२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

संसद्‌मा राजेन्द्र लिङ्देनको गर्जन: राजावादी यहाँ छ, सक्छौ भने जेल हाल

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।

Ncell 2
Ncell 2

लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ।’

shivam cement
shivam cement

संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको थियो । यसअघिका सदनमा पनि माओवादी र एमालेका सांसदहरुले संसद्‌मा राजतन्त्र शब्द प्रयोगसम्म पनि प्रतिबन्ध लगाउन माग गरेका थिए । 

आज भने राजावादीलाई थुन्नुपर्ने माग उठेपछि लिङ्देन जंगिएका हुन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?