२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

आईपीएल: दिल्लीको लगातार दोस्रो जित

काठमाडौं – मिचेल स्टार्कको ५ विकेट तथा फाफ डुप्लेसको अर्धशतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित निकालेको छ।

आइतबार विशाखापटनममा भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको हो।

१६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

ओपनर फाफ डुप्लेसीले ५० रन बनाउँदा जेक फ्रेजर मेगर्कले ३८ तथा अभिषेक पोरेलले अविजित ३४ रन बनाए। ट्रिस्टन स्टब्स २१ रनमा अविजित रहे। केएल राहुलले १५ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ८ बल अगावै अलआउट हुँदै १६३ रन बनाएको थियो। अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाएका थिए। हेनरिच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रन बनाए।

Ncell 2
Ncell 2

दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए भने कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए।

योसँगै दिल्लीले २ खेलमा  ४ अंक जोडेको छ। लगातार दोस्रो हार बेहोरेको हैदराबादको ३ खेलमा २ अंक छ।

दिल्ली २ खेलमा ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। दिल्लीले पहिलो खेलमा लखनउमाथि रोमाञ्चक जित निकालेको थियो।

shivam cement
shivam cement

हैदराबादको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा राजस्थानलाई हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पराजित भएको थियो। १० टोलीको सहभागिता रहेको आइपिएलमा हैदराबाद २ अंकका साथ सातौं स्थानमा छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट