काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२६ का लागि खुलाएको ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्रीको नतिजा सार्वजनिक भएकाे छ । नेपाली समय अनुसार शनिवार राति ९:४५ बजे नतिजा सार्वजनिक भएकाे हाे ।

नतिजा हेर्न आवश्यक पर्ने भनेको ईडीभी फाराम भर्दा तपाईंले पाएको कन्फर्मेसन नम्बर (confirmation number) हो । आफ्नो कन्फर्मेसन नम्बर भुल्नु भएको छ भने यहाँ क्लिक गरेर पुन: थाहा पाउन सक्नुहुन्छ । पुन: कन्फर्मेसन नम्बर पाउन उक्त पेजमा आवश्यक विवरण भर्नुपर्ने हुन्छ ।
ईडीभीको नतिजा हेर्न कन्फर्मेसन नम्बरसँगै थर, जन्म वर्ष आवश्यक पर्छ । अब नतिजा हेर्न आवश्यक पर्ने सबै निश्चित भएपछि यहाँ क्लिक गर्नुहाेस् ।
आज ईडीभीको रिजल्ट हेर्न खोज्नेको संख्या लाखौं हुने भएकाले वेबसाइटमा समस्या देखिन सक्छ । सम्झनु पर्ने कुरा ईडीभीको नतिजा हेर्ने यो मात्र एउटा तरिका हो ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २२:३९
सामाग्री श्रोत :
टेक पाना