२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

नयाँ स्मार्टवाच, पावरब्याङ्क र ब्लुटुथ स्पिकर ल्याउँदै ग्रीन लाइफ एक्सपेरियन्स, ३०% छुट घोषणा

काठमाडौं । ग्रीन लाइफ एक्सपेरियन्सले बजारमा तीन नयाँ प्रोडक्ट उपलब्ध गराउने भएको छ । कम्पनीले स्क्वारो (SQUARO) स्मार्टवाच, मेलोडी-१५ प्रो ब्लुटुथ स्पिकर र टर्बो-५० पावरब्याङ्क आगामी २२ चैतदेखि ई-कमर्स प्लेटफर्म दराजमार्फत बिक्री गर्ने तयारी गरेको हो । 

स्क्वारो स्मार्टवाच 

४१.५ x ४१.५ x ११.३ मिमीको आकार र ४५ ग्राम तौलमा उपलब्ध यो स्मार्टवाचमा १.३२ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ  । जसले ४६६x४६६ रिजोल्युसन प्रदान गर्छ । फुल टच स्क्रिनका साथै घुमाउन सकिने क्राउन बटन राखिएको छ । 

यसमा स्टेप काउन्टिङ, हार्ट रेट मनिटरिङ, एसपीओटू, स्लीप ट्र्याकिङ र १२३ भन्दा बढी स्पोर्ट्स मोडहरू उपलब्ध छन् । साथै, ब्लुटुथ कलिङ, म्यासेज सूचना, महिलाको महिनावारी चक्र ट्र्याकिङ र भ्वाइस असिस्टेन्ट समावेश छ । 

विशेषरूपमा, यसमा बाईडूद्वारा विकसित गरिएको डीए जीपीटी (ERNIE BOT) एकीकृत गरिएको छ  । जसले स्मार्ट कुराकानी गर्न सक्ने सुविधा दिन्छ । ब्लुटुथ ५.४ भर्जन भएको यस स्मार्टवाचमा ५ देखि ७ दिनको ब्याट्री लाइफ रहेको छ । साथै, आईपी६८ वाटर रेसिस्टेन्स रहेको यस वाचको मूल्य ६,९९९ रूपैयाँ तोकिएको छ । 

टर्बो-५० पावरब्याङ्क 

५०,००० एमएएच क्षमताको ब्याट्रीसहितको यो पावरब्याङ्कमा टाइप-सी, लाइटनिङ र माइक्रो यूएसबीका लागि अलग-अलग केबलहरू समावेश छन् । 

यसमा एसओएस मोडसहितको टर्चलाइट उपलब्ध छ भने ब्याट्रीको स्थिति जानकारी दिने डिजिटल डिस्प्ले पनि राखिएको छ । २२.५ वाटको सुपर-फास्ट चार्जिङ क्षमतायुक्त यो पावरब्याङ्कमा ६ महिनाको वारेन्टी प्रदान गरिनेछ । यसको मूल्य ७,९९९ रूपैयाँ तोकिएको छ ।

मेलोडी-१५ प्रो ब्लुटुथ स्पिकर

१५ वाटको साउन्ड क्षमतायुक्त यो वायरलेस स्पिकरमा ६० एमएमको डायनामिक ड्राइभर प्रयोग गरिएको छ, जसले डिप बेस र स्पष्ट उच्च नोटहरू प्रदान गर्छ । 

२५०० एमएएच ब्याट्री भएको यो स्पिकरले ८ घण्टासम्म प्लेब्याक प्रदान गर्नेछ । ब्लुटुथ ५.३ प्रविधि प्रयोग गरिएको यस स्पिकरको वायरलेस कनेक्टिभिटी दायरा १८ मिटर रहेको छ । टाइप-सी चार्जिङ पोर्ट भएको यस स्पिकरमा ६ महिनाको वारेन्टी समेत उपलब्ध छ । यसको मूल्य ४,४९९ रूपैयाँ तोकिएको छ । 

नयाँ वर्ष अफर: ३०% छुट !

नयाँ वर्षको अवसरमा चैत २५ देखि वैशाख ३ गतेसम्म यी प्रोडक्टहरूमा ३०% छुट दिइएको छ । यसअन्तर्गत स्क्वारो स्मार्टवाच ४,७९९ रूपैयाँ, मेलोडी-१५ प्रो स्पिकर ३,१९९ रूपैयाँ र टर्बो-५० पावरब्याङ्क ५,४९९ रूपैयाँमा किन्न सकिनेछ ।

कम्पनीका अन्य प्रोडक्टहरूमा ६०% सम्मको छुट समेत उपलब्ध गराइएको छ । ग्राहकले यी छुट अफर ई-कमर्स प्लेटफर्म दराजबाटमात्र लिन सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ ८:१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट