२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

आवासी चिकित्सकलाई आठौं तह बराबरको निर्वाह भत्ता अविलम्ब उपलब्ध गराउन चिकित्सक संघको अपिल

काठमाडौं- नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरुलाई आठौं तह बराबरको निर्वाह भत्ता अविलम्ब उपलब्ध गराउन निजि मेडिकल कलेजहरुलाई अपिल गरेको छ।  आवसिय चिकित्सकहरु आन्दोलनमा ऐक्यबद्धता दोहोर्‍याउँदै आन्दोलनमा सहभागिको हाजिर रोक्ने, फेल गराउने धम्कि दिने, कार्बाही गर्ने वा अन्य कुनै पनि प्रकारको मानसिक यातना दिने कार्यलाई नेपाल चिकित्सक संघ निन्दा गरेको छ। आयोगको १६ औं र १७ औं बैठकको निर्णयको कार्यान्वयनका सन्दर्भमा बसेको १८ औं बैठकले, १७ औं बैठकमा भएको निर्णयको कार्यान्वयनका सम्बन्धमा अध्ययन गर्नका लागि कार्यदल बनाएको बताउँदै १० दिन भित्र प्रतिवेदन सार्वजनिक गरी, मिति २०८२ वैशाख १५ गते भित्र अर्को बैठक बसेर छलफल गर्ने निर्णय भएको समेत उल्लेख गरेक छ। साथसाथै सोहि बैठकले सरकारी र निजि मेडिकल कलेजको स्नातकोत्तर तहको म्याचिङ प्रकृया एकै पटक अगाडि बढाउने निर्णय पनि गरेको थियो।संघले सोही विषयमा छलफल गर्न शुक्रबार ३ बजे बैठ बोलाएको छ। पूर्व पदाधिकारी, वर्तमान पदाधिकार तथा सरोकारवालालाई उपस्थितिका लागि अनुरोध गरेको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट