काठमाडौं- नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरुलाई आठौं तह बराबरको निर्वाह भत्ता अविलम्ब उपलब्ध गराउन निजि मेडिकल कलेजहरुलाई अपिल गरेको छ। आवसिय चिकित्सकहरु आन्दोलनमा ऐक्यबद्धता दोहोर्याउँदै आन्दोलनमा सहभागिको हाजिर रोक्ने, फेल गराउने धम्कि दिने, कार्बाही गर्ने वा अन्य कुनै पनि प्रकारको मानसिक यातना दिने कार्यलाई नेपाल चिकित्सक संघ निन्दा गरेको छ। आयोगको १६ औं र १७ औं बैठकको निर्णयको कार्यान्वयनका सन्दर्भमा बसेको १८ औं बैठकले, १७ औं बैठकमा भएको निर्णयको कार्यान्वयनका सम्बन्धमा अध्ययन गर्नका लागि कार्यदल बनाएको बताउँदै १० दिन भित्र प्रतिवेदन सार्वजनिक गरी, मिति २०८२ वैशाख १५ गते भित्र अर्को बैठक बसेर छलफल गर्ने निर्णय भएको समेत उल्लेख गरेक छ। साथसाथै सोहि बैठकले सरकारी र निजि मेडिकल कलेजको स्नातकोत्तर तहको म्याचिङ प्रकृया एकै पटक अगाडि बढाउने निर्णय पनि गरेको थियो।संघले सोही विषयमा छलफल गर्न शुक्रबार ३ बजे बैठ बोलाएको छ। पूर्व पदाधिकारी, वर्तमान पदाधिकार तथा सरोकारवालालाई उपस्थितिका लागि अनुरोध गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

