२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

समाजवादी मोर्चाको विरोधसभालाई सम्बोधन गर्न झलनाथ नजाने

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने भएका छन्।

सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा खनालको नाम समावेश नभएकाले पनि उनी सहभागी नभएका हुन्।तर र्‍याली र सभालाई आफ्नो समर्थन रहेको उनले बताए।

Ncell 2
Ncell 2

र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। सभालाई मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने भएको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।

shivam cement
shivam cement

आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले घरमै बसीबसी मिडियामार्फत् प्रदर्शन र सभालाई अवलोकन गर्ने बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट