२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

ईडीभी रिजल्ट सार्वजनिक, यस्तो छ हेर्ने तरिका

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२६ का लागि खुलाएको ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्रीको नतिजा सार्वजनिक भएकाे छ । नेपाली समय अनुसार शनिवार राति ९:४५ बजे नतिजा सार्वजनिक भएकाे हाे ।

नतिजा हेर्न आवश्यक पर्ने भनेको ईडीभी फाराम भर्दा तपाईंले पाएको कन्फर्मेसन नम्बर  (confirmation number) हो । आफ्नो कन्फर्मेसन नम्बर भुल्नु भएको छ भने यहाँ क्लिक गरेर पुन: थाहा पाउन सक्नुहुन्छ । पुन: कन्फर्मेसन नम्बर पाउन उक्त पेजमा आवश्यक विवरण भर्नुपर्ने हुन्छ । 

ईडीभीको नतिजा हेर्न कन्फर्मेसन नम्बरसँगै थर, जन्म वर्ष आवश्यक पर्छ । अब नतिजा हेर्न आवश्यक पर्ने सबै निश्चित भएपछि यहाँ क्लिक गर्नुहाेस् ।

आज ईडीभीको रिजल्ट हेर्न खोज्नेको संख्या लाखौं हुने भएकाले वेबसाइटमा समस्या देखिन सक्छ । सम्झनु पर्ने कुरा ईडीभीको नतिजा हेर्ने यो मात्र एउटा तरिका हो ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २२:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट