
रौतहट । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत अबैध १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अबैध १० लाख नेपाली रूपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त उक्त रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले न्युज कारखाना लाई बताएका छन्।
मोटरसाईकल चालक भारतीय नागरिक ठाकुरलाई पक्राउ गरी रुपैयाँ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
एसपी घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी तथा हुण्डी कारोबार नियन्त्रण अभियान निकै प्रभावकारी भएको स्थानीयहरूले बताएका छन्।
सामाग्री श्रोत :
काठमाडौं । तपाईंसँग कुनै महत्त्वपूर्ण फोटो छ, तर त्यो धमिलो छ भने त्यसले जति चित्त अरूलाई त्यति दुखाउँदैन होला । आफूसँग भएको पुरानो फोटो वा कुनै राम्रो ठाउँमा खिचेको आफ्नो फोटो छ तर त्यो ब्लर वा भनौँ धमिलो छ भने त्यसले मन खिन्न बनाउँछ । तर, चिन्ता नलिनुहोस् । हामी एउटा यस्तो एपको चर्चा गर्दैछौँ जसले तपाईंले फोटो ब्लर वा धमिलो भएर सामना गरेको समस्या क्षणभरमै समाधान गर्छ । हामीले चर्चा गर्न लागेको एप वा भनौँ प्लेटफर्मको नाम अनब्लर इमेज एआई (Unblur Image AI) हो ।
अनब्लर एआईले फोटोको क्वालिटी बढाउन कसरी काम गर्छ ?
अनब्लर इमेज एउटा यस्तो वेबसाइट हो, जसलाई प्रयोग गर्न साइनअप गरिरहन वा रजिस्टर गरेर अकाउन्ट बनाइरहन पर्दैन । तपाईंले आफ्ना धमिलो फोटो सङ्कलन गरेर उक्त वेबसाइटमा राख्नुभयो भने त्यसले क्षणभरमै तपाईंको फोटोको क्वालिटी बढाइदिन्छ ।
यो साइटमा फोटो एडिट गर्ने अन्य थुप्रै अप्सन पनि छन् । तर, हामी सबैभन्दा पहिले यसमा भएको ‘अनब्लर’ फिचरले कसरी काम गर्छ भन्ने विषयमा चर्चा गर्छौँ । सबैभन्दा पहिले यहाँ क्लिक गरेर अनब्लर इमेजको वेबसाइटमा जानुहोस् ।
त्यसपछि तल देखिएको बक्समा फोटो अपलोड, पेस्ट वा ड्रप गर्नुहोस् । एक पटकमा तीन ओटासम्म फोटो अपलोड गर्न सकिन्छ । तर, एक पटकमा एउटा मात्र फोटो अपलोड गर्दा नतिजा राम्रो पाउन सकिन्छ । फोटो अपलोड गरिसकेको केही सेकेन्डमा तपाईंको फोटो दायाँपट्टि हाई क्वालिटीमा देखिन्छ । बायाँपट्टि भने पहिले फोटो कस्तो क्वालिटीमा थियो भन्ने देखिन्छ । त्यसपछि माथि रहेको डाउनलोडको बटनमा ट्याप गरेर फोटो डाउनलोड गर्न सक्नुहुन्छ ।
यदि तपाईंलाई उक्त फोटो चित्त बुझेको छैन भने फोटोको माथि क्रस (X) को साइन हुन्छ, त्यसमा क्लिक गरेर हटाउन सक्नुहुन्छ ।
अनब्लर इमेजका अनुसार यसले फोटोको क्वालिटी अझ स्तरीय बनाउन अत्याधुनिक अल्गोरिदमको प्रयोग गर्छ । उक्त अल्गोरिदमले फोटोको पिक्सेललाई विश्लेषण गर्छ । एक पटक फोटो अपलोड गरिसकेपछि त्यसमा भएको एआईले फोकस आउट भएको भाग पत्ता लगाउँछ र सटीक रूपमा एड्जस्ट गर्ने प्रयास गर्छ । त्यसपछि फोटोमा फोकस हुनुपर्ने वस्तुको किनारा हाई क्वालिटीको देखिन्छ, त्यसको टेक्स्चर र डिटेलमा पनि सुधार हुन्छ ।
यो प्रक्रिया अनब्लर इमेजले क्षणभरमै गर्छ । त्यसैले केही सेकेन्डमै फोटोको क्वालिटी बढाउन चाहने प्रयोगकर्ताका लागि यो वेबसाइट उपयुक्त हुन सक्छ । खासगरी फोटोशप जस्ता अत्याधुनिक फिचर भएका सफ्टवेयर प्रयोग गर्दा जति समय लाग्छ, त्योभन्दा धेरै कम समयमा यस प्लेटफर्मले फोटोको क्वालिटी बढाउँछ ।
यो प्लेटफर्म वेब एपमा सजिलै प्रयोग गर्न सकिन्छ । खासगरी ग्राफिक्स डिजाइनिङका क्षेत्रमा नयाँ भएकालाई स्मार्टफोन, ट्याब्लेट वा डेस्कटपमा प्रयोग गर्न सजिलो हुन्छ । यदि तपाईं आफ्नो डेटाबारे चिन्तित हुनुहुन्छ भने यसमा अकाउन्ट साइनअप गरिरहन पर्दैन । तर, अकाउन्ट नबनाउँदा तपाईंले कम फिचर मात्र प्रयोग गर्न पाउनुहुन्छ ।
अनब्लर इमेजबाट फोटोको क्वालिटी बढाउने अन्य तरिका
अनब्लर इमेजमा यस्ता अन्य फिचर छन् जसले तपाईंको फोटोको क्वालिटी बढाउन मद्दत गर्छन् । तपाईंले यसमा उपलब्ध अन्य विभिन्न फिचर प्रयोग गरी फोटोको क्वालिटी बढाउन सक्नुहुन्छ ।
-
अपस्केलरः अनब्लर इमेजले कुनै पनि फोटोलाई ४०००×४००० पिक्सेलसम्म अपस्केल गर्न सक्ने दाबी गरेको छ । यदि कुनै प्रडक्टको क्वालिटी बढाउनु पर्ने छ भने यो फिचर तपाईंका लागि उपयुक्त हुन्छ ।
-
डिन्वाइजरः यदि तपाईंको फोटोमा न्वाइज (ससाना दाग) छ भने फोटो ब्लर देखिन्छ । कम प्रकाश र उच्च आईएसओ भएका फोटोमा न्वाइज देखिन्छ । अनब्लर इमेजको एआई डिन्वाइजर फिचर प्रयोग गरेर फोटोमा भएको न्वाइज हटाउन सकिन्छ ।
-
पुरानो फोटोलाई नयाँ बनाउनेः तपाईंसँग पुरानो ब्ल्याक एन्ड ह्वाइट फोटो छ भने त्यसलाई कलरफुल र हाई क्वालिटीको बनाउन सक्नुहुन्छ । अनब्लर इमेजको एआई डिन्वाइजरले छुटेको भाग र आवश्यक भाग थप्छ ।
-
भिडिओ अनब्लरः यस प्लेटफर्मले भिडिओको क्वालिटी बढाउन मद्दत गर्छ । यसमा एक पटकमा ५०० एमबीभन्दा कम भिडिओलाई निःशुल्क क्वालिटी बढाइदिन्छ ।
अनब्लर इमेजको विकल्पमा अरू के के गर्न सकिन्छ ?
अनब्लर इमेजले एआईको सहायताले विभिन्न फिचर उपलब्ध गराउँछ । तर, तपाईं अझ बढी फिचर भएको प्लेटफर्म खोजिरहनु भएको छ भने यी प्लेटफर्म उपयुक्त हुन्छन् ।
इमेजको क्वालिटी बढाउने सवालमा एडोबी फोटोशप र लाइटरुम उपयुक्त सफ्टवेयर हुन् । त्यस्तै अनलाइन फोटो एडिटर फोटोर पनि ब्लर हटाउन, क्वालिटी बढाउन र फोटोलाई स्तरीय बनाउन सघाउने टुल हो ।
त्यसैगरी हिटपअ फोटो एआई पनि यस्तो टुल हो जसले फोटो अनब्लर गर्न, क्वालिटी बढाउन र समग्र फोटोलाई स्तरीय बनाउन सघाउँछ । त्यसका साथै रेमिनाई र आर्टगुरु पनि निःशुल्क एक क्लिककै भरमा फोटोको क्वालिटी बढाउन सघाउने टुल हुन् । यदि तपाईं क्यान्भाको प्रिमियम वा स्टुडेन्ट प्रयोगकर्ता हुनुहुन्छ भने त्यसमा भएको इमेज अपस्केलर टुलको सहायताले पनि फोटोको क्वालिटी बढाउन सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ २३:१२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– वैज्ञानिकहरूले पृथ्वीभन्दा धेरै टाढा एउटा तारालाई परिक्रमा गरिरहेको ग्रहमा जीवन रहेको हुन सक्ने नयाँ सङ्केत फेला परेको बताएका छन्।
K2-18b (केटू-१८बी) ग्रहको वायुमण्डलको अध्ययन गरिरहेको केम्ब्रिज विश्वविद्यालयको एउटा टोलीले पृथ्वीमा जीवहरूले मात्रै उत्पादन गर्ने अणुहरू उक्त ग्रहको वायुमण्डलमा पनि फेला परेको जनाएको छ।
नासाको जेम्स वेब टेलिस्कोपले अर्को गृहको वायुमण्डलमा जीवनसँग सम्बन्धित अझ भरपर्दो रासायनिक पदार्थ पहिचान गरेको यो दोस्रो पटक हो। तर अध्ययन टोली र स्वतन्त्र खगोलविद्हरूले यी निष्कर्षहरू पुष्टि गर्न थप तथ्याङ्क आवश्यक पर्ने बताएका छन्।
प्रमुख अनुसन्धाता प्राध्यापक निक्कु मधुसूदनले थप प्रमाणहरू पनि छिट्टै फेला पार्ने आशा आफूले लिएको बताएका छन्। “त्यहाँ जीवन रहेको हुन सक्ने सम्भावना देखिएको यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण हो। हामी एकदेखि दुई वर्ष भित्रमा यी सङ्केतहरूलाई पुष्टि गर्न सफल हुने छौँ,” उनले भने।
केटू-१८बी पृथ्वीभन्दा साढे दुईगुना ठूलो छ र पृथ्वीबाट ७०० खर्ब माइल टाढा छ। निकै शक्तिशाली रहेको जेम्स वेब टेलिस्कोपले कुनै ग्रहको वायुमण्डलको रासायनिक संरचनाको पनि विश्लेषण गर्न सक्छ। ग्रहको माउ ताराको प्रकाशको सहयोग लिएर उक्त टेलिस्कोपले वायुमण्डलको विश्लेषण गर्न सक्छ।
जीवन रहेको सङ्केतका आधार
केम्ब्रिजको टोलीका अनुसार जीवनसँग सम्बन्धित दुई अणुमध्ये कम्तीमा एउटा अणुको रासायनिक उपस्थिति त्यहाँको वायुमण्डलमा देखिएको छ। त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) र डाइमिथाइल डाइसल्फाइड (डीएमडीएस) फेला परेका छन्। पृथ्वीमा यी ग्यासहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले निष्कासन गर्छन्।
प्राध्यापक मधुसूदन अवलोकनको एउटै चरणमा देखिएको ग्यासको मात्राबाट आफू छक्क परेको बताएका छन्।
“त्यहाँको वायुमण्डलमा यो ग्यासको मात्रा पृथ्वीमा भन्दा हजारौँ गुना बढी छ,” उनी भन्छन्। “यदि त्यसको सम्बन्ध साँच्चै जीवहरूसँग छ भने उक्त ग्रहमा धेरै जीवहरू छन्।”
प्राध्यापक मधुसूदनका अनुसार केटू-१८बीमा जीवहरू रहेको पुष्टि भएमा “त्यसले आकाशगङ्गामा जीवको अस्तित्व निकै सामान्य हो” भन्ने प्रमाणित गर्छ।
यद्यपि त्यो कुरा ठोकुवा गरेर भन्न नसकिने मधुसूदनको टोलीले बताएको छ।
जीवन रहेको सङ्केतका आधार
केम्ब्रिजको टोलीका अनुसार जीवनसँग सम्बन्धित दुई अणुमध्ये कम्तीमा एउटा अणुको रासायनिक उपस्थिति त्यहाँको वायुमण्डलमा देखिएको छ। त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) र डाइमिथाइल डाइसल्फाइड (डीएमडीएस) फेला परेका छन्। पृथ्वीमा यी ग्यासहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले निष्कासन गर्छन्।
प्राध्यापक मधुसूदन अवलोकनको एउटै चरणमा देखिएको ग्यासको मात्राबाट आफू छक्क परेको बताएका छन्।
“त्यहाँको वायुमण्डलमा यो ग्यासको मात्रा पृथ्वीमा भन्दा हजारौँ गुना बढी छ,” उनी भन्छन्। “यदि त्यसको सम्बन्ध साँच्चै जीवहरूसँग छ भने उक्त ग्रहमा धेरै जीवहरू छन्।”
प्राध्यापक मधुसूदनका अनुसार केटू-१८बीमा जीवहरू रहेको पुष्टि भएमा “त्यसले आकाशगङ्गामा जीवको अस्तित्व निकै सामान्य हो” भन्ने प्रमाणित गर्छ।
यद्यपि त्यो कुरा ठोकुवा गरेर भन्न नसकिने मधुसूदनको टोलीले बताएको छ।
वैकल्पिक अवधारणा
अन्य अनुसन्धान समूहले ‘केटू-१८बी’बाट प्राप्त गरिएकाजस्तै तथ्याङ्क निर्जीव वस्तुबाट पनि प्राप्त गर्न सकिने वैकल्पिक व्याख्या अघि सारेका छन्। डीएमएस र डीएमडीएसबारे मात्रै नभई ग्रहको वैज्ञानिक संरचनाबारे पनि बहसहरू हुने गरेका छन्।
धेरै अनुसन्धाताहरूले उक्त ग्रहमा तरल पदार्थको गहिरो समुद्र रहेको अनुमान गर्नुको कारण ‘केटू-१८बी’मा एमोनिआ नपाइनु हो। उनीहरूका अनुसार त्यहाँ मुनि रहेको पानीको गहिरो तहले एमोनिआ ग्यास सोसेर राखेको छ।
केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक ओलिभर शोर्टलका अनुसार चट्टान गलेर बनेको समुद्रका कारण पनि त्यस्तो हुन सक्छ। “अरू ताराहरूको परिक्रमा गर्ने ग्रहबारे हामीले तिनीहरूको वायुमण्डलमा परावर्तन हुने थोरै मात्राको प्रकाशबाट हो। त्यस कारण त्यहाँ जीवन भएको सङ्केत मात्रै नभएर धेरै कुराको सङ्केत हुन सक्छ।
“केटू-१८बीका हकमा यसको संरचनाबारे पनि वैज्ञानिक बहस चलिरहेका छन्,” उनी भन्छन्।
नासाका एम्स अनुसन्धान केन्द्रका डा निकोलस वोगनको यो तथ्याङ्कबारे फरक व्याख्या छ। उनले केटू-१८बी कुनै परि सतह नभएको एउटा ‘ग्यास जाइअन्ट’ वा हिलिअम वा हाइड्रोजनको थुप्रो हुन सक्ने तर्कसहित एउटा शोध प्रकाशित गरेका छन्।
अरू समूहले भने यी दुवै व्याख्यामा विमति जनाउँदै चुनौती दिएका छन्। जेम्स वेब टेलिस्कोपबाट प्राप्त तथ्याङ्कमा उनीहरू अडिग छन् र त्यसले केटू-१८बीबारे बलियो वैज्ञानिक बहस जन्माएको छ।
प्राध्यापक मधुसूदन विज्ञानको सबैभन्दा जटिल प्रश्नको उत्तर दिन आफूले अझै ठूलो वैज्ञानिक अध्ययन गर्न जरुरी रहेको ठान्छन्। तर आफू र आफ्टो टोली सही बाटोमा रहेको उनको विश्वास छ।
“अबको एक दशकपछि हामीले पछि फर्केर हेर्यौँ भने हामीले जीवन भएको अर्को संसार पहिचान भएको क्षण सम्झने छौँ,” उनले भने। उनीहरूको अध्ययन ‘द एस्ट्रोफिजिकल जर्नल लेटर्स’मा प्रकाशित भएको छ। बीबीसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- निजामती ट्रेड युनियनले स्वास्थ्य सेवालाई निजामती ऐनमा राख्न माग गरेकोमा स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको समूहले आपत्ति जनाएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष तथा उक्त समूह संगठन अनिलविक्रम कार्की र सदस्य सचिव माइकल देवकोटाले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। बिज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यलाई संविधानले मौलिक हक भनेर राखेको र प्राविधिक एवम् संवेदनशिलताको हिसाबले बिशिष्टकृत सेवा भएको परिप्रेक्षमा हाम्रो स्वास्थ्यमा कृयाशिल राष्ट्रिय ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको निर्णय अनुसार एकिकृत स्वास्थ्य सेवा ऐनबाट परिचालित हुनुपर्छ भन्ने हाम्रो स्पष्ट माग हो । साथै स्वास्थ्य जस्तो बिशिष्टकृत सेवाको छुट्टै सेवा आयोग नहुनाले हालको संघियताको अभ्यासले स्वास्थ्य क्षेत्र धराशायी भइरहेको हाम्रो ठहर छ।’एकिकृत स्वास्थ्य ऐन मार्फत छुट्टै स्वास्थ्य सेवा आयोग गठन गरी स्वास्थ्यमा चाहिने प्राविधिक प्रशासनिक लेखा लगायत विभिन्न कर्मचारीहरु व्यवस्थापन, नियुक्ती, पदस्थापना, सरुवा लगायत गर्न माग गरिएको छ। उक्त मागप्रति गम्भिर भई सम्बोधन नभएमा आन्दोलनमा जान बाध्य चेतावनी समेत दिइएको छ। निजामती कर्मचारीहरुले विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि एक रहेको छ। ‘स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्ने,’ उनीहरुले मागको १० औं बुँदामा भनेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज यहाँ आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताए।
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताए। विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उनको गुनासो थियो।
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताए। त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राखे।
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए।
सामाग्री श्रोत :
वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड
काठमाडौँ । नामीले विद्युतीय गाडी (ईभी) केवल ‘महँगो हुन्छ’ भन्ने सोचलाई परिवर्तन गर्न गरिरहेको छ । किफायती मूल्यमै आधुनिक फिचरले भरिपूर्ण यो नयाँ विकल्पले ईभीप्रतिको आम धारणा नै फेर्दै लगेको हो ।
यसले प्रविधिको व्यवहारिक प्रयोग कति स्मार्ट हुन सकिन्छ भन्ने कुरामा पनि ध्यान आकर्षित गरेको छ । वातावरणमैत्री विकल्पहरूको माग बढ्दै गर्दा नामीले किफायती मूल्यमा राम्रो र गुणस्तर सुविधा दिने प्रयास गरेको छ ।
अहिले नै ५०० भन्दा बढी नामी ईभीहरू सडकमा गुडिरहेका छन् । जसबाट उपभोक्ताहरूबिच यो लोकप्रिय र किफायती विकल्पको रूपमा स्थापित बन्दै गएको देखाउँछ ।
बजारमा नामी ईभीको उपस्थिति बलियो बनाउने एउटा मुख्य विशेषता भनेको यसमा रहेका फिचरहरू नै हुन् । जसमा धेरैजसो बेस्ट-सेग्मेन्ट वा सेगमेन्ट-फस्ट सुविधाहरू रहेका छन् । यसले नामीलाई ईभी सेगमेन्टमा प्रतिस्पर्धी बनाएको छ ।
यो गाडीमा हाई-डेफिनेसन टचस्क्रिन सहितको आधुनिक इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । कनेक्टिभिटी फिचरको सहयोगमा नेभिगेसन, इन्टरटेनमेन्ट र आवश्यक कम्युनिकेसन एपहरू सजिलै चलाउन सकिन्छ । जसले प्रयोगकर्तालाई सहज अनुभव दिन्छ ।
नामीले गाडीको सुरक्षामा पनि विशेष ध्यान दिएको छ । यस ईभीमा दुई ओटा एयरब्याग, एन्टी-लक ब्रेकिङ सिस्टम (एबीएस) सँगै इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन (ईबीडी) र स्टेबिलिटी कन्ट्रोल सिस्टम पनि दिइएको छ । यी सबै सुरक्षा प्रणालीहरूले गाडीको सुरक्षा र पर्फमेन्स बढाउने काम गर्छन् । जसले गर्दा नामी ईभी भरपर्दो र सुरक्षित बनेको छ । यी एडभान्स सेफ्टी फिचरले प्रयोगकर्तालाई अझ प्रविधियुक्त र सुरक्षित गाडीको अनुभव दिन्छ ।
नामी साँच्चिकै लगानीको मूल्य दिने ईभी भएको र उद्योगकै उत्कृष्ट विकल्पहरूमध्ये एक भएको कम्पनीको दाबी छ । कम मूल्यमा उच्च कोटीका फिचरहरू उपलब्ध हुने यो गाडीले पेट्रोल वा डिजेलबाट चल्ने गाडी छोडेर नयाँ गाडीको रूपमा ईभी लिने सोच बनाइरहेका हरूका लागि राम्रो विकल्प प्रस्तुत गरेको छ । धेरैजसो ईभीहरू निकै महँगो हुँदा, नामीले सामान्य बजेट भएका उपभोक्ताहरूलाई पनि हाइ-टेक र इको-फ्रेन्ड्ली गाडी अपनाउने अवसर दिएको छ ।
कम्पनीका अनुसार नामीको उद्देश्य केवल सहरी जीवनलाई सहज बनाउने मात्र होइन । यो ईभी कम्प्याक्ट आकारको भएपनि स्पेस इफिसियन्ट छ, जुन नेपालका भिडभाडयुक्त सडकहरूमा चलाउन धेरै उपयुक्त छ ।
ब्याट्री लाइफ राम्रो भएकाले दैनिक यात्रा वा लामो यात्राका बेलामा पनि चार्ज सकिने चिन्ता लिनु पर्दैन । यो ईभी आधुनिक डिजाइनमा बनाइएको छ, साथै इन्टेलिजेन्ट एलिमेन्टहरू पनि समावेश गरिएका छन् । जसले प्रयोगकर्तालाई सुविधा र दिगोपन दुवै कुरा सुनिश्चित गर्छ ।
समग्रमा भन्नु पर्दा नेपाली बजारमा नामीको प्रवेशले किफायती, सुविधा सम्पन्न र वातावरणमैत्री गाडी खोज्ने उपभोक्ताहरूका लागि राम्रो अवसरको ढोका खोली दिएको छ ।
-नामीसँगको सहकार्यमा
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १८:३०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- उपकुलपति रिक्त रहेका चार प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी रेक्टर र डिनले पाएका छन्। उनलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले वैशाख ४ गते नियुक्त गरेका हुन्।
बिपी कोइरालामा डा सञ्जीव शर्मा, पाटनमा डा पवन शर्मा र कर्णालीमा डा डबलबहादुर धामीले जिम्मेवारी पाएका हुन्। पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले जिम्मेवारी पाएका हुन्।
उनीहरुले जिम्मेवारी तोकिएको पत्र भने आइतबार पाएका छन्। पत्रमा भनिएको छ, ‘उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
चितवन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ।
बुटवलमा खाजा घर सञ्चालन गर्दैआएकी उनीमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो। उनलाई बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो।
अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ। उपचारमा संलग्न प्रा डा अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले उनको कलेजो र फोक्सोमा चोट पुर्याएको छ। गोली शरीरभित्रै रहेको उनले बताए।
डा आचार्यले भने, ‘चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निक्र्योल हुन्छ।’ बिरामीको अवस्था स्थिर रहेको उहाँले जानकारी दिए।
सामाग्री श्रोत :
काठमाडौँ । कुकुरलाई रुखमा झुन्ड्याएर यातना दिएको आरोपमा रोल्पाबाट दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा लुङ्ग्री गाउँपालिका–७ का ११ र १७ वर्षका दुई नाबालक र २० वर्षीय सुन्दर परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुई नाबालकलाई उनीहरूकै गाउँबाट र परियारलाई दाङबाट पक्राउ गरिएको हो । घटना सार्वजनिक भएपछि परियार दाङ भागेका थिए । उनलाई रोल्पा ल्याउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।
शनिबारदेखि सामाजिक सञ्जालमा तीन जना मिलेर कुकुरलाई रुखमा झुन्ड्याएर यातना दिएको भिडिओ भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा भिडिओ कहाँको हो भन्ने नखुलेका कारण अनुसन्धानमा केही कठिनाइ भएको शाहीले बताए ।
“घटना रोल्पाकै भएको पुष्टि भएपछि तुरुन्तै उनीहरूलाई पक्राउ गर्न निर्देशन दिएका थियौँ,” इन्सपेक्टर शाहीले टेकपानालाई भने । घटनास्थलमा प्रहरी टोली खटिएको र कुकुर मरेको आशंका गरिए पनि अहिलेसम्म शव फेला नपरेको जानकारी उनले दिए ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय रोल्पामा राखिएको छ । उनीहरूविरुद्ध ‘पशुपक्षीलाई निर्दयी व्यवहार गर्न नहुने’ कसुरअन्तर्गत अदालतबाट म्याद लिई थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था गरिएको छ । दफा २९० (१) अनुसार, कसैले कुनै पशुपक्षीलाई कुटपिट गर्ने, क्षमताभन्दा बढी भारी बोकाउने, सामर्थ्यभन्दा बढी दौडाउन लगाउने, रोगी वा वृद्ध पशुलाई जबरजस्ती काम लगाउने, हानिकारक वस्तु खुवाउने वा अन्य कुनै किसिमले यातना दिने वा निर्दयी व्यवहार गर्नु कानुन विपरीत छ ।
यदि यस्तो क्रूर व्यवहार गरेमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १९:३७
सामाग्री श्रोत :
टेक पाना
जुम्ला–खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्ला जिल्लावासीका समस्याको दीर्घकालीन, दिगो र प्रभावकारी समाधानका लागि संघीय सरकार पूर्णत प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाको आयोजनामा सञ्चालित संयुक्त बृहत वास सम्मेलन तथा देवारगाँउ तल्लो बस्ती पूर्ण सरसफाई उन्मुख घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली भाषाको उत्पती भएको जिल्ला इतिहासको पानामा नाम लेखाएको जुम्ला जिल्लालाई विकासमा पछि नपारिने बताए।
उनले भने,“आज म पहिल पटक देशको दुर्गम, हिमाली अनि नेपाली भाषाको उत्पती भएको जिल्ला जुम्लामा आएको छु। भौगोलिक रुपमा विगट जिल्ला भएपनि इतिहासमा यो जिल्लाको योगदान महत्वपूर्ण छ। यहाँको विकासका लागि संघीय सरकार पूर्णत: तिबद्ध छ।”
यसैगरी मन्त्री यादवले विभिन्न कला, संस्कृतिको धनी जिल्ला जुम्लाको विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने तथा यहाँका नागरिकलाई शुद्ध, स्वच्छ अनि सफा पानी वितरण गर्ने आफ्नो जिम्मेवारी भएको बताए।
उनले भने, “म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने र मधेसमा मेरो घर भएपनि कर्णालीप्रति मेरो मायाँ छ। विकासका लागि अब कर्णाली पछाडी पर्ने छैन्। म सोही अनुसार यहाँ काम गर्ने छु। कर्णाली प्रदेश पछाडि परेको छैन। कर्णाली सहित जुम्लावासीलाई प्रयाप्त वजेट विनियोजन गरिने छ।”
रु १ अर्ब २५ करोडको लागतमा निर्माण भइरहेको जुम्लाको धौलीगाढ खानेपानी आयोजना एक वर्षमै निर्माण सम्पन्न हुने मन्त्री यादवको भनाई थियो।
“जग्गाको समस्याले उक्त परियोजना निर्माणका केही ढिलाई भएको हो। उक्त परियोजनामा बजेटको कमि हुने छैन। खानेपानी मन्त्रालयले सो परियोजनामा प्रर्याप्त बजेट विनियोजन गरेको छ। ढुक्क हुनुस् एक वर्षमा यो परियोजना निर्माण सम्पन्न हुने छ,” उनले भने।
जुम्ला जिल्लामा सञ्चालनमा रहेका खानेपानीका डिपिआर परियोजना अगाडी बढेको र परियोजना सञ्चालनमा आएसँगै यहाँका नागरिकको समस्या दीर्घकालिन रुपमा समाधान हुने मन्त्री यादवले बताए।
जुम्लाका नागरिकहरुका सडकका समस्या समाधानका लागि आफुले माथिल्लो निकाय सम्म पहल चाल्ने आश्वासन दिलाए। उनले भने, “सडक कालोपत्रका लागि म सम्माननीय प्रधानमन्त्री ज्यूसँग सल्लाह गर्ने छु। यहाँका नागरिकको सडकको समस्या समाधान गर्न मैले पहल गर्ने छु।”
जुम्लाको अर्गानिक एवं पौष्टिक तत्वले भरीपूर्ण जुम्ली स्याउ अब स्वदेशमा मात्रै सिमित नभएर विदेशमा पनि निर्यात गर्नु पर्ने मन्त्री यादवको भनाई छ।
उनले भने, “हिमाली माटोको सुगन्धले भरिएको, संस्कृतिको उज्यालो ज्योति फैलिएको, जुम्ला जिल्लामा उत्पादित स्याउ अब विदेश निर्यात गराउनु पर्छ। यहाँको स्याउ देश विदेशमा चिनाउनु पर्छ।”
जुम्ला जिल्लामा सञ्चालनमा रहेका खानेपानी योजनाहरूलाई शीघ्र सम्पन्न गरी शुद्ध, सुरक्षित र भरपर्दो खानेपानी सहज रूपमा उपलब्ध गराउने वातावरण निर्माण गरिने मन्त्री यादवले प्रतिद्धता जनाएका थिए।
सोही कार्यक्रमा बोल्दै सभाको अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले संघीय सरकार र स्थानीय तहबीच गहिरो समन्वय र सहकार्यका साथ जुम्लाको समृद्धि र विकासमा नयाँ युगको सुरुवात गर्ने दृढ अठोट रहेको बताए।
उनले भने,“विकासमा पछाडि परेको कर्णालीको जुम्ला जिल्लामा असङ्ख्य स्रोत साधन छन्। जुम्लावासीको उज्यालो भविष्यका लागि संघ, प्रदेश सरकारसँग हामी सधै सहकार्य गर्नेछौँ।”
यसैगरी कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्य,सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धिताल लगायतले जुम्लाको विकासका लागि सबै एकजुट हुनु पर्ने धारणा खेका थिए।
उक्त कार्यक्रममा खानेपानीमन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाह लगायतको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