वा फेसियल रिकग्निसनको माध्यमबाट अकाउन्ट खोल्न सक्नेछन् ।
पासकी प्रणाली फिसिङ आक्रमणबाट सुरक्षित मानिन्छ । प्रयोगकर्ताको डिभाइसमै सीमित रहने भएकाले पासवर्डभन्दा भरपर्दो पनि हुन्छ ।
यो सुविधा सेटअप गर्न फेसबुकको ‘Account Center’ मा गएर Settings > Password and Security > Passkey मा ट्याप गर्नुपर्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो मोबाइलको स्क्रिन लक प्रयोग गरेर पासकी सक्रिय गर्न सक्नेछन् ।


पछिल्लो अध्यावधिक: असार ६, २०८२ २०:३७
सामाग्री श्रोत :
टेक पाना
खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले सुनकोशी किनार आसपास बसोबास गर्नेहरूलाई सतर्क रहन आह्वान गरेको छ।
चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्ष हुने सम्भावना भएकाले सुनकोसी आसपासमा पनि बाढीको जोखिम भएको हुँदा सतर्क रहन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सागर शाहले शुक्रबार सूचना जारी गरी शनिबारसम्म सतर्क रहन आग्रह गरेका हुन्।
‘चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना भएकाले खोटाङ जिल्लासँग जोडिएको सुनकोशी किनार आसपासमा बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ’–सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- महिनावारी व्यवस्थापन र महिलाको स्वास्थ्य अधिकारका पक्षमा महिलाको निम्ति महिला मञ्च नेपाल (वफोवन), निवेदकद्वय श्रीना नेपाल र अभ्युदय भेटवालको रिटमा सुनुवाइ गर्दै सरकारलाई सबै महिलाहरूका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने तथा कर छुटको व्यवस्था मिलाउने गरि परमादेशको आदेश जारी गरेको छ।
चार वर्षअघि वफोवन संस्थाका कार्यकारी निर्देशक गोमावती पुन (सृजना), कार्यक्रम अधिकृत पूजा चौधरी, तथा सल्लाहकार अधिवक्ता दल बहादुर धामीले नि:शुल्कका लागि सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।
त्यस्तै सेनेटरी प्याडमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउँदै आएको विषयलाई लिएर नेपाल र भेटवालले रिट दायर गरेका थिए। नेपाल र भेटवालले स्यानेटरी प्याडमा कर लगाउनु २०७८ मा नेपालको संविधान २०७२ को, धारा १६, धारा १८, धारा ३८ को उल्लङ्घन भएको दाबी सहित कर हटाउन सरकारको नाममा परमादेश माग गरेका थिए।
दुवै रिट एक साथ राखेर न्यायाधीशद्वय मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ आषाढ ४ गते फैसला गरेको हो।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले कर हटाउन परमादेश जारी गरेको हो । उक्त रिट दायर भएको करिब ४ वर्षपछि सर्वोच्च अदालतले परमादेश जारी गरेको हो।
रिट निवेदकहरूले १८ प्रतिशतसम्म कर लगाइएकादले हटाउनुका साथै छाउपडी प्रथा न्यूनीकरण गर्न विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशबाट सुरु गर्दै क्रमशः देशभरका किशोरी र महिलाहरूलाई मासिक रूपमा स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने माग गरेका थिए।
त्यस्तै स्यानिटरी प्याडमा लाग्ने भ्याट र अन्य करहरू हटाउने र बजारमा सहुलियत दरमा उपलब्ध हुने व्यवस्था गर्न भनिएको छ। महिनावारी सम्बन्धी अधिकारलाई सुनिश्चित गर्ने नीति निर्माण, कानुन संशोधन तथा बजेट व्यवस्थापन गर्न माग गरिएको थियो।
सर्वोच्च अदालतले रिट निवेदकहरूको तर्कको पुष्टि गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संसद सचिवालय, कानुन मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलगायत सरोकारवाला निकायहरूको नाममा परमादेश जारी गरेको हो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । मौसम सम्बन्धी आधिकारिक सूचना समयमै प्राप्त गर्न जल तथा मौसम विज्ञान विभागले भाइबर कम्युनिटीमा सहभागी हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । मनसुन सुरु भएसँगै बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम बढेकाले सतर्कता अपनाउन विभागले नागरिकलाई मौसमको पूर्वानुमान तथा जानकारी लिन भाइबरमार्फत सम्पर्कमा रहन आग्रह गरेको हो ।
विभागले भाइबर कम्युनिटी ग्रुपमार्फत मौसम पूर्वानुमान, सतर्कता सन्देश, तथा अन्य सम्बन्धित सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । उक्त कम्युनिटी ग्रुपमा तल दिइएको क्यूआर कोड स्क्यान गरेर वा यहाँ क्लिक गरेर सहभागी हुन सकिने छ ।

यसैबिच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नागरिकलाई बाढी, पहिरो र अन्य सम्भावित विपद्का बेला तत्काल सम्पर्क गर्न सकिने आपतकालीन नम्बरहरू सुरक्षित राख्न अनुरोध गरेको छ । प्राधिकरणका अनुसार यी नम्बरहरू नि:शुल्क कल गर्न सकिने र आपतकालीन समयमा उपयोगी हुने भएकाले कण्ठ पारेर वा सुरक्षित स्थानमा टिपोट गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्ता छन् नि:शुल्क आपतकालीन नम्बरहरू:
-
विपद् आकस्मिक हेल्पलाइन – ११४९
-
बाढी तथा पहिरो हेल्पलाइन – ११४१
-
बाढी तथा पहिरो इन्फोलाइन – ११५५
-
नेपाल विद्युत् प्राधिकरण हेल्पलाइन – ११५०
-
नेपाल प्रहरी – १००
-
अग्नि सेवा – १०१
-
एम्बुलेन्स सेवा – १०२
-
ट्राफिक प्रहरी – १०३
-
बालबालिका हराएको खबर गर्न – १०४ वा १०९८
-
महिला हेल्पलाइन – ११४५
-
नेपाल रेडक्रस हटलाइन – ११३०
प्राधिकरणले विपद् जोखिम न्यूनीकरणका लागि नागरिक सतर्क र तयार रहनुपर्नेमा जोड दिएको छ । साथै, प्राधिकरणले विपद्का बेला सहायताका लागि यी नम्बरहरूमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: असार ६, २०८२ १९:७
सामाग्री श्रोत :
टेक पाना