२०८१ चैत्र २३ शनिबार
LATEST NEWS
२०८१ चैत्र २३ शनिबार

कञ्चनपुर । कञ्चनपुरमा सुनका गहना चोरी गर्ने ४ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–७ हल्दुखालका केशबसिंह महराको घरबाट सुनका गरगहना चोरी गर्ने ४ जनालाइ कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

यहीँ चैत्र १२ गते केशबसिंह महराको घरबाट छड्के तिलहरी १ थान, मंगलसुत्र ३ थान, काँटा २ थान,नागिन माला १ थान, सुनको चन्द्रमा १ थान, गलोबन्द १ थान, कानमा लगाउने झुम्का थान २ चाँदीको औंठी १ थान लगायतका गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त चोरीमा संलग्न कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ३० वर्षीय राहुल चन्द, सोही ठाउँका २६ वर्षीय अमित खत्री, २१ वर्षीय चक्र सुनार र १८ वर्षीय महेन्द्र नायकलाइ प्रहरीले पक्राउ गरेको छ। साथै उक्त चोरीका गहना खरिद गर्ने निङ्लासैनी सुनचाँदी पसलका सञ्चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३५ वर्षीय नविन पौडेल र सोही ठाउँकी ३२ वर्षीया इसा पौडेललाइ पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेकाहरुमाथी जिल्ला अदालत कञ्चनपुरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जनाइएको छ।


सामाग्री श्रोत :

चोरीका गहनासहित चार जना पक्राउ

काठमाडौँ । मेटाले आफ्ना सामाजिक सञ्जाल फेसबुक एउटा नयाँ फ्रेन्ड्स ट्याब थप गरेको छ । कम्पनीका अनुसार यो ट्याब प्रयोगकर्ताका साथीहरूको स्टोरी, रिल्स, पोस्ट, जन्मदिन र अन्य चीजहरू हेर्नको लागि सबैभन्दा राम्रो ठाउँ हुनेछ ।

यसको मतलब यी सबै चीजहरू हेर्नको लागि तपाईँले विभिन्न ट्याबहरूमा नेभिगेट गर्नुपर्ने छैन । अब तपाईँ सजिलैसँग एकै ट्याबमा धेरै कुराहरू हेर्न सक्नु हुनेछ ।

यो इन्स्टाग्रामको फिचर जस्तै ‘फ्रेन्ड्स’ ट्याब हो । फेसबुकको मेन फिडमा जहाँ फलो गरिएका पेजका पोस्टहरू र अन्य एल्गोरिदमले सुझाउने कन्टेन्ट देखिन्छन् । जब कि यो नयाँ ‘फ्रेन्ड्स’ ट्याबमा केवल तपाईँका साथीहरूको सूचीमा रहेका मानिसहरूका पोस्टहरू मात्र हुनेछन् र सिफारिस गरिएका कन्टेन्टहरूलाई फिल्टर गरिनेछ ।

यो इन्स्टाग्रामको ‘फलोइङ’ र ‘क्लोज फ्रेन्ड्स’ फिड जस्तै देखिन्छ । जसले केवल तपाईँले फलो गरिरहनु भएका पेजहरू वा तपाईँको क्लोज फ्रेन्ड्स सूचीमा थपिएका साथीहरूका पोस्ट, रिल र स्टोरीहरू देखाउँछ ।

यो नयाँ ट्याब अहिले क्यानडा र अमेरिकामा मात्र उपलब्ध छ । पहिले फ्रेन्ड्स ट्याब फ्रेन्ड रिक्वेस्ट र ‘पिपुल यु मे नो’ हेर्नको लागि काम आउँथ्यो । मेटाका अनुसार यो परिवर्तन फेसबुकको नयाँ अभियानको हिस्सा हो, जसको उद्देश्य वर्षभरि धेरै ‘ओजी’ अनुभवहरूलाई फिर्ता ल्याउनु हो । यद्यपि कम्पनीले चाँडै नै फ्रेन्ड्स ट्याबलाई केही समयपछि अन्य क्षेत्रहरूमा पनि रोल आउट गर्ने बताइएको छ । तर मेटाले यो कहिलेसम्म सबै ठाउँमा रोल आउट हुन्छ भन्ने बारेमा कुनै समयसीमा शेयर गरेको छैन ।

यद्यपि तपाईँ अहिले पनि आफ्ना साथीहरूको मात्र फिड हेर्न चाहनु हुन्छ भने त्यसका लागि केही कस्टमाइज गर्न सक्नु हुन्छ । यसका लागि सबैभन्दा पहिला मोबाइल एपबाट माथि दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल आइकनमा जानुहोस् र सेटिङ एन्ड प्राइभेसी भित्र प्रवेश गर्नुहोस् ।

अब त्यहाँ रहेको सेटिङ्समा थिचेर केही तल रहेको प्रिफरेन्सेस अन्तर्गतको ट्याब बारलाई छान्नुहोस् । माथि रहेको कस्टमाइज द बार अप्सनमा दबाउनु होस् अनि अभाइलेबल ट्याब अन्तर्गत फ्रेन्ड्सको पछिल्तिर रहेको टोगलमा थिचेर पिनको अप्सन छान्नुहोस् ।

यति गरिसकेपछ अब तपाईँले फेसबुकको मेन फिडबाट पुनः आफ्नो प्रोफाइल आइकनमा ट्याप गरिसकेपछि फिड्सभित्र रहेको फ्रेन्ड्स ट्याबमा एक्सेस बनाउन सक्नु हुन्छ । जहाँ तपाईँको फ्रेन्ड्स लिस्टमा भएका व्यक्तिहरूका पोस्ट मात्र देखिनेछन् । 

 

पछिल्लो अध्यावधिक: चैत १७, २०८१ १६:५७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागितबारे आइतबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श छलफल भएको छ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राख्नुभएको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम् हितमा उपयोग गर्न सुझाव दिइएको छ।

छलफलमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति र क्षेत्रीय सहकार्यका लागि प्रयासरत रहने स्पष्ट गर्दै अरुको हितप्रति संवदेशनशील हुँदै नेपालको हितका लागि भ्रमणलाई उपयोग गर्ने जानकारी गराए।

Ncell 2
Ncell 2

प्रधानमन्त्री ओली यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरु उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ, डा भेषबहादुर थापा, रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, नारायणप्रकाश साउद, डा विमला राई पौड्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए।

shivam cement
shivam cement

थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

कञ्चनपुर । बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई आज नियन्त्रणमा लिइएको छ।

खेतको बिचको नाला रहेको क्षेत्रमा प्राविधिक टोलीले डार्ट (बेहोस) गरी बाघलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ। बाघको स्वास्थ्य अवस्था जाँच गरी सोमबार सुरक्षित बासस्थानमा छाडिने कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए।

डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो। शुक्रवार टेङ्ढुवा गाउँमा बाच्छोलाई बाघले खाएपछि खोजीकार्य सुरु गरिएको थियो। ड्रोन क्यामेराको प्रयोग गरी खोजी गर्दा गहुँको खेतमा सुतेको अवस्थामा बाघ देखा परेपछि  निगरानी गर्न थालिएको थियो।

‘आज बिहान पुनः बाघको खोजी गर्न थाल्यौँ’, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक सुभन मल्लले भने, ‘हात्तीको सहायताले बाघलाई डार्ट गरेपछि नियन्त्रणमा लिएका हौँ।’

केही महिनाअघि दोधारा चाँदनी क्षेत्रबाट नरभक्षी बाघलाई उखु खेतबाट प्राविधिकले डार्ट गरी नियन्त्रणमा लिएका थिए। सो बाघ हाल बर्दिया राष्ट्रिय निकुञ्जको सुधारगृहमा राखिएको छ। गत वर्ष बेलौरी क्षेत्रबाटै  बाघलाई प्राविधिकको टोलीले नियन्त्रणमा लिएर सदर चिडिया खाना पठाएको थियो। रासस


सामाग्री श्रोत :

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको भन्ने सूचना गलत समाचार राख्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी झुटो रहेको र यस किसिमको अफवाह फैलाउनलेलाई कानुनी दायरामा ल्याइने बताइएको हो । 

विज्ञप्तिमा भनिएको छ, “मृतकको पोस्टमार्टम रिपोर्ट नै आइनसकेको अवस्थामा सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाइएको छ ।” १५ चैत २०८१ मा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिएको थियो । 

नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईं अगुवाइमा भएको उक्त प्रदर्शनका क्रममा आयोजक र समर्थकहरूले हिंसात्मक तोडफोड, आगजनी जस्ता आपराधिक गतिविधि गरेको प्रहरीको भनाइ छ । तीनकुनेस्थित एक घरमा मानिस भित्रै भएको अवस्थामा आगजनी गर्दा एभिन्युज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।

प्रहरीले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । साथै, घटनाबारे वास्तविकता नबुझी सामाजिक सञ्जालमा गलत र भ्रामक समाचार सम्प्रेषण गर्ने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ ।

यसअघि टेकपाना फ्याक्टचेकले पनि उक्त सूचना झुटो रहेको पत्ता लगाएको थियो । आइतबार नै टेकपानामा ‘टेकपाना फ्याक्टचेकः पोस्टमार्टम नहुँदै सुरेश रजकलाई गोली लागेको भन्दै फेसबुक पेजले फैलाएको खबर झुटो’ शीर्षकको फ्याक्टचेक प्रकाशित गरेको थियो । 

