२०८२ भाद्र १५ आईतवार
LATEST NEWS
२०८२ भाद्र १५ आईतवार

एकीकृत समाजवादीको कार्यालयमा एमाले महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय निरीक्षण गरेका छन्।

आलोकनगरस्थित कार्यालयमा पुगेर शुक्रबार पूर्वराजा समर्थित आन्दोलनकारीले तोडफोड तथा क्षतिबारे जानकारी लिन उनी आज त्यहाँ पुगेका हुन्।

घटनाबारे जानकारी लिएपछि महासचिव पोखरेलले उक्त घटनाको निन्दा गर्दै मुलुकका भौतिक संरचना, राजनीतिक दल, सञ्चारगृहमाथि अराजक समूहले गरेको आक्रमण लोकतन्त्रविरुद्ध रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले पनि एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर घटनाक्रमबारे जानकारी लिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। आन्दोलनकारीले ढुङ्गामुढा तथा आगजनी गर्दा भवनका अधिकांश सिसा फुटेका, फर्निचर तथा महत्वपूर्ण कागजात जलेका छन्।


सामाग्री श्रोत :

एकीकृत समाजवादीको कार्यालयमा एमाले महासचिव पोखरेल

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट