काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा गुजरातले दिल्लीलाई ७ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

दिल्लीले दिएको २०४ रनको लक्ष्य पछ्याएको गुजरातले चार बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्यो। गुजरातको जितमा जोस बटलरले उत्कृष्ट ब्याटिङ गरे। उनले ५४ बलमा ११ चौका र ४ छक्का प्रहार गरि ९७ रनमा अविजित रहे। यस्तै शेरफेन रदरफोर्डले ४३, शाई सुदर्शनले ३६ तथा राहुल तेवाटियाले ११ रन बनाए। दिल्लीका मुकेश कुमार र कुलदिप यादवले समान एक एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो। दिल्लीका लागि कप्तान अक्षर पटेलले सर्वाधिक ३९ बनाए। आशुतोष शर्माले ३७ रन तथा करुन नायर र ट्रिस्टन स्टब्सले समान ३१ ३१ रन बनाए। गुजरातका प्रसिद्ध क्रिष्णले ४ विकेट लिए।
गुजरात ७ खेलमा ५ जितसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा समान जित निकोलेको दिल्ली दोस्रो स्थानमा रहेको छ।

सामाग्री श्रोत :