उक्त फ्याक्टचेकले पोस्टमार्टमको काम सुरु नहुँदै सामाजिक सञ्जालमा सोको रिपोर्टमा गोली लागेको देखिएको भन्दै फैलाएको सूचना झुटो भएको निष्कर्ष निकालेको थियो । त्यस क्रममा उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको र परिवारको सहमति नहुँदा पोस्टमार्टम नै हुन नसकेको पाइएको थियो ।

 

पछिल्लो अध्यावधिक: चैत १७, २०८१ १८:४८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन्।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका हुन्। मन्त्रालयको यस तयारीलाई अर्थ मन्त्रालयले सहमति समेत दिइसकेको छ।

यसले स्वास्थ्य बीमा बोर्डलाई थप श्रोत प्राप्तिका लागि समेत बाटो खुलेको छ। हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयश्रोत बनेको थियो।

Ncell 2
Ncell 2

यस निर्णयसँगै कोषमा केही रकम थप हुने देखिएको छ। स्वास्थ्य बीमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो, मन्त्री पौडेलले भने, हामीले यस कोष बलियो पार्नका लागि सानो बिन्दुबाट सुधार थालेका हौं। मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य सरकारले अघि बढाउने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रगतिशिल प्रिमियम, राज्यका विभिन्न स्वास्थ्य बीमा योजनाको रकमका अतिरिक्त सरकारले दिंदै आएको उपचार सहायता तथा विभिन्न तहका सरकारका नागरिक उपचार सहायतासमेत थपेर कोष बलियो पार्न सकिने राय राख्दै आएका छन्।

shivam cement
shivam cement

मन्त्री पौडेलले बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै राज्यबाट वेतन खाने कर्मचारीहरुको तलबको एक प्रतिशत कर्मचारी र बाँकी एक प्रतिशत राज्यले दिनुपर्ने र स्वास्थ्यमा असर पर्ने पदार्थको करको रकम कोषमा जाने व्यवस्था मिलाउन सकिने बताउँदै आएका छन्।

स्वास्थ्य बीमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान दिने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

चितवन– भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमएसी) बालरोगको उपचारका लागि रिफरल सेन्टर बन्न थालेको छ। कलेजले बालरोगलाई प्राथमिकतामा राखेर उपकरण, भौतिक संरचना र जनशक्तिको जोहो गरेपछि बालरोगको विशेषज्ञ सेवाका लागि काठमाडौं रिफर हुने क्रममा न्युनता आएको छ।चितवन वरीपरिका जिल्लाबाट सीएमएसीमा रिफर हुने क्रम बढ्दो छ। अहिले गोर्खा, मकवानपुर, लमजुङ, तनहुँ र भरतपुरका अन्य सेन्टरबाट रिफर भएर आउने बिरामीको संख्या बढी छ। पूर्वपश्चिम राजमार्गको केन्द्रमा रहेको अस्पतालमा देशका अन्य भागबाट आएका बिरामी समेत छन्। बालबालिकाको स्वास्थ्यलाई केन्द्रमा राखेर सेवा दिने अस्पतालको योजनाले पूर्णता पाउँदै गएको छ। बालरोग विशेषज्ञ, बालरोग शल्यचिकित्सक, बाल एनेस्थेसियोलिजिस्ट, बाल मुटुरोग विशेषज्ञ, बाल हाडजोर्नी विशेषज्ञलगायतको टिम अहिले अस्पतालमा रहेको सूचना अधिकारी पारस अधिकारी बताउँछन्।  अस्पतालमा बालरोगमै केन्द्रीत उपचारमा सक्रिय रहनेमा  डा अजितकुमार मिश्र (पेडियाट्रिक कार्डियोलोजी), डा प्रवेश कुमार ज्ञवाली (पेडियाट्रिक एनेस्थेसियोलोजी), डा अनिल आचार्य (कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी), डा प्रकृति गिरि (पेडियाट्रिक सर्जरी एन्ड पेडियाट्रिक युरोलोजी),  डा स्वेच्छा अधिकारी (पेडियाट्रिक फिजिसियन), डा सौगात केसी (पेडियाट्रिक अर्थोपेडिक्स), डा विराज पराजुली (पेडियाट्रिक इन्टेन्सिभिस्ट) रहेका छन्।अस्पतालको पेडियाट्रिक वार्डमा १८ बेड छन्। पेडियाट्रिक आइसियुमा १५ बेडमा ५ भेन्टिलेटरसहित र नियोनेटल आइसियुमा २० बेडमा ३ भेन्टिलेटरसहित सुविधा रहेको अस्पतालले जनाएको छ।  नर्सरी युनिट १२ बेड, पेडियाट्रिक सर्जरी युनिट ८ बेडको रहेका छन्।२०६५ सालमै पेडियाट्रिक ओपीडी सुरु गरेको अस्पतालमा अहिले वार्षिक ४०० जना भन्दा बढी बालबालिलाई मेजर शल्यक्रिया सेवा नै दिइरहेको सूचना अधिकारी पारस अधिकारी बताउँछन्।  रिफरल सेन्टरका रुपमा स्थापित अस्पतालले बालरोगमा टिम बनाइनसक्दा प्राय: बालबालिका उपचारका लागि काठमाडौं जाने संस्कृति जस्तै रहेको अस्पतालका पेडियाट्रिक इन्टेन्सिभिस्ट डा विराज पराजुली बताउँछन्। अहिले रिफर गर्ने कार्य बन्द भएको उनले बताए। तर, थप गुणस्तरीय उपचारको अपेक्षामा चितवनका काठमाडौं, काठमाडौंका दिल्ली र दिल्लीका बिरामी बैंकक जाने प्रक्रिया स्वभाविक रहेको उनले बताए। पेडियाट्रिक कार्डियोलोजिस्ट डा अजितकुमार मिश्रका अनुसार अहिले बिरामीका आफन्तले काठमाडौंमा बुझेर समेत यहीँ उपचार गर्ने क्रम बढ्दो छ। डा मिश्रका अनुसार कतिको समस्या निदान गरेर उपचार गर्दा समेत ‘काठमाडौं बाहिरलाई पत्याउने’ बानी हुँदैन। त्यस्ता थुप्रै केस उनले फलोअपमा भेटेका छन्। उनले भने, ‘यहीँ इको गरियो, समस्या देखिन्छ। औषधि खानु, समय आएपछि थप उपचार गरौंला भनेर पठाउँछौं। १२ बजे हामीले यहाँ त्यस्तो भन्छौं तर दिउसो २ बजे गंगालालमा लाइन लागेको हुन्छ। त्यहाँ गएपछि चितवनका डा’साबले ठिकै सल्लाह दिनुभएको हो भन्नहुन्छ । त्यसपछि फलोअपमा यहीँ आउनुहुन्छ।’यसले अस्पताल र आफूहरुले दिएको सेवाप्रति भरोसा बढाएको उनी बताउँछन्।  उनी भन्छन्,  ‘हामी बिरामीको अवस्था बताउँछौं। बिरामी गम्भीर हुन्छ । उहाँहरु काठमाडौंमा पनि बुझ्नुहुन्छ। त्यसपछि फेरि यहीँ गराउनुहुन्छ। हाम्रो तर्फबाट रिफर शून्य छ। उपचारपछि थप विशेषज्ञ सेवाका लागि अन्यलाई देखाउन भनेरचाहिँ भन्छौं।’ जटिल समस्याको समाधानअस्पतालले चितवन र आसपासबाट बालरोगमा विशेषज्ञ सेवाका लागि काठमाडौं जानैपर्ने बाध्यताको अन्त्य मात्रै गरेको छैन, जटिल आकस्मिक अवस्थालाई समेत त्यहीँ ब्यवस्थापन गरेको छ। अस्पताल बाल एनेस्थेसियोलोजिस्ट डा प्रवेश कुमार ज्ञवालीका अनुसार केही समयअघि भरतपुर अस्पतालमा आएकी एक गर्भवती महिलाको पेटमा रहेको बच्चाको जन्मजात आन्द्रा बाहिर निस्किएको थियो। अस्पतालले सीएससीमा रिफर गर्यो । ‘ती महिलाको सीएमसीमा डेलिभरी यहीँ गरियो । ४५ मिनटमा हामीले यहाँ अप्रेसन गर्यौंर। त्यो तहको बच्चालाई बेहोस गर्न विशेष सीप चाहिन्छ । पेडियाट्रिक एनेस्थेसिया पढेको र काम गरेको अनुभवबाट हामीले उनलाई जोगायौं,’ उनले भने। पाँच वर्ष शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र एनेस्थेसियोलोजिस्टाका रुपमा पाँच वर्ष काम गरेका उनले त्यसपछि पेडियाट्रिक एनेस्थेसिया पढेका हुन्।सर्जन डा प्रकृति गिरिका अनुसार यस्तो अवुथामा आन्द्रा जति बाहिर एक्सपोज भयो त्यति नै चिसो भएर जान्छ। बच्चा जन्माएर काठमाडौं लैजानुपर्ने अवस्था आएको भए नतिजा अप्रिय पनि आउन सक्थ्यो। तर, अस्पतालले सेवा सुरु गरेका कारण जोगाउन सकिएको बताउँछिन्।अस्पतालले पछिल्लो यस्ता धेरै बिरामीको उपचार गरेको छ। जो भरतपुर आसपासका अस्पताल तथा जिल्लाबाट रिफर गरिएका छन्। केही समयअघि डा अनिल आचार्यको नेतृत्वमा मुटुको प्वाल टाल्ने उपचार सेवा यही सेन्टरबाट दिइएको डा मिश्र सम्झिन्छन्। ‘छाति नचिरी मुटुको प्वाल बन्द गर्ने जनशक्ति र उपचार प्रणाली हामीसँग छ। हाम्रो टिम ठूलो र होलिस्टिक छ। सघन उपचारदेखि जटिल अप्रेसनसम्म गर्न सकिन्छ। गर्दै गइरहेका छौं। अहिलेसम्मको काम उत्साहजनक छ।’सरकारको केन्द्रीकृत मानसिकताका अप्ठ्याराचिकित्सकहरु आफैं काठमाडौं उपत्यकाबाहिर पनि सेवा जरुरी रहेको महशुस गर्न थालेका छन्। जसले गर्दा काठमाडौंबाहिरका धेरै सहरमा विशेषज्ञ चिकित्सक उपलब्ध हुन थालेका छन्। सरकार आफैं भने अलमिलरहेको महशुस काठमाडौं बाहिर काम गर्ने यी चिकित्सकहरुको रहेको छ। बालरोगकै कुरा गर्दा सरकारले जन्मजात मुटुको समस्या रहेका बालबालिकाको नि:शुल्क उपचार सेवा काठमाडौंकेन्द्रीत गरेको छ । गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मात्रै उक्त सहुलियत दिँदा बाहिरका बिरामीले दु:ख मात्र पाइरहेका छैनन्, ज्यान नै तलमाथसि हुने अवस्था छ। पेडियाट्रिक इन्टेन्सिभिस्ट डा विराज पराजुली यही कारणले केही समयअघि मात्रै भरतपुरको एउटा बच्चा गुमाइएको बताउँछन्। उनले सम्झिए,  ‘बच्चा जन्मिदाखेरि नै निलो भएको थियो। भरतपुर अस्पतालबाट काठमाडौं पठाइएको रहेछ । मुटुको समस्या थियो । उमेरसँगै समस्या बढ्दै जाने हुन्छ। दुई वर्षको उमेर भएको थियो । सर्जरी गर्न जाने तर त्यहीबेला अर्को कुनै समस्या हुने गरेछ । अर्को उपचारमा पैसा सकिएर फर्किने गर्दा रहेछ । चारपाँच पटकसम्म गंगालाल पुगेर फर्किने गर्दागर्दै ती बच्चाको ज्यान गएछ।’उनका अनुसार वर्षमा ८ हजार यस्ता बच्चाहरु मुटुको सर्जरी गर्नुपर्ने हुन्छ । उनको प्रश्न छ- गंगालालमा सरदर ५  सय बच्चाको सर्जरी हुँदा बाँकीको अवस्था के हुन्छ? बालरोग विशेषज्ञ बनेपछि काठमाडौंमै डेढ वर्ष काम गरेकी डा स्वेच्छा अधिकारी उपत्यका बाहिरबाट जाँच कान्तिलगायत भनेर पठाइन्छन्। ‘तर, कान्ति अस्पतालले लोड धान्न सक्दैन। त्यसपछि फेरि आफ्नै नजिक भएको सेन्टर बराबर समेत सेवा नभएको निजी अस्पताल समेत पुगेर दु:ख पाएको देखिएको छ,’ उनले अनुभव सुनाइन्,  ‘यो सेन्टरमा पूर्वपश्चिमबाट काठमाडौं जाने आएकाहरु पनि बिचमै गाह्रो भएर यहाँ पुगेका छन्। हामीले उहाँहरुलाइ निको बनाएर पठाएका छौं।’ चितवनमा सन्तुष्ट काठमाडौंका चिकित्सकअस्पतालमा कार्यरत अधिकांससँग काठमाडौंका नाम चलेका अस्पतालमा काम गरेको अनुभव हासिल गरेको अनुभव छ। विशेषज्ञ सेवा उपत्यका बाहिर पनि विस्तार हुँदै जानुपर्ने भावना र आफ्नो दक्षताको पूर्ण प्रयोग गर्न सकिने सम्भावना देखेर चितवन आइपुगेको उनीहरु बताउँछन्। पेडियाट्रिक सर्जन डा प्रकृति गिरि आफू चितवनमा सेवा दिइरहँदा निकै सन्तुष्ट रहेको बताउँछिन्। उनले भनिन्,  ‘बिरामी रोक्न पाएकोमा सन्तुष्टि छ । सेवा दिन पाएकोमा सन्तुष्ट छौं। चितवन र आसपासका लागि बाल रोगको उपचार सेवा यो तहमा पुर्यािउन सकिएकोमा सन्तुष्ट छौं।’मेडिकल कलेजमै कार्यरत पेडियाट्रिक फिजिसियन डा स्वेच्छा अधिकारी टिमवर्कका कारण राम्रो नतिजा आइरहेको बताउँछिन्। एक विशेषज्ञका रुपमा अभाव भएको ठाउँमा आफ्नो उपस्थितिले फरक पारेको महशुस बालरोग विभागका सबैलाई रहेको बताइन्। उनले थपिन्,  ‘काठमाडौंमा धेरैजना हुनुहुन्छ। कतिपय अवस्थामा आफूले जानेको सबै सीपको प्रयोग गर्न पाइँदैन। मेडिकल कलेजमा नयाँ कुरा सिक्ने सिकाउने जारी रहन्छ। त्यसले गर्दा पनि यहाँ सेवा दिँदा खुशी छौं।’पेडियाट्रिक एनेस्थेसियोलोजिस्ट डा प्रवेश कुमार ज्ञवाली चितवनमा काम गर्दा अनेक लाभ रहेको बताउँछन्। केहीदिनअघि सौराह घुम्न जाँदाको क्षण सम्झिदै भन्छन्, ‘दिनभर काम गरेर बेलुकीपख साइड सिनका लागि सौराह गएको थिएँ। एउटा बच्चाले गम्लङ्ग अंगालो हाल्यो। पछि थाहा भयो, हामीले उपचार गरेका रहेछौं। यहाँ यस्ता पुरस्कारहरु पाइन्छन्।’  उपत्यका बाहिरको सेवामा समर्पणकलेजका अध्यक्ष तथा निर्देशक डा हरिश न्यौपाने उपत्यका बाहिर सेवा विस्तारका लागि आफू चितवन पुगेको बताउँछन्। त्यतिबेला काठमाडौंमा अग्रपंतिमा नाम आउने समूह मिलेर चितवनमा मेडिकल कलेज खोल्नुको उद्देश्य चिकित्सा सेवा र शिक्षा विस्तार गर्ने रहेको बताए। उपत्यका बाहिर सेवा विस्तार गर्ने क्रमकै उपक्रम बालरोग विभाग बलियो बनाउनु रहेको बताए। उनले भने,  ‘अस्पताल सुरु गर्दा १८ बेड एनआईसीयु सुरु गरेको हो। नेपालभरीमा थिएन। १८ वटा बेड भरिन्थ्यो। पेडियाट्रिक आइसीयु १७ बेडको थियो। सबै चल्यो।’ बच्चा निको भएपछि बचाइदिएकोमा अभिभावकले प्रकट गर्ने कृतज्ञताले आफूलाई प्रोत्साहित गरेको बताउँछन्। आफूले चिकित्सक छान्दा स्किल र एट्टिट्युड दुवैलाई ख्याल गर्ने बताए। उनले थपे,  ‘हामीलाई त अझ स्किल भन्दा एट्टिट्युड राम्रो चाहिँदो रहेछ। हामीसँग भएका जनशक्ति दुवैकुरा राम्रो भएका छन्।’कतिपय सेवामा डाक्टर आएपछि बिरामी आएको र कतिपयमा बिरामी आएपछि डाक्टर ल्याउनुपरेको उल्लेख गरे। उनले भरोसा दिलाए,  ‘बच्चाको उपचारका लागि अब काठमाडौंबाट चितवन आएपनि हुन्छ। त्यो तहको म्यानपावर, प्रविधि र टिम हामीसँग छ। हामीसँग भएकाहरु यहाँ पूरा समय बस्छन्। उनीहरु फ्याकल्टी हुन्, यहीँ भेटिन्छन्।’  
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागित हुन जानुअघि आईतबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा राखेको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदान लगायतका क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम हितमा उपयोग गर्न सुझाव दिइएको छ।

प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमण हुन लागेकाले पनि यसलाई थप महत्त्वका रूपमा लिएर मुलुकका लागि विविध क्षेत्रमा लाभ हासिल गर्नुपर्ने सुझाव प्राप्त भएको जनाइएको छ।

छलफलमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति र क्षेत्रीय सहकार्यका लागि प्रयासरत रहने स्पष्ट गर्दै अरुको हितप्रति संवदेशनशील हुँदै नेपालको हितका लागि भ्रमणलाई उपयोग गर्ने जानकारी गराए। उनले यतिबेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र असंलग्न राष्ट्रहरूको अभियानलाई पनि सक्रिय बनाउनुपर्नेमा जोड दिँदै बिमस्टेक सम्मेलनमा राष्ट्रिय हितलाई कसरी महत्त्व दिन सकिन्छ भन्नेबारे प्राप्त सुझावलाई मनन् गरिने जानकारी दिए।

प्रधानमन्त्री ओली चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीबाट समकक्षी प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको छ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, पूर्वपरराष्ट्रमन्त्रीहरू उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ, डा. भेषबहादुर थापा, रमेशनाथ पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, नारायणप्रकाश साउँद, डा. विमला राई पौड्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल लगायतको सहभागिता थियो।


सामाग्री श्रोत :

प्रधानमन्त्रीले गरे थाइल्याण्ड भ्रमण र बिमस्टेकको शिखर सम्मेलनबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिबाना तिर्न भन्दै पत्र पठाएको विषय यतिखेर सामाजिक सञ्जालमा भाइरल छ । सोही क्रममा राजतन्त्रको पुनर्बहाली पक्षधर कतिपयले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) राजतन्त्रको विपक्षमा रहेको भन्दै उनको पुरानो फोटो राखेर आलोचना गरिरहेका छन् । 

त्यही फोटोको आडमा अहिले राजावादीले बालेन भित्रभित्रै सत्ताधारी नेताहरूसँग मिलेर राजाको विपक्षमा लागेको आरोप लगाइरहेका छन् । तर, टेकपाना फ्याक्टचेकका क्रममा बालेनको उक्त फोटो दुई वर्ष पुरानो भएको र अहिले फरक सन्दर्भमा भ्रामक जानकारी फैलाउन प्रयोग भइरहेको पत्ता लागेको छ ।

दाबी

३० मार्च २०२५ः बिहानदेखि सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट भाइरल भइरहेको छ । बिहान २ः३२ मिनेटमा एसएसीसीजेड नामक प्रयोगकर्ताले बालेन विभिन्न नेतासँग देखिने फोटो र क्याप्सन राखे । फोटोमा वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, पूर्व सांसद् तथा एमाले नेता महेश बस्नेत, काङ्ग्रेस कार्यकर्ता अब्दुल हुसेन अन्सारी र हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ देखिएका छन् । एसएसीसीजेड नामक आईडीबाट गरिएको सो फोटो पोस्टको क्याप्सनमा लेखिएको छ, “के को मिलन हो ? को को लाई चिन्नुभो ? अब के हुन्छ ?” हेर्नुहोस् ओरिजिनल लिङ्क अर्काइभ लिङ्क । 

त्यस्तै ९४ हजार बढी फलोअर भएका विकास महर्जनले बिहान ६ः४६ मिनेटमा लामो पोस्ट र बालेनसहित अन्य नेताको त्यही फोटो राखे । सो पोस्टको क्याप्सनमा लेखे, “गँजेडी मेयर भाइ, यो लुटतन्त्र व्यवस्थाको विरुद्ध आफैँ आएका जनताहरूमाथि देश जोगाउन मेरो साथ छ भन्नुको साटो देश जोगाउन गरेको आन्दोलनलाई जरिबाना तोकेर तिम्रो धार पनि प्रस्ट भयो ।”

उनले अगाडि लेखेका छन्, “अब तिमी पनि त्यही रविको घण्टी पार्टी झैँ पुरानोले होइन, नयाँले लुट तर नेपाललाई लुट्न चाहिँ लुट भन्ने व्यवस्थाको मतियार रहेछौ ! राजालाई स्वयँ भगवान विष्णु बाहेकले जरिबाना तिराउन सक्दैन, बुझी राख्नु । उनै राजाले बनाएको महानगर अनि उनकै सृजना नेपाल राष्ट्रमा ! तिम्रा समर्थन र नामको नारा लगाएर धेरै हुल जत्था भए अब १०/२० लाख तिमी पनि जरिबाना तिर । अनि तिम्रा प्रधानमन्त्रीको पार्टीले तिर्‍यो ? राष्ट्रको निमित्त गरिएको आन्दोलनको हामी सबै नेपाली जनताको नाउँमा जरिबाना काट्नु अब !” हेर्नुहोस् ओर्जिनल पोस्ट आर्काइभ पोस्ट । 

यही ट्रेन्ड पछ्याउँदै सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले पनि सोही फोटो राखेर बालेन नेताहरूसँग मिलेर राजालाई कारबाही गर्ने षड्यन्त्र रचिरहेको दाबी गर्दै पोस्ट गरिरहेका छन् । फेसबुकमा राजेश तामाङ नामक प्रयोगकर्ताले बिहान ७ः४७ बजे सोही फोटो राख्दै लेखेका छन्, “राजालाई दोषी बनाई कारबाही गर्ने षड्यन्त्र !! मेयर बालेन गाँजामा गोटी पनि मिक्स थियो कि के हो !!”

उनले अगाडि लेखेका छन्, “महानगरको खाता नम्बर दिनुस् हामी नेपाली जनताले जिम्मा लिन्छौँ, हामी आफै तिर्छौँ ।” उनको आशय पनि बालेनले नेताहरूसँग मिलेर पूर्वराजालाई कारबाही गर्न खोजेको भन्ने छ । हेर्नुहोस् ओरिजिनल लिङ्क अर्काइभ लिङ्क

त्यस्तै रुटिन अफ एक्स लभर नामक पेजले पनि ‘रिल भर्सेस रियालिटी’ भन्दै त्यही आशयसहित फोटो पोस्ट राखेको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क

तथ्य जाँच

शनिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको र फोहोरमैला गरेको भन्दै त्यसको क्षतिपूर्ति बापत ७ लाख ९३ हजार रुपैयाँ बुझाउन पत्र पठाए । त्यसपछि पूर्वराजाका समर्थकले बालेनले नेताहरूसँग मिलेर राजालाई कारबाही गरेको आरोप लगाइरहेका छन् । उनीहरूले बालेन विभिन्न नेताहरूसँग देखिएको र उनले पूर्वराजालाई कारबाही गर्ने रणनीति बनाएको दाबी गरेका छन् । बालेन नेताहरूसँग देखिएको फोटो हालसालैको भएको जस्तो गरी पूर्व राजा समर्थकहरूले बाहिर एउटा र भित्र अर्को रूप देखाइरहेको बताइरहेका छन् । 

हामीले यो फोटो कुन सन्दर्भमा कसले लिएको हो भन्ने पत्ता लगाउने प्रयत्न गर्‍यौँ । त्यसका लागि सबैभन्दा पहिला बालेनको स्वरूप नियाल्यौँ । त्यसमा उनको कपाल काटिएको देखिन्छ । पछिल्लो समय बालेन लामो कपाल र दाह्रीमा देखिने गरेका छन् । यसबाट फोटो पुरानो हो भन्ने अनुमान लगायौँ । त्यसपछि सो तस्विरलाई रिभर्स इमेज सर्च गरी गुगल, यान्डेक्स र बिङ जस्ता सर्च इन्जिनमा खोज्यौँ । तर, उक्त फोटोको आधिकारिक स्रोत फेला पर्न सकेन । 

त्यसपछि हामीले सोही फोटोमा देखिएका अर्जुन घिमिरे ‘पाँडे’लाई फोटोको वास्तविकता सोध्यौँ । “यो फोटो दुई वर्ष अगाडि रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको बिहेको पार्टीको क्रममा गट्ठाघर, भक्तपुर स्थित जर्मन हाउसमा खिचिएको हो,” घिमिरेले फोटोको बेलीविस्तार लगाउँदै भने, “त्यस कार्यक्रममा सहभागी विभिन्न राजनीतिक व्यक्ति र अन्य व्यक्तिले सँगै फोटो खिचाएका थियौँ ।”

रुटिन अफ नेपाल बन्दका सञ्चालक पौडेलले पनि उक्त फोटो आफ्नो बिहेको क्रममा खिचिएको पुष्टि गरे । फोटोमा देखिएका नेपाली काङ्ग्रेसका कार्यकर्ता अब्दुल हुसेन अन्सारीले पनि यो फोटो दुई वर्ष पुरानो भएको बताए । “१०० पर्सेन्ट मेरो मोबाइलबाट खिचेको फोटो हो, यो । मैले अपलोड गरेको थिएँ,” हुसेनले भने । 

दाबी 

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न नेताहरूसँग मिले । 

दाबीकर्ता

एसएसीसी जेड, विकास महर्जन, राजेश तामाङ, रुटिन अफ एक्स लभर्स लगायतका फेसबुक पेज तथा अकाउन्ट ।

तथ्य

काठमाडौँ महानगर प्रमुख बालेन विभिन्न नेतासँग देखिएको फोटो दुई वर्ष पुरानो हो । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको बिहेको पार्टीका क्रममा खिचिएको फोटोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले फरक सन्दर्भ राखेर अहिले भ्रम फैलाइरहेका छन् । 

निष्कर्ष

सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेको जस्तो मेयर बालेन विभिन्न नेता तथा हास्यकलाकारसँग देखिएको फोटो अहिलेको नभई दुई वर्ष पुरानो हो । जुन रुटिन अफ नेपाल बन्द पेजका सञ्चालक भिक्टर पौडेलको बिहेको पार्टीका क्रममा खिचेको फोटो हो । फरक सन्दर्भमा उक्त फोटोलाई प्रयोग गरी भ्रम फैलाउन खोजेको निष्कर्ष टेकपाना फ्याक्ट चेकले निकालेको छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा info@techpana .com मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८१ २०:४७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – शुक्रबार काठमाडौंमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरसहित ४१ जनाविरुद्ध विभिन्न कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
 
उनीहरुविरुद्ध राज्यविरुद्ध तथा संगठित अपराधमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 

सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको हो। राजावादीको हिंसात्मक प्रदर्शनपछि उनीहरु शुक्रबार र शनिबार पक्राउ परेका छन्। 

Ncell 2
Ncell 2

पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। राज्यविरुद्धको कसुर र संगठित अपराधमा उनीहरुलाई पहिलो सूचिमा राखिएको छ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट