२०८१ चैत्र २३ शनिबार
LATEST NEWS
२०८१ चैत्र २३ शनिबार

अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको रहमा आज पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ।

भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।


सामाग्री श्रोत :

अर्घाखाँचीमा दुई जनाको डुबेर मृत्यु

काठमाडौं ​। प्राय: धेरै आईफोन प्रयोगकर्ताहरूले सामना गर्ने एउटा प्रमुख समस्या हो, छिटो चार्ज हुने अनि छिट्टै चार्ज सकिने । यो समस्याले विशेषगरी व्यस्त हुँदा वा फोनको ब्याट्री छिट्टै सकिँदा दैनिक जीवनमा धेरै बाधा पुर्‍याउन सक्छ । यो समस्या विभिन्न कारणले उत्पन्न हुन सक्छ । आज हामी यो समस्या पछिका मुख्य कारण र समाधानका उपायबारे चर्चा गर्दैछाैँ: 

पुरानो ब्याट्री

आईफोनमा राखिने लिथियम-आयन ब्याट्रीको समयसँगै क्षमता घट्दै जान्छ । लामो समयसम्म प्रयोग गर्दा रिचार्जेबल  ब्याट्रीको रासायनिक संरचनामा परिवर्तन आई चार्ज होल्ड गर्ने क्षमता कम हुन्छ । यसले गर्दा आईफोन छिटो चार्ज हुन्छ, तर चार्ज पनि छिट्टै सकिन्छ । 

सफ्टवेयर समस्या

आईफोनको अपरेटिङ सिस्टम (आईओएस) मा बग वा पुरानो सफ्टवेयरले पनि ब्याट्री खपत बढाउन सक्छ । कहिलेकाहीँ सफ्टवेयर अपडेटहरूमा ब्याट्री म्यानेजमेन्टमा समस्याहरू हुन सक्छन्, जसले गर्दा ब्याट्री छिट्टै सकिन्छ । एपको समस्याका कारण पनि यस्तो हुन सक्छ ।

धेरै एपको प्रयोग

ब्याकग्राउन्ड‍मा एकैचोटि धेरै एपहरू चलिरहेका छन् भने ब्याट्री छिटो खपत हुन्छ । केही एपले ब्याकग्राउन्डमा धेरै डेटा प्रयोग गरेर ब्याट्री छिट्टै रित्याइदिन सक्छन् । लोकेसन सर्भिस, ब्लुटुथजस्ता फिचरले पनि ब्याट्रीको खपत बढाउँछन् । 

स्क्रिनको ब्राइटनेस

आईफोनको स्क्रिनको चमक उच्च राख्दा ब्याट्रीको खपत बढ्छ । धेरै ब्राइटनेसलाई उज्यालो बनाएपनि यसले ब्याट्री लाइफ छोटो बनाउँछ ।

नेटवर्क समस्या

कमजोर नेटवर्क सिग्नलले आईफोनलाई नेटवर्क खोज्न धेरै काम गर्न बाध्य बनाउँछ । यसले ब्याट्रीको खपत बढाउँछ र चार्ज छिट्टै सकिन्छ । विशेषगरी कमजोर नेटवर्क भएको ठाउँ जस्तै; ग्रामीण क्षेत्र वा भवनको भित्री भागहरूमा आईफोनले निरन्तर रूपमा बलियो नेटवर्क खोज्ने प्रयास गर्दछ । यसले ब्याट्रीलाई अनावश्यक रूपमा खपत गरी चार्ज छिट्टै सकिन्छ ।

तापक्रम

अत्याधिक तापक्रममा आईफोनको ब्याट्री छिट्टै सकिन्छ । गर्मी वा चिसोले ब्याट्रीको रासायनिक प्रक्रियालाई असर गर्छ । उदाहरणका लागि, यदि तपाईंले आफ्नो आईफोनलाई प्रत्यक्ष सूर्यको किरणमा छोड्नुभयो वा अत्यधिक चिसो वातावरणमा प्रयोग गर्नुभयो भने ब्याट्रीको कार्यक्षमतामा नकारात्मक प्रभाव पर्छ । यसबाट ब्याट्री छिट्टै सकिन्छ ।

खराब चार्जिर

खराब चार्जिङ वायर, केबल, खराब कनेक्सन वा खराब वायरलेस चार्जिङ प्याडले पनि ब्याट्रीमा समस्या निम्त्याउन सक्छन् । यी उपकरणले आईफोनलाई अनियमित रूपमा चार्ज गर्न सक्छन्, जसले ब्याट्रीको क्षमतालाई असर गर्छ । आईफोनको ब्याट्रीलाई पूर्ण रूपमा चार्ज हुन नदिने वा चार्ज हुँदा धेरै तातो बनाउने जस्ता समस्याहरू यसबाट उत्पन्न हुन सक्छन् । यसले ब्याट्रीको आयुलाई छोटो बनाउँछ ।

खराब एप

कहिलेकाहीँ खराब कोड गरिएका एपले फोनको रिसोर्सहरू अत्यधिक खपत गर्न सक्छन् । यस्ता एपले ब्याकग्राउन्डमा धेरै काम गरी धेरै डेटा प्रयोग गर्छन् । उदाहरणका लागि, यदि कुनै एपले अनावश्यक रूपमा लोकेसन सर्भिस प्रयोग गर्छ वा ब्याकग्राउन्डमा भिडिओहरू डाउनलोड गर्छ भने यसले ब्याट्रीको खपत बढाउँछ ।

समाधानका उपाय

सफ्टवेयर अपडेट गर्नुहोस्

आईफोनको अपरेटिङ सिस्टमलाई सधैँ लेटेस्ट ओएसमा अपडेट राख्नुहोस् । एप्पलले सफ्टवेयर अपडेटहरूमा ब्याट्री व्यवस्थापन सुधार गर्ने प्रयास गर्छ । नयाँ अपडेटहरूले ब्याट्री खपत कम गर्ने र कार्यक्षमता बढाउने सुधारहरू समावेश गर्न सक्छन् । यसले आईफोनको ब्याट्री लाइफलाई लामो बनाउन मद्दत गर्दछ ।

एपहरू म्यानेज गर्नुहोस्

ब्याकग्राउन्डमा चलिरहेका अनावश्यक एपहरू बन्द गर्नुहोस् । ब्याट्री खपत गर्ने एपलाई पहिचान गरी बन्द गर्नुहोस् वा अनइन्स्टल गर्नुहोस् । केही एपले ब्याकग्राउन्डमा धेरै डेटा र स्रोतहरू प्रयोग गर्छन्, जसले ब्याट्रीलाई छिट्टै सकाउँछ । तपाईंले सेटिङ्समा गएर ब्याट्री उपयोग जाँच गरेर कुन एपले धेरै ब्याट्री खपत गरिरहेको छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।

स्क्रिनको ब्राइटनेस घटाउनुहोस्

स्क्रिनको चमकलाई आवश्यक अनुसार मात्र राख्नुहोस् । अटो-ब्राइटनेस फिचर प्रयोग गर्नुहोस् । यसले वातावरणको प्रकाश अनुसार चमक समायोजन गर्छ । उच्च स्क्रिन चमकले ब्याट्रीको खपत बढाउँछ । अटो-ब्राइटनेस अन गरेर वा आवश्यक नभएको बेला स्क्रिनको ब्राइटनेस कम गरेर ब्याट्री बचाउन सकिन्छ । 

लो पावर मोड प्रयोग गर्नुहोस्

ब्याट्री कम हुँदा लो पावर मोड प्रयोग गर्नुहोस् । यसले ब्याट्री खपत कम गर्छ । लो पावर मोडले ब्याकग्राउन्ड गतिविधिहरूलाई सीमित गर्छ र अनावश्यक फिचरहरू बन्द गर्छ । यसकारण ब्याट्रीको आयु बढ्न सक्छ । Settings > Battery मा गएर Low Power Mode अन गर्नुहोस् ।

ब्याट्री हेल्थ चेक गर्नुहोस्

सेटिङ्समा गएर ब्याट्री हेल्थ जाँच गर्नुहोस् । यसका लागि Settings > Battery > Battery Health & Charging मा गएर Maximum Capacity हेर्नु सकिन्छ । ८०% प्रतिशतभन्दा कम भए वा छिट्टै चार्ज सकिने भए ब्याट्री परिवर्तन गर्नुहोस् । पुरानो ब्याट्रीले राम्रोसँग चार्ज होल्ड गर्न नसक्ने भएकाले बदल्नु नै राम्रो मानिन्छ ।

ब्याकग्राउन्ड एप्स बन्द गर्नुहोस्

खासगरी सामाजिक सञ्जाल एप्स, स्ट्रिमिङ एप्स र गेमहरूले ब्याकग्राउन्डमा धेरै डेटा र रिसोर्सहरू प्रयोग गर्छन् । यसले फोनको ब्याट्री छिट्टै सकिन सक्छ । त्यसैले, ब्याट्रीको खपत कम गर्नको लागि अनावश्यक एप बन्द गर्नुहोस् । Settings > General > Background App Refresh मा गएर ब्याकग्राउन्ड एपहरू बन्द गर्न सकिन्छ ।

ओरिजिनल चार्जर प्रयोग गर्नुहोस्

आईफोन चार्ज गर्न एप्पलको आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस् । कमसल चार्जरहरूले ब्याट्रीलाई क्षति पुर्‍याउन सक्छन् ।

तापक्रम नियन्त्रण गर्नुहोस्

आईफोनलाई अत्याधिक तापक्रमबाट बचाउनुहोस् । सीधा घाममा वा तातो ठाउँमा आईफोन नराख्नुहोस् । उच्च तापक्रमले ब्याट्रीको रासायनिक प्रक्रियालाई असर गर्छ ।

रिस्टार्ट गर्नुहोस्

नियमित रूपमा फोन रिस्टार्ट गर्नुहोस् । यसो गर्नाले सफ्टवेयरमा देखिएका समस्या केही हदसम्म समाधान गर्न सक्छन् । ‍

आवश्यक नभएको बेला लोकेसन सर्भिस तथा ब्लुटुथ बन्द गर्नुहोस्

लोकेसन सर्भिसले अन्य एपको तुलनामा धेरै ब्याट्री खपत गर्छ । त्यसैले आवश्यक नभएको बेला बन्द गर्नुहोस् । त्यस्तै ​ब्लुटुथले पनि ब्याट्रीको खपत बढाउने हुनाले आवश्यक नभएको बेला बन्द गर्नुहोस् । ब्लुटुथले लगातार अन्य डिभाइसहरूमा कनेक्सन खोज्ने भएकाले फोनको ब्याट्री धेरै खर्च गर्छ । Settings > Privacy > Location Services मा गएर आवश्यक एपहरूमा मात्र लोकेसन अनुमति दिनुहोस् ।

पुश नोटिफिकेसनको सङ्ख्या घटाउनुहोस्

धेरै एपले पुश नोटिफिकेसन पठाउँदा पनि ब्याट्रीको खपत बढ्छ । त्यसैले नोटिफिकेसनको सङ्ख्या घटाउनुहोस् । अनावश्यक नोटिफिकेसनहरू बन्द गरेर ब्याट्री बचाउन सकिन्छ ।

ओभरचार्ज नगर्नुहोस्

आईफोनलाई लामो समयसम्म (रातभर) चार्जमा नराख्नुहोस् । यसले ब्याट्री लाइफलाई छोटो बनाउन सक्छ ।

एपको ब्याट्री युजेज जाँच गर्नुहोस् 

सेटिङ्समा गएर ब्याट्रीमा जानुहोस् र तल स्क्रोल गर्नुहोस् । यहाँ तपाईंले कुन एप्सले कति ब्याट्री खपत गरिरहेको छ भन्ने जानकारी पाउन सक्नुहुन्छ । यदि कुनै एपले अत्यधिक ब्याट्री खपत गरिरहेको छ भने त्यसलाई बन्द गर्नुहोस् वा अनइन्स्टल नै गरिदिनुहोस् ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८१ २२:५४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन १८ गते हुने भएको छ।

त्रिवि स्ववियु निर्वाचन समितिले आज एक सूचना जारी गरेर निर्वाचन १८ गते सोमबार हुने जानकारी गराएको हो।

Ncell 2
Ncell 2

सर्वोच्च अदालतले पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि निर्वाचनको मिति तय गरिएको हो।

shivam cement
shivam cement

यसअघि चैत ५ गते विवादको कारण निर्वाचन हुन सकेको थिएन।

tu-central-campus-fsu-1743258314.png
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गण्डकी। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गरिने बताएका हुन्।

अहिलेको व्यवस्थाको विकल्प नरहेको र व्यवस्थाविरुद्धमा हुने गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्दै मन्त्री गुरुङले चित्त नबुझे अहिलेको व्यवस्थाअनुसार रहेक पाँच वर्षमा हुने चुनावबाट आफ्नो मुद्दा स्थापित गर्न सुझाव दिए। ‘हामीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेका छौँ, यस्ता गतिविधिमा सङ्लग्नलाई छानबिन गरेर कारबाही हुन्छ’, उनले भने, ‘राजतन्त्र आफ्नै कारणले सक्किएको हो। आफ्नो परिवार र संस्था बचाउन नसक्नेले फेरि देश र तीन करोड नेपालीलाई कसरी बचाउन सक्छ ? संविधानको खिलापमा कुनै गतिविधि मा नगरौँ।’

व्यवस्था परिवर्तन भए पनि सोअनुसार कानुन परिवर्तन नहुँदा जनताबाट अपेक्षित काम गर्न समस्य भएको भन्दै सरकारका प्रवक्ता गुरुङले यही अवस्थालाई दृष्टिगत गर्दै सरकारले आवश्यक कानुनहरूको निर्माणमा जोड दिएको बताए। उनले सरकारका कामलाई प्रभावकारी बनाउन विद्यमान विभिन्न १२ वटा ऐन संशोधन गर्ने तयारी भइरहेको समेत बताए।

मन्त्री गुरुङले वर्तमान सरकारले आर्थिक रूपमा संकटमा गर्ने अवस्थाबाट मुलुकलाई जोगाएको जिकिर गर्दै आवश्यकताका आधारमा मात्रै ऋण लिने नीतिअनुसार सरकार अगाडि बढेको बताए। उनले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरकारले पहल गर्ने उनले बताए।

प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले सुनचाँदी व्यवसायको सुरक्षा प्रत्याभूति गराउनका सोहीअनुसार विधि र प्रणालीलाई व्यवस्थित गर्दै जानुपर्ने बताए। महासंघका अध्यक्ष अर्जुन रसाइलीले व्यवसायलाई थप व्यवस्थित बनाउन महासंघ निरन्तर लागिरहेको बताए।


सामाग्री श्रोत :

आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले स्थानीय तहका कार्यालयमा अझै सेवा नपुगे खबर गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले स्थानीय तहका कार्यालयमा दैनिक कामकाजको लागि इन्टरनेट तथा टेलिफोन सेवा नपुगे नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

“नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट देशका सम्पूर्ण ७५३ स्थानीय तहसम्म मोबाइल/एफटीटीएच/भीस्याट/लिज सेवाहरूमध्ये कम्तीमा कुनै एक सेवा पुर्‍याइसकेको हुँदा हालसम्म पनि कुनै स्थानीय तह अन्तर्गतका कार्यालयहरूको दैनिक कामकाजका लागि इन्टरनेट तथा टेलिफोन सेवा नपुगेको भएमा निम्नानुसार टेलिफोन/मोबाइल नम्बर (नेपाल टेलिकम, ब्याकबोन प्रसारण निर्देशनालय, बबरमहल- टेलिफोन: ०१५७०७६२१, मोबाइल: ९८५१०८७६५४) वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी उपलब्ध सेवा प्राप्त गर्नुहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।

सरकारी सेवा प्रवाहलाई स्वचालित बनाउन र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले टेलिकमले देशका ७५३ ओटै स्थानीय तह र ६ हजार ७४३ वडा केन्द्रलाई जोड्ने अभियान अन्तर्गत ब्रोडब्यान्ड कनेक्टिभिटी आयोजना कार्यान्वयन गरिरहेको छ ।

यही सन्दर्भमा कम्पनीले स्थानीय तहका कार्यालयमा आफ्नो सेवा नपुगे तत्काल जानकारी गराउन आग्रह गरेको हो ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८१ २१:१८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजोको राजावादी आन्दोलनका क्रममा भएका सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने ठहर गरेको छ।

आज बसेको कार्यसम्पादन समिति बैठकले सरकारकै कारण हिंसा भड्किएको निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले सुनियोजित रुपमा आन्दोलन भाँडेको आरोप लगाए। शान्तिपूर्ण रुपमा सभा भइरहँदा निजी घरको छतबाट अश्रुग्याँस प्रहार गरेपछि स्थिति बिग्रिएको उनको भनाइ छ।

Ncell 2
Ncell 2

‘सबै घटनाक्रम हेर्दा सरकारले आन्दोलनमा हिंसा र दमन गर्ने योजनाका साथ सुरक्षाकर्मी परिचालन गरेको देखिन्छ’, उनले भने, ‘सरकार जसरी पनि आन्दोलन विथोल्न र हिंसा भड्काउन चाहन्थ्यो।’

लिङदेनले पार्टीका जिम्मेवार नेताहरुलाई पक्राउ गरिएको विषयमा पनि विरोध जनाए। पक्राउ परेका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा तोडफोड र आगजनीमा कतै पनि संलग्न नरहेको उनले उल्लेख गरे।

shivam cement
shivam cement

हिजो मृत्यु भएका दुवैलाई शहीद घोषणा र उचित क्षतिपूर्ति दिन पनि राप्रपाले माग गरेको छ।

raprapa-1-1743258161.jpg
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई हास्यास्पद भनेका टिप्पणी गरेका छन्।

महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै महानगर प्रमुख बालेन्द्र शाहको निर्णय हास्यास्पद भएको बताएका हुन्।

‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ। ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो। मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु,’ उनले लेखेका छन्।

उनले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले स्थानीय प्रशासनसँग अनुमति लिएर तीनकुनेमा कार्यक्रम आयोजना गरेको उनको भनाइ छ। अध्यक्ष थापाले महानगरपालिकाले पत्रमा प्रयोग गरेको भाषाका प्रति पनि आपत्ति जनाएका छन् ।


सामाग्री श्रोत :

पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद: कमल थापा

काठमाडौँ–प्रहरीले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले उनलाई शनिबार साँझ राजधानीको बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो। 

Ncell 2
Ncell 2

प्रहरीले सन्तोष राजावादीलाई पनि पक्राउ गरेको छ। शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शन  हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए। यसअघि प्रहरीले सोही घटनामा १११ जनालाई पक्राउ गरिसकेको छ।

shivam cement
shivam cement

शुक्रबार नै १०५ जना पक्राउ परेकामा शनिबार थप ८ जना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन्। थप दुई जना पक्राउ परेसँगै तीनकुने घटनामा प्रहरी हिरातमा पुग्नेको कुल संख्या ११३ जना पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल बार एसोसिएशनले नेपालको संविधानविपरीत पूर्वराजाको समर्थन गर्दै आक्रमण, तोडफोड, आगजनी र लुटपाट गरी मानवीय र भौतिक हुनेगरी भएको घटनाको भर्त्सना गरेको छ ।

बारका महासचिवमा अन्जिता खनालद्वारा आज जारी भएको प्रेस विज्ञप्तिमा शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको प्रर्दशनका क्रममा भएको घटनामा मानवीय र भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गर्दै भर्त्सना गरिएको हो।

बारले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र सोही घटनामा परी सविन महर्जनको मृत्यु भएको जनाउँदै उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्ति माग गर्नुका साथै घटनाको सत्य अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको बारका महासचिवमा खनालले जानकारी दिए।

साथै, बारले विज्ञप्तीमार्फत यस्ता घटना पुनः दोहोरिन नदिन मानवअधिकारको रक्षा, सुरक्षाको प्रभावकारी व्यवस्था गर्न र आमनागरिकको सुरक्षा गर्न सरकारसँग अनुरोध पनि गरेको छ।


सामाग्री श्रोत :

तीनकुने घटनाको बारद्वारा भर्त्सना

काठमाडौं । १० चैत २०८१ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुद्ध एयरको अनलाइन टिकेटिङ सिस्टम ह्याक गरेको आरोपमा दुई जनालाई पक्राउ गर्‍यो ।

कम्पनीले दिएको निवेदनपछि अनुसन्धान थालेको प्रहरीले मोरङ स्थायी घर भई हाल काठमाडौं​ तार्केश्वर बस्ने ४५ वर्षीय विकास भारती र गोरखा स्थायी घर भई तार्केश्वर बस्ने ३७ वर्षीय बाबुराम अधिकारीको संलग्नता फेला पारेको थियो ।

पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

कसरी बाहिर आयो घटना ?

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार बुद्ध एयरले केही साताअघि आफ्नो सिस्टममा अनधिकृत पहुँच पुर्‍याएर कसैले टिकेट काटिरहेको भन्दै कार्यालयमा उजुरी दिएको थियो ।

बुद्ध एयरका अनुसार कम्पनीले विभिन्न टुर्स एन्ड ट्राभल एजेन्सीलाई टिकेट काट्न मिल्ने खाता दिने गरेको छ । यी एजेन्सीले बुद्ध एयरको प्रतिनिधिको रूपमा काम गर्छन् र ग्राहकका लागि टिकेट बुकिङ गर्छन्, जसबाट उनीहरूले कमिसन पाउँछन् । यसका लागि उनीहरूलाई युजर आईडी र पासवर्ड दिइन्छ । बुद्ध एयरसँग यसरी तीन हजारभन्दा बढी टुर्स एन्ड ट्राभल एजेन्सी जोडिएका छन् ।

कम्पनीले शङ्का लागेर प्रहरीलाई खबर गरेपछि १० ओटा खाताबाट २० ओटा टिकेट जालसाजीपूर्ण तरिकाले बुकिङ भएको फेला पर्‍यो । ती टिकेटमा भएका नम्बरमा सम्पर्क गर्दै प्रहरीले ‘कसरी टिकेट लिएको भन्ने जिज्ञासा राख्यो’ ।

त्यस क्रममा सबैले बाबुराम अधिकारीको सम्पर्कबाट टिकेट लिएको जानकारी दिए । त्यसपछि प्रहरी बाबुराम अधिकारीसम्म पुग्‍यो । प्रहरीले उनलाई सम्पर्क गरेर गौशाला बोलायो र त्यहीँबाट नियन्त्रणमा लियो ।

थप सोधपुछका क्रममा अधिकारीले यस काममा ४५ वर्षीय विकास भारतीको संलग्नता रहेको बताए । अधिकारीले दुई वर्षअघिसम्म टुर्स एन्ड ट्राभल एजेन्सी चलाउँथे । पछि अन्य व्यवसायमा लागेपछि एजेन्सीको काम छोडे ।

यता काठमाडौं मनमैजुमा सँगसँगै घर भएका विकास भारती र बाबुराम अधिकारीको पहिले सामान्य चिनजान थियो । अधिकारी पहिले टुर्स एन्ड ट्राभल एजेन्सीको व्यवसाय गर्थे भन्ने थाहा पाएपछि भारती नजिकिए । यसपछि अधिकारी टिकेट आवश्यक पर्ने मान्छे खोज्ने र भारती टिकेट उपलब्ध गराउने काम गर्न थाले । 

यसरी भारती र अधिकारीको व्यावसायिक सम्बन्ध बुझेपछि प्रहरीले अधिकारीकै सहयोगमा भारतीलाई पनि नियन्त्रणमा लियो । र, घटनाको थप अनुसन्धान गर्‍यो । प्रहरीलाई बयान दिँदै भारतीले अपराध कर्मको बेलिविस्तार लगाए ।

भारतीका अनुसार उनी सामाजिक सञ्जाल फेसबुकमार्फत घरजग्गाको कारोबार गर्थे । त्यही क्रममा उनको भारतीय नागरिक ‘बरुण’ सँग फेसबुकमा चिनजान भयो । त्यसपछि उनीहरू ह्वाट्सएपमा कुरा गर्न थाले । कुराकानीकै क्रममा बरुणले भारतीलाई बुद्ध एयरको टिकेट काटिदिने कामको प्रस्ताव गरे । त्यसबापत ४० देखि ४५ प्रतिशत रकम आफूले लिने तथा बाँकी रकम भारतीले राख्न भन्दै प्रलोभनमा पारे ।

भारतीलाई पनि यो प्रस्ताव आकर्षक लाग्यो । तर उनलाई यो काम कसरी गर्ने भन्ने थाहा थिएन । त्यसैले उनले आफूलाई यो काम सिकाइदिन अनुरोध गरे । बरुणले जुममार्फत भारतीलाई टिकेट काट्न सिकाए ।

काम सिकिसकेको भए पनि भारतीलाई सुरुमा विश्वास लागेको थिएन । त्यसैले उनले आफूलाई प्राप्त युजरनेम र पासवर्ड प्रयोग गरेर लगइन गरी सबैभन्दा पहिले आफ्नै लागि काठमाडौंदेखि भैरहवासम्मको टिकेट काटे । टिकेट सफलतापूर्वक काटिएपछि उनी विश्वस्त भए र काम गर्न थाले । त्यसपछि उनले दुई ओटा टिकेट आफ्ना आफन्तको लागि पनि काटे ।

“टिकेट काट्ने काम त भयो । तर, भारतीलाई टिकेट आवश्यक पर्ने मान्छे फेला पार्न गाह्रो भयो,” अनुसन्धानमा खटिएका अधिकृतले भने, “उनका लागि बाबुराम अधिकारी उपयुक्त व्यक्ति थिए । र, उनैलाई यस काममा अगाडि सारे ।”

टिकेट उनीहरू यस्तो समयमा काट्थे, जतिबेला मान्छेलाई आत्यावश्यक परेको होस् । त्यस्तोमा केही रकम छुट पाएपछि सर्वसाधारण टिकेट काटिहाल्छन् भन्ने उनीहरूको मान्यता थियो । र, त्यही अनुसार टिकेट काट्दै आएका थिए ।

यसरी टिकेट काट्नका लागि बरुणले भारतीलाई एउटा अकाउन्टबाट दुई ओटासम्म टिकेट काट्न सुझाव दिएका थिए । “सायद एउटै आईडीबाट धेरै टिकेट काट्यो भने कम्पनीले थाहा पाइहाल्छ भन्ने थियो होला उनीहरूलाई,” ती अनुसन्धान अधिकृतले भने, “दुई हप्ताको अवधिमा एउटा आईडीबाट दुई ओटासम्म टिकेट काटेको देखियो ।”

यसरी टिकेट काटेपछि भारतीले बाइनान्समार्फत क्रिप्टोकरेन्सीका रूपमा बरुणलाई रकम पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

के थियो समस्या, भारतीय नागरिक बरुणले कसरी पाए टिकेटिङ सिस्टमका युजर आईडी र पासवर्ड ?

यसमा अनसुन्धान गरिरहेका अनुसन्धान अधिकारीले सबैभन्दा पहिले बुद्ध एयरसँग आबद्ध टुर्स एन्ड ट्राभल एजेन्सीको लापरवाहीले युजर आईडी ह्याक भएको अनुमान लगाएका थिए । तर, १० ओटा एजेन्सीले उही गल्ती गरेर युजर आईडी ह्याक हुन कसरी सक्छ भन्ने प्रश्नले झक्झक्याएपछि अर्को पक्ष अनुसन्धान गर्न थाले । 

त्यस क्रममा अनुसन्धान अधिकृतले गेटवे सिस्टमको कमजोरीका कारण अकाउन्टको एक्सेस लिएको हुनसक्ने विश्लेण गरेका छन् । अहिलेसम्म भारतीय नागरिक बरुणले कसरी ती अकाउन्टको एक्सेस पाए भन्ने तथ्य फेला परिसकेको छैन । “हामीले अहिले बुद्ध एयरका डेभलपरसँग मिलेर यसमा अनुसन्धान गरिरहेका छौं,” उनले भने । 

पछिल्लो अध्यावधिक: चैत १६, २०८१ १९:४३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट