काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापालाई धम्कीपूर्ण सन्देश पठाउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ११ सालझण्डीका २९ वर्षीय पुरुष रहेका छन् ।

थापाले शुक्रबार फेसबुकमा एक पोस्ट राख्दै आफुलाई ‘Life on threat cancel Rupandehi’ (ज्यान खतरामा छ, रुपन्देहीको यात्रा रद्द गर) भनेर धम्कीपूर्ण एसएमएस पठाउने व्यक्ति पक्राउ परेको जानकारी दिएका छन् । साथै उनले नेपाल प्रहरीलाई पक्राउ र अनुसन्धानका लागि धन्यवाद समेत दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले पनि मेसेजमार्फत धम्की दिने व्यक्ति पक्राउ परेको पुष्टि गरे । हाल अनुसन्धान भइरहेको हुँदा थप विवरण पछि खुलाउने उनले जनाए ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८१ १७:३८
सामाग्री श्रोत :
टेक पाना