२०८२ बैशाख ८ सोमबार
LATEST NEWS
२०८२ बैशाख ८ सोमबार

दिल्लीलाई हराउँदै गुजरात शीर्ष स्थानमा

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा गुजरातले दिल्लीलाई ७ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

दिल्लीले दिएको २०४ रनको लक्ष्य पछ्याएको गुजरातले चार बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्‍यो। गुजरातको जितमा जोस बटलरले उत्कृष्ट ब्याटिङ गरे। उनले ५४ बलमा ११ चौका र ४ छक्का प्रहार गरि ९७ रनमा अविजित रहे। यस्तै शेरफेन रदरफोर्डले ४३, शाई सुदर्शनले ३६ तथा राहुल तेवाटियाले ११ रन बनाए। दिल्लीका मुकेश कुमार र कुलदिप यादवले समान एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो। दिल्लीका लागि कप्तान अक्षर पटेलले सर्वाधिक ३९ बनाए। आशुतोष शर्माले ३७ रन तथा करुन नायर र ट्रिस्टन स्टब्सले समान ३१ ३१ रन बनाए। गुजरातका प्रसिद्ध क्रिष्णले ४ विकेट लिए।

गुजरात ७ खेलमा ५ जितसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा समान जित निकोलेको दिल्ली दोस्रो स्थानमा रहेको छ।


सामाग्री श्रोत :

दिल्लीलाई हराउँदै गुजरात शीर्ष स्थानमा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट