काठमाडौं- निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। काठमाडौंमा शिक्षकहरुको आन्दोलन चलिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका सुरु गरेका हुन् । उनीहरुका विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि एक रहेकव छ। ‘स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्ने,’ उनीहरुले मागको १० औं बुँदामा भनेका छन्। शुक्रबारदखि आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । शुक्रबार संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनको निर्णय छ ।यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने बताइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

