२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग

काठमाडौं- निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। काठमाडौंमा  शिक्षकहरुको आन्दोलन चलिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका सुरु गरेका हुन् । उनीहरुका विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि एक रहेकव छ। ‘स्वास्थ्य सेवा  र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्ने,’ उनीहरुले मागको १० औं बुँदामा भनेका छन्। शुक्रबारदखि आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । शुक्रबार संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनको निर्णय छ ।यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने बताइएको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट