२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

अझै भेटिएनन् राजावादी आन्दोलनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौं-  राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीले खोजी जारी राखेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातिदेखि खोजिरहे पनि उनी अझै भेटिएका छैनन्। उनी गैरीगाउँबाट मोबाइल अफ गरेर फरार रहेको  प्रहरीले जनाएको छ। उनलाई हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको, दुईजनाको मृत्यु हुनेगरी भएको घटनाको जिम्मेवारका साथै आफैँले चलाएको गाडीले किचेर ड्युटीमा तैनाथ प्रहरीहरुलाई हत्या गर्ने प्रयास गरेको आरोप समेत छ। प्रसाईं मेडिकल व्यवसायी हुन्। उनले झापामा बी एण्ड सी मेडिकल कलेज सञ्चालन गरेका छन्। सुरु कलेजको सम्बन्धन प्राप्त गर्न राजनीतिक हिमचिम बढाएका उनी माओवादी केन्द्र र नेकपा एमालेमा समेत समाहित भएका थिए।सहकारी पीडित पक्षको आन्दोलनबाट सडकमा देखिएका उनी पछिल्लो दिनहरुमा भने उनी राजानिकट पुगेका छन्।  
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट