२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार


काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नाई सुपरकिंग्सलाई पराजित गरेको छ। चेन्नाईमा भएको खेलमा बैंगलुरु ५० रनले विजयी भएको हो। बैंगलुरुले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनायो। चेन्नाईका रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए। यस्तै रविन्द्र जडेजाले […]
सामाग्री श्रोत :

बैंगलुरुले चेन्नाईलाई हरायो

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले आफ्नो नाम र फोटो दुरुपयोग गरी नक्कली फेसबुक पेजमार्फत अनावश्यक पोस्ट भइरहेको भन्दै कानुनी कारबाहीको माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै मेयर हमालले यस्तो कार्यमा सलग्नलाई कानुनी कठघरामा ल्याउन अनुरोध गरेका हुन् ।

उनले लेखेका छन्, “मेरो नाम गोपी हमाल र फोटो प्रयोग गरी कसैले फेक आइडी बनाई अनावश्यक पोस्ट गरिरहेको र पहिले मेरो फोटो नै प्रोफाइल फोटो बनाएर चलाएको भन्ने विषय मलाई विभिन्न साथीहरुले फोन गरेर यस बारेमा जानकारी दिनुभयो । त्यो आईडी मेरो नभएको सम्पूर्णलाई जानकारी गराउँदछु । साथै यसरी फेक आईडी बनाई अनावश्यक पोस्ट गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूलाई हार्दिक अनुरोध गर्दछु ।”

मेयर हमालको नाममा खोलिएको नक्कली फेसबुक पेजमा प्राय: राजतन्त्र तथा हिन्दु धर्मसम्बन्धी पोस्टहरू गरिएका छन् । उनले यस विषयमा साइबर ब्युरो लगायत सम्बन्धित निकायलाई जानकारी गराउने तयारी गरेको बुझिएको छ ।


पछिल्लो अध्यावधिक: चैत १५, २०८१ २२:३६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । 

केहीबेरअघि उनी राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले पुष्टि गरेका छन् ।

Ncell 2
Ncell 2

आज राजतन्त्र पुनर्स्थापनाको लागि भएको आन्दोलन हिंसात्मक बनेको थियो । 

shivam cement
shivam cement

यस्तै सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

राजतन्त्रको पक्षमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी एक जनाको मृत्यु भएको छ । कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरेको छ । 
सामाग्री श्रोत :
swasthyakhabar

सिरहा। सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेदको घटनामा विस्थापित भई परिवारसहित उठीबास लगाइएका दलित दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ।

मदन भण्डारी आवास कार्यक्रममार्फत मधेस सरकारको रु पाँच लाख ६० हजार लागतमा निर्माण हुने उक्त घरमा दुई कोठा, भान्सा र शौचालय हुने जनाइएको छ। एक साताभित्रै घर निर्माण सुरु गर्न सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए।

‘केही दिनअघि पीडित परिवार म कहाँ आउनुभएको थियो। त्यही समयमा मैले उहाँको घर बनाइदिने प्रतिबद्धता गरेको थिएँ’, मुख्यमन्त्री सिंहले भने, ‘अब एक साताभित्रै काम सुरु हुनेछ।’ यसअघि मङ्गलबार आवास बन्दोबस्त गरिदिन माग गर्दै दलित अगुवासहित दीपकले मुख्यमन्त्री सिंहलाई जनकपुर गएर भेटेका थिए।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर भत्काइएको थियो। गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिपक यादव र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो।

पीडित मल्लिक परिवार पाँच सय मिटर पर खोला छेउ एकान्तमा झुपडी बनाएर बसेको छ। त्यहाँ खानेपानी र बिजुलीसमेत छैन। घरै भत्काएर दलित परिवारको उठीबास लगाइएपछि जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा पक्राउ परेको गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा भएका छन्।


सामाग्री श्रोत :

सिरहामा विस्थापित दलितको घर प्रदेश सरकारले बनाइदिने

काठमाडौं । शुक्रबारदेखि सामाजिक सञ्जाल टिकटकमा नेपाली सेना प्रमुखले स्पष्टीकरण दिएको भन्दै एउटा भिडिओ भाइरल भएको छ । भिडिओको माथि लेखिएको छ, “गृहमन्त्रीले सेनाको सहयोग माग्दाः- सेना प्रमुखको स्पष्टीकरणः- हामी देशको सेना हौँ, कुनै सरकारको सेना होइनौँ, जनताले जे फैसला गर्छ त्यो सेनाले मान्छौँ ।” तर, टेकपाना फ्याक्टचेकले यो भनाइ भ्रामक रहेको देखाएको छ ।

दाबी

डीप इमोसन नामक टिकटक अकाउन्टबाट १२ मार्च २०२५ मा ‘हाम्रो सेना तयारी छन् राजालाई सहयोग गर्न’ भन्दै एक भिडिओ अपलोड भएको थियो । सो भिडिओमा प्रधान सेनापति अशोकराज सिग्देलको फोटो राखिएको छ ।

त्यसभन्दा माथि क्याप्सनमा लेखिएको छ, “गृहमन्त्रीले सेनाको सहयोग माग्दाः- सेना प्रमुखको स्पोष्टीकरणः- हामी देशको सेना हौं, कुनै सरकारको सेना होइनौं, जनताले जे फैसला गर्छ त्यो सेनाले मान्छ ।” त्यसको तलपट्टि ‘बधाई छ हाम्रो सेनालाई, सलाम छ सेनालाई, Big request for Nepal Army ।” लेखिएको छ ।

उक्त भिडिओमा १८ लाख बढी भ्युज एक लाख ९४ हजार बढी लाइक र पाँच हजार बढी कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ आर्काइभ भिडिओ । 

त्यस्तै ११ मार्चमा न्यु जेनेरेसन जर्नलिजम नामको टिकटक आईडीले पनि यही आशयको पोस्ट राखेको छ । उक्त पोस्टमा भनिएको छ, “

जनकातको पक्षमा नेपाली सेना ।” अगाडि लेखिएको छ, “आन्दोलन नियन्त्रणका लागि गृह मन्त्रालयले नेपाली सेनालाई पत्र लेखि परिचानको अनुरोध गरेको थियो । जवाफमा नेपाली सेनाले स्पष्ट गर्दै भनेको छ, “हामी राष्ट्रको सेना हौं । सरकारको होइनौं । भोलि जनताले गर्ने निर्णय हामी स्वीकार्न तयार छौं ।”

उक्त भिडिओमा हालसम्म ३१ हजार बढी लाइक, साढे दुई सय बढी कमेन्ट र एक हजार बढी शेयर आएका छन् । हेर्नुहोस् ओर्जिनल भिडिओ आर्काइभ भिडिओ ।”

शुक्रबारदेखि एकाएक नेपाली सेना राजाको पक्षमा भएको आशय सहितका सयौं भिडिओ टिकटकमा भाइरल भइरहेका छन् । 

तथ्यजाँच

हामीले माथि उल्लेख गरेका दुबै भिडिओको मिति नियाल्यौं । ती भिडिओ ११ र १२ मार्चमा अपलोड भएका छन् । यसअघि २५ फागुन अर्थात् ७ मार्चमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा राजावादीले शाहलाई भव्य स्वागत गरेका थिए । त्यसबेला पनि थुप्रै फेसबुक पेज, एक्स ह्यान्डल र टिकटक अकाउन्टले नेपाली सेनाका प्रमुखले राजालाई समर्थन गरेको भन्दै पोस्ट गरेका थिए । त्यही लहरमै डीप इमोसन र न्यु जेनेरेसन जर्नलिजम नामका टिकटक आईडीले सेनापतिको फोटो र भनाइ राखेको देखिन्छ ।

डीप इमोसन नामक टिकटक आईडी हेर्ने हो भने त्यहाँ प्रायः सबै राजाले समर्थन गरिएका पोस्ट छन् । त्यसमा पनि अधिकांश पोस्टमा सेनापतिलाई जोडेर भ्रम फैलाइएको छ । सेनापतिको भनाइ भन्दै भ्रम फैलाएपछि नेपाली सेनाले १९ मार्च २०२५ मा विज्ञप्ति जारी गरेको थियो ।

उक्त विज्ञप्तिमा भनिएको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ । विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र  गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ ।” 

विज्ञप्तिमा अगाडि भनिएको छ, “तसर्थ, नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ ।”

शुक्रबार (२८ मार्च २०२५) राजावादी आन्दोलन पुनः चर्किएपछि त्यही पुराना भिडिओ भाइरल भइरहेका छन् । हामीले यस विषयमा नेपाली सेनालाई सम्पर्क गर्‍यौं । तर, नेपाली सेनाले आफूहरूको निर्णय सबै औपचारिक रूपमा विज्ञप्तिमार्फत आउने भन्दै सामाजिक सञ्जालमा देखिएको भ्रामक भिडिओमा विश्वास नगर्न अनुरोध गर्‍यो । 

सो विज्ञप्तिपछि नेपाली सेनाले आन्दोलनका विषयमा वेबसाइटमा कुनै पनि सूचना राखेको छैन । 

शुक्रबार राजावादी आन्दोलन चर्किएपछि टिकटक एल्गोरिदमका कारण यी पुराना भिडिओ पुराना प्रयोगकर्ताको फिडमा देखिरहेको पत्ता लागेको छ ।

दाबी 

नेपाली सेनाका प्रधान सेनापति गृह मन्त्रालयको अनुरोध अस्वीकार गर्दै राजावादीलाई समर्थन गर्ने निर्णय गर्‍यो । 

दाबीकर्ता

न्यु जेनेरेसन जर्नलिजम, डीप इमोसन लगायताका टिकटक अकाउन्ट । 

तथ्य

नेपाली सेनाले अहिलेसम्म कुनै पनि पक्षको समर्थन वा विरोध गरेको छैन । सेना परिचालन गर्ने गृह मन्त्रालयको अनुरोध नेपाली सेनाले अस्वीकार गरेको भन्ने जानकारी भ्रामक हो । यसअघि नै भ्रामक पुष्टि भएको भिडिओ अहिले भाइरल भइरहेको छ ।

प्रतिक्रिया

तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नुहुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ २१:२७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

प्रहरीले सुरुमै बल प्रयोग गरेर कार्यक्रम गर्न नदिँदा यो स्थिति उत्पन्न भएको उनको दाबी छ । एक भिडिओ विज्ञप्ति जारी गर्दै उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

‘आज हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका थियौं । तर सुरुदेखि नै हामीलाई प्रशासनबाट अत्याचार र थिचोमिचो भयो । म गाडीबाट मञ्चमा जान ओर्लिँदा नै ३÷४ राउन्ड टियर ग्यास हानिएको थियो । मञ्चमा गएपछि दसौं राउन्ड टियर ग्यास प्रहार भयो । मैले बोल्न पाइनँ । मञ्चमा बस्न पनि सकिनँ । त्यस्तो वातावरण सिर्जना भएपछि जनमानसमा आक्रोश उत्पन्न भयो,’ उनले भनेका छन् । 

Ncell 2
Ncell 2

घरको छतबाट टियर ग्यास हानिएपछि त्यो घरभरि पुलिसहरु लुकाएर राखेको थाहा पाएपछि मासले तोडफोड र आगजनी गरेको उनको भनाइ छ । उनले प्रहरीको गोली लागेर मृत्यु भएका सविन महर्जनको परिवारलाई क्षतिपूर्ति दिन माग गरे । 

उनले भनेका छन्, ‘प्रहरीले अन्धाधुन्द फायरिङ गर्दा किर्तिपुरका सविन महर्जन किर्तिपुरको मृत्यु भएको छ । । दर्जनौं मानिसहरु घाइते भएका छन् । उनीहरु विभिन्न अस्पतालमा छन् । यो दुखद हो । सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु ।’

shivam cement
shivam cement

भोलि शनिबार घोडेजात्रा पर्व भएकाले आन्दोलन नगर्ने निर्णय समितिले यसअघि गरेको थियो । तर, यो निर्णयमा पुनर्विचार हुन सक्ने राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले बताए । 

राणाले भने, ‘एक जनाको मृत्यू भयो, एक जनालाई गोली लाग्या छ । राजालाई अरेस्ट गर्ने कुरा गरिराख्या छन् । त्यस्तो भयो भने मान्छे आफैं निस्किने स्थिति देखिराख्या छु मैले । परिस्थिति नाजुक छ । जनता थामिन्छन् जस्तो मलाई लाग्या छैन ।’

संयुक्त जनआन्दोलन समितिले सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको थियो । सरकारले मागको सुनवाइ नगरेको खण्डमा एक हप्तापछि आन्दोलन देशव्यापी बनाउने निर्णय समितिले गरेको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- सरकारले राजावादी आन्दोलन कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ। यसअघि नै सरकारले कारबाहीको दायरामा ल्याइने बताइसकेको छ। मेडिकल व्यवसायी समेत रहेका उनको खोजी प्रहरीले गरिरहेको बुझिएको छ।‘आन्दोलनको नेतृत्व प्रसाईंले गरेको भएकाले उनले नै सम्पूर्ण क्षतिको जिम्मेवारी पनि लिनुपर्छ।दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने।उनले तिनकुनेमा राजावादीले गरेको आन्दोलन नभइ अपारधिक कृयाक्लाप, लुटपाट र अमानवीय कार्य भएको बताए। आगामी दिनमा सरकार आजजस्तो संयम नहुने पनि उनको भनाइ छ। कुनै मूल्य मान्यता र उद्देश्य बोकेको दल नभइ एउटा समूहको प्रदर्शन बताउँदै अनुमान भन्दा अवस्था बाहिर गएको उनले बताए। 
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेकपा (एमाले) ले सबै राजनीतिक दल पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ।

एमालेका महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका छन्।

एमालेले आज पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उडण्डता, अराजकता र हिंसाको घोर भ्रत्र्सना गरेको छ। एमाले महासचिव पोखरेलले आजका आपराधिक क्रियाकलापमा सङ्लग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्।

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतंकलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उनले एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प समेत गरेको बताएका छन्।


सामाग्री श्रोत :

पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका लागि गोगोरोले काठमाडौं उपत्यकामा ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ । स्मार्ट स्कुटर बिक्री सुरु गर्नुअघि नै गोगोरोले ब्याट्री-स्वापिङ पूर्वाधार विस्तार गरेको हो ।

गोगोरो यस्ता स्वाप स्टेसनहरू रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा राखिएको जनाएको छ । प्रयोगकर्तालाई छिटो र सहज ब्याट्री उपलब्ध गराउने गरी यस्तो पूर्वाधार विस्तार गरिएको कम्पनीको भनाइ छ । 

ब्याट्री स्वाप गर्न ६ सेकेन्ड मात्र लाग्ने भएकाले सवारीधनीले चार्जिङका लागि पर्खनुपर्ने समस्या हट्ने कम्पनीको दाबी छ । हाल यी स्टेसनहरू पेट्रोलपम्प, सुपरमार्केट तथा व्यस्त स्थानहरूमा राखिएकोछ ।

गोगोरोको नेपालस्थित आधिकारिक वितरक नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले काठमाडौंमा दैनिक १०० भन्दा बढी ब्याट्री स्वाप भइरहेको जानकारी दिए । उनले गोगोरोको दीर्घकालीन योजनाअनुसार नेपालमा स्मार्ट इलेक्ट्रिक यातायात प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यी ४५ स्वाप स्टेसनहरू कम्पनीको पहिलो चरणको विस्तार मात्र भएको उनले बताए ।

गोगोरोले ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल र सिंगापुरसहित नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ १२:२





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट