२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ।

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै आज सामाजिक सञ्जालमा संप्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रमा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डल आग्रह गरेको छ।

आज बोर्डले एक विज्ञप्ती जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ।

बोर्डले आज सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ।

परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखि अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साईबर कानुनअनुसार आवश्यक कारवाहीका लागि प्रकृया अगाडि बढाइएको बोर्डले विज्ञप्तीमार्फत जनाएको छ। बोर्डको वेभसाईटमार्फत् सूचना सार्वजनिक हुने हुँदा अन्य श्रोतबाट प्रवाह भएका कुनै पनि सूचनामा भर नपर्न अनुरोधसमेत गरेको छ।


सामाग्री श्रोत :

कक्षा १२ को परीक्षा स्थगित भएको छैन: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई लक्षित गर्दै आइएमई पेले यूएईको भुक्तानी सेवाप्रदायक जिंगल पेसँग साझेदारी गरेको छ ।

यस साझेदारीसँगै अब यूएईबाट नेपाल पैसा पठाउने प्रक्रिया थप सहज, छिटो र सुरक्षित हुने आइएमई पेले जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार जिंगल पे एप प्रयोग गरेर केही सेकेन्डमै यूएईबाट नेपालमा आइएमई पे वालेट वा बैंक खातामा पैसा पठाउन सकिनेछ ।

साथै ग्राहकले आकर्षक विनिमय दर पाउने र कारोबार गर्दा कुनै सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १७:३





सामाग्री श्रोत :
टेक पाना

चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गरेका छन्।चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गर्दै विकासमा एकताबद्व भएर लाग्न आग्रह गरे।

उनले भने, ‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्‍या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ । विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’

Ncell 2
Ncell 2

प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भूभाग भएको बताए।

shivam cement
shivam cement

उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए। सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन्।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नीति निर्माणमा जनआवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाम सुनिश्चित गरिने बताए।

उनले भने, ‘खानेपानी जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि बढ्नेछौँ।’

बोर्डले अघि सारेका योजनाले नागरिकको जीवनस्तर, जनस्वास्थ्य तथा वातावरणीय दिगोपनमा अतुलनीय योगदान दिएको उल्लेख गरे। ‘खानेपानी क्षेत्रको सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयलाई मेरो व्यक्तिगत प्रतिबद्धता छ’, उनले स्पष्ट पारे।

सो अवसरमा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले बोर्डले नागरिकलाई प्रत्यक्ष सेवा पुर्याउँदै आएको बताए।

बोर्डका कार्यकारी निर्देशक डा सञ्जीवबिक्रम राणाले चार सयभन्दा बढी स्थानमा वर्षा पानी संकलन प्रणाली स्थापना भई करिब एक लाख जनसङ्ख्या लाभान्वित भएको, दुई सय तीनवटा ढुंगेधारा, इनार र कुवा संरक्षण एवं पुनःउत्थानले सांस्कृतिक र सामुदायिक जलस्रोतलाई पुनर्जीवित बनाएको, ३१ स्थानमा पानी एटिएम प्रणालीमार्फत गुणस्तरीय पिउने पानी सर्वसुलभ रूपमा उपलब्ध गराइएको जानकारी दिए।


सामाग्री श्रोत :

जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिइने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनलाई दिँदै आएको सुविधा रोक्का गरेको छ । यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ईभी चार्जिङ स्टेसनलाई प्रोत्साहन दिन २०७७ सालमा विनियमावली संशोधन गरेर विशेष सुविधा व्यवस्था मिलाएका थिए ।

यसअन्तर्गत प्राधिकरणले चार्जिङ स्टेसनसम्म १ किलोमिटर दूरीसम्म निःशुल्क लाइन विस्तार गर्ने, २०० केभी क्षमतासम्मको ट्रान्सफर्मर जडान गरिदिने तथा २०० केभीभन्दा माथिको अवस्थामा हाइटेन्सन लाइन तानिदिने व्यवस्था गरेको थियो । यही सुविधाका कारण देशभर २०० भन्दा बढी स्थानमा उच्च क्षमताका ईभी चार्जिङ स्टेसन निर्माण भएका थिए ।

प्राधिकरणले निजी आवास, कार्यालयहरू, फर्म, कम्पनी, संस्था, सार्वजनिक स्थल लगायतमा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृति दिएको थियो । ​तर अहिले चार्जिङ स्टेसनको माग निकै बढेको र प्राधिकरणसँग ट्रान्सफर्मरको पनि अभाव रहेको कारण देखाउँदै हितेन्द्र देव शाक्य नेतृत्वको विद्युत प्राधिकरणले यो सुविधा रोक्का गरिदिएको हो ।

“हामीले प्रोत्साहनको लागि भनेर चार्जिङ स्टेसनमा सुविधा पुर्याउँदै आएका थियौँ । तर पछिल्लो समय चार्जिङ स्टेसन ठुलो व्यवसाय नै बन्यो र हामीले माग धान्न नसक्ने देखियो,” प्राधिकरणका निर्देशक एवं ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका प्रमुख नवराज ओझाले टेकपानासँग भने ।

प्राधिकरणले विनियमावली नै परिवर्तन गरेर यो सुविधा रोक्ने निर्णय नगरेको, तर अहिले आइरहेका मागलाई भने रोक्का गरिएको ओझाले सुनाए । उनका अनुसार अब प्राधिकरणको सञ्चालक समितिले थप छलफल गरेर यो सुविधाबारे नीतिगत निर्णय गर्नेछ । ‍

प्राधिकरणको पछिल्लो कदमसँगै नयाँ चार्जिङ स्टेसन निर्माणमा प्रभाव पर्ने देखिएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १७:४८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सञ्चारिका समूहको अधिवेशनमा उम्मेदवार बनेका ४ जनालाई नेकपा एमालेनिकटको प्रेस चौतारी नेपालले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । सँगै एमाले पार्टीको सदस्यतासमेत खारेज  गर्न भन्दै सिफारिस गरिएको छ ।

चौतारीका महासचिव हीरामान लामाले विज्ञप्ति निकाल्दै उक्त कारबाहीको जानकारी गराएका छन् । कारबाही गरिएकाहरूमा पूर्वकेन्द्रीय सचिव लोग्सरी कुँवर, पूर्वकेन्द्रीय समिति सदस्य पवित्रा सुनार, केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोग पूर्वसदस्य दीपा रेग्मी छन् ।

सञ्चारिका समूहजस्तो गैरराजनीतिक संस्थामा कांग्रेस-एमालेनिकटका पत्रकार संगठनले भागबण्डा गरेर ‘नांगो हस्तक्षेप’ गरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरूमाथि संगठनको हितविपरीत अन्य पार्टीको उक्साहटमा उम्मेदवारी दिएको आरोप लगाइएको छ ।

Ncell 2
Ncell 2

बन्दना राणा, बबिता बस्नेतलगायतका अग्रजहरुले स्थापना गरेको पत्रकार महिलाहरुको विशुद्ध गैरराजनीतिक प्रकृतिको संस्थामा यसपटक प्रेस चौतारी र प्रेस युनियनले एमाले र कांग्रेसको बनाएर राजनीति घुसाएको आरोप छ । 

अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका चौतारीले कारबाही गरेका पवित्रा सुनार र लोग्सरी कुँवरलाई माओवादीनिकट प्रेस सेन्टरले समर्थन गरेको छ । यी दुवै पदमा अब प्रेस चौतारीकै सदस्यहरुबीच प्रतिस्पर्धा हुने भएको छ । 

shivam cement
shivam cement

कांग्रेसनिकट प्रेस युनियनले पाएको महासचिव पदमा राधा खनाल निर्विरोध भइसकेकी छन् । प्रेस चौतारीकी पवन वर्षा शाहले उम्मेदवारी फिर्ता लिएसँगै खनाल निर्वाचित भएकी हुन् ।

यो संस्था नेपाली महिला पत्रकारको सहभागिता, क्षमता अभिवृद्धि, र लैङ्गिक समानताका लागि लामो समयदेखि काम गरिरहेको अग्रणी संस्था हो । यसले महिला पत्रकारहरूको पेशागत दक्षता बढाउन तालिम, कार्यशालालगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ढोरपाटन (बागलुङ)। यहाँको बागलुङ नगरपालिका–४ ढोडेनीमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ। १७ वर्षीय शिव थापा मगरको आज साँझ ४ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो।

बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याइएको थियो। अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

थापाको शवलाई शव परीक्षणका लागि अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ यादवले बताए।


सामाग्री श्रोत :

करेन्ट लागेर एकको मृत्यु

काठमाडौँ । यातायात व्यवस्था विभागले ट्याक्सीको रूपमा प्रयोग हुने सवारी साधनसम्बन्धी राष्ट्रिय मापदण्ड, २०७९ अन्तर्गत विद्युतीय (हाइड्रोजन फ्युल सेल सहित) सवारी साधनलाई पनि ट्याक्सीको रूपमा प्रयोग गर्न अनुमति दिएको छ । विभागले नयाँ मापदण्डमार्फत विद्युतीय ट्याक्सीलाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा वर्गीकरण गरेको छ ।

मापदण्डअनुसार साधारण ट्याक्सीका लागि ४० किलोवाट वा सोभन्दा माथिको मोटर पावर, ६५ न्युटन मिटर वा सोभन्दा माथिको मोटर टर्क, २३०० एमएमको ह्विलबेस र १६० लिटरको बुट स्पेस हुनुपर्नेछ ।

विशेष ट्याक्सीका लागि ५० किलोवाट वा सोभन्दा माथिको मोटर पावर, ८० न्युटन मिटर वा सोभन्दा माथिको मोटर टर्क, २५०० एमएम वा सोभन्दा माथिको ह्विलबेस र २०० लिटरको बुट स्पेस आवश्यक हुने व्यवस्था गरिएको छ ।

साथै, टच स्क्रिन डिस्प्ले, अगाडि र पछाडि विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल तथा जाडो, गर्मी सबै मौसमका लागि उपयुक्त वातानुकूलन प्रणालीसमेत अनिवार्य गरिएको छ ।

विशिष्ट ट्याक्सीका लागि भने १०० किलोवाट वा सोभन्दा माथिको मोटर पावर, १७० न्यूटन मिटर वा सोभन्दा माथिको मोटर टर्क, २७०० एमएम वा सोभन्दा माथिको ह्विलबेस र ४०० लिटर वा सोभन्दा माथिको बुट स्पेस हुनुपर्नेछ ।

अन्य सुविधामा विद्युतीय स्विचबाट झ्याल खोल्ने-बन्द गर्ने व्यवस्था, हावाको गुणस्तर नियन्त्रक सहितको स्वचालित वातानुकूलन प्रणाली, पछाडिको सिटमा पनि एसी, हेडरेस्ट, आर्मरेस्ट, कप होल्डर, मोबाइल तथा अन्य विद्युतीय उपकरण चार्ज गर्न डीसी वा एसी पावर आउटलेट र वाई-फाई सुविधा व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

यातायात व्यवस्था विभागले तयार पारेको यो मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृत भई बिहीबारदेखि लागू भएको मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले जानकारी दिइन् । उनको भनाइअनुसार अब ट्याक्सी व्यवसायीहरूले आफ्नो ट्याक्सीको वर्गअनुसार विभागमा दर्ता गराउन सम्पर्क गर्न सक्नेछन् ।


पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १८:५८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – दाङको लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ।

कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन्। 

Ncell 2
Ncell 2

अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ।

shivam cement
shivam cement

दुर्घटनामा परेर १५ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम छ भने ७ जनाको अवस्था सामान्य छ।

अहिले प्रहरीले उद्धारको काम गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

अमेरिका- एक नयाँ औषधिले पार्किन्सन रोगको उपचारमा आशाजनक नतिजा देखाएको छ, जसले अनावश्यक साइड इफेक्टहरूलाई न्यून गर्न सफल भएको छ।तवापाडोन नामक यो एकदिनमा एकपटक लिइने चक्कीले ती बिरामीहरूका लक्षणहरू (जस्तै कडकपन, समन्वयमा समस्या, काँपिने लक्षण र गतिविधि)मा लामो समयसम्म राहत दिएको पाइयो, जो दैनिक कम्तिमा ४०० मिग्रामा लेभोडोपा लिइरहेका थिए र जसले ‘मोटर फ्लक्चुएसन’ अनुभव गरिरहेका थिए। मोटर फ्लक्चुएसन भन्नाले त्यो अवस्था जनाइन्छ, जब औषधिको प्रभाव घट्न थाल्छ र लक्षणहरू पुनः देखा पर्न थाल्छन्।अहिलेसम्म लेभोडोपा पार्किन्सन रोगका बिरामीहरूका लागि मुख्य उपचारका रूपमा प्रयोग हुँदै आएको छ। यो औषधि मस्तिष्कमा गएर डोपामिन मा परिवर्तन हुन्छ र डी२/डी३/डी४ डोपामिन रिसेप्टरहरूमा असर गर्छ। तर यस औषधिले निन्द्रासम्बन्धी समस्या, भ्रम, व्यवहारसम्बन्धी समस्या, तौल बढ्ने, खुट्टा सुन्निने र रक्तचाप परिवर्तन जस्ता साइड इफेक्टहरू निम्त्याउने गरेको पाइन्छ।तर अध्ययन अनुसार, तवापाडोनले डोपामिनको नक्कल गर्ने काम गर्छ र डी१/डी५ रिसेप्टरहरूमा लक्षित हुन्छ, जसले लेभोडोपाजस्तै लाभ पुर्‍याउँछ तर बिना ती साइड इफेक्ट।डा. ह्युबर्ट एच. फर्नान्डेज, जो क्लिभल्यान्ड क्लिनिकको सेन्टर फर न्युरोलोजिकल रिस्टोरेसन का निर्देशक हुन् र अध्ययनका प्रमुख लेखक पनि हुन्। उनी भन्छन्. ‘यो बिरामीहरूलाई मोटर फ्लक्चुएसनका लक्षणहरू घटाउन नयाँ विकल्प दिन्छ, जुन लेभोडोपाले मध्यमदेखि गम्भीर अवस्थामा पुर्‍याउँछ।’उनका अनुसार यो अन्तर्राष्ट्रिय, बहु-केंद्रित महत्त्वपूर्ण परीक्षणमा तवापाडोन प्रयोग गरिएका बिरामीहरूलाई ‘अन टाइम’ (औषधिको असर भइरहने समय) बढी र ‘अफ टाइम’ (औषधिको असर घट्ने समय) कम भएको देखियो। हालैको अनुसन्धानले पार्किन्सन रोगका केसहरू सन् २०५० सम्ममा तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ, जसले विश्वभर २५ मिलियन मानिसहरूलाई असर पार्न सक्छ।अनुसन्धानकर्ताहरूले जनाए अनुसार, ८० वर्ष र सोभन्दा माथिको उमेर समूहमा सबैभन्दा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ, र यो उमेर समूहमा पार्किन्सन रोगका केसहरू सन् २०५० सम्ममा १९६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट