२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

एमाले नेता सूर्य थापालाई ‘रुपन्देही नआऊ’ भन्दै धम्कीपूर्ण मेसेज गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापालाई धम्कीपूर्ण सन्देश पठाउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ११ सालझण्डीका २९ वर्षीय पुरुष रहेका छन् ।

थापाले शुक्रबार फेसबुकमा एक पोस्ट राख्दै आफुलाई ‘Life on threat cancel Rupandehi’ (ज्यान खतरामा छ, रुपन्देहीको यात्रा रद्द गर) भनेर धम्कीपूर्ण एसएमएस पठाउने व्यक्ति पक्राउ परेको जानकारी दिएका छन् । साथै उनले नेपाल प्रहरीलाई पक्राउ र अनुसन्धानका लागि धन्यवाद समेत दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले पनि मेसेजमार्फत धम्की दिने व्यक्ति पक्राउ परेको पुष्टि गरे । हाल अनुसन्धान भइरहेको हुँदा थप विवरण पछि खुलाउने उनले जनाए ।


पछिल्लो अध्यावधिक: चैत २९, २०८१ १७:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट