२०८२ बैशाख ५ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख ५ शुक्रबार

नेपालमा भारतीय मोबाइल चलाउन सिग्नल बुस्टर प्रयोगमा, भेटिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

 

काठमाडौं । नेपालका सीमावर्ती क्षेत्र समेतका केही स्थानहरूमा भारतीय मोबाइल सेवा चलाउन अवैध रूपमा मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर प्रयोग भइरेको भन्दै नियामकले कारबाहीको चेतावनी दिएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले यस किसिमको कार्यमा संलग्न रहेको पाइए दूरसञ्चार ऐन अनुसार कारबाही हुने भन्दै सचेत गराएको हो ।

“नेपालका केही स्थानहरूमा विदेशी दूरसञ्चार सेवा प्रदायकहरूको सेवा प्रयोग गर्न सिग्नल स्ट्रेन्थ बढाउने गरी मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर प्रयोग भइरहेको भन्ने बुझिन आएको छ,” सूचनामा भनिएको छ, “उक्त कार्य रेडियो ऐन, २०१४ को दफा ३ तथा दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरीतको कार्य भएकोले त्यस्तो कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”

मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायरको प्रयोग गरेको पाइएमा दूरसञ्चार ऐन २०५३ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने भन्दै नियामकले चेतावनी समेत दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८१ १९:२४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट