काठमाडौं । एलन मस्कको एआई च्याटबट ग्रोक एआई अब टेलिग्राममा पनि उपलब्ध भएको छ । टेलिग्रामले आफ्नो सिस्टममा ग्रोक एआई च्याटबटलाई एकीकृत गरेसँगै प्रयोगकर्ताले सोधेका प्रश्नहरूको जवाफ पाउने र विविध विषयमा कुराकानी गर्न सक्ने भएका छन् ।

ग्रोक एआई टेलिग्राममा जोडिँदा सामाजिक सञ्जालको प्रतिस्पर्धामा नयाँ मोड आउने विश्लेषण गरिएको छ । टेलिग्रामले आफ्नो प्रतिस्पर्धी ह्वाट्सएपले मेटा एआई प्रयोगमा ल्याएपछि प्रयोगकर्ताको चासो कायम राख्न यस्तो कदम चालेको हो ।
यसअघि ग्रोक एआई एक्स (पहिलेको ट्वीटर) र ग्रोक एपमा मात्र उपलब्ध थियो । टेलिग्रामले ग्रोक थ्री मोडेलको नयाँ संस्करण प्रयोगमा ल्याएको छ, जुन गणितीय गणना, अनुसन्धान र तार्किक विषयहरूमा गहिरो विश्लेषण गर्नसक्ने गरी डिजाइन गरिएको छ । तर, यसको अनफिल्टर्ड जवाफ दिने शैलीका कारण विवादहरू पनि उत्पन्न भएका छन् ।
ग्रोक एआईको यो सेवा हालका लागि टेलिग्राम प्रिमियम सदस्यहरूका लागि मात्र उपलब्ध छ । सामान्य प्रयोगकर्ताले कहिलेदेखि यो सुविधा पाउने भन्ने विषयमा टेलिग्रामले कुनै आधिकारिक जानकारी दिएको छैन । प्रयोगकर्ताले टेलिग्राममा ‘GrokAI’ सर्च गरेर सो च्याटबटसँग कुराकानी गर्न सक्नेछन् ।

मस्कको कम्पनी एक्सएआईले विकास गरेको ग्रोक एआई पछिल्लो समय विवादास्पद र स्पष्ट प्रतिक्रियाका कारण चर्चामा आएको छ । यसअघि एक्स (पहिलेको ट्वीटर) र ग्रोक एप मार्फत मात्र प्रयोग गर्न सकिने यो एआई अब टेलिग्राममा पनि उपलब्ध भएपछि प्रतिस्पर्धी मेसेजिङ एप ह्वाट्सएपलाई टक्कर दिने अनुमान गरिएको छ ।
तर, यो फिचर प्रयोग गर्न टेलिग्राम प्रिमियम प्रयोगकर्ता हुनुपर्नेछ । निःशुल्क प्रयोगकर्ताले यो सुविधा पाउने वा नपाउने भन्नेबारे टेलिग्रामले स्पष्ट पारेको छैन । टेलिग्राममा ‘GrokAI’ सर्च गरेर च्याट सुरु गर्न सकिनेछ ।
तर, ग्रोक एआई टेलिग्राममा सार्वजनिक भएसँगै धेरै प्रयोगकर्ताले ‘ट्राफिक जाम’ सामना गर्नुपरेको छ । ग्रोक एआईसँग कुराकानी गर्न खोज्दा धेरै प्रयोगकर्ताले ढिलो प्रतिक्रिया आएको वा उत्तर नै नआएको जस्ता समस्या देखिएको गुनासो गरेका छन् । हाई ट्राफिकका कारण ग्रोक एआईले सबै प्रश्नहरूको तत्काल जवाफ दिन नसकेको चर्चा गरिएको छ ।
ग्रोक एआईले राजनीतिक, सामाजिक र ऐतिहासिक विषयमा विवादास्पद टिप्पणी दिएपछि छिमेकी देश भारतको सूचना प्रविधि मन्त्रालयले यसको जवाफबारे एक्सबाट स्पष्टीकरण मागेको छ ।
त्यस्तै टेलिग्रामले पनि पछिल्लो समय कानुनी चुनौतीहरू सामना गर्दै आएको छ । सन् २०२४ को अगस्टदेखि विभिन्न देशमा टेलिग्रामविरुद्ध अवैध गतिविधिमा प्रयोग भएको आरोप लाग्दै आएको छ । यस्तो अवस्थामा ग्रोक एआईसँगको सहकार्यले टेलिग्रामलाई नयाँ चर्चा दिलाएको छ ।
पछिल्लो अध्यावधिक: चैत १५, २०८१ ९:३६
सामाग्री श्रोत :
टेक पाना