२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

एसईईका विद्यार्थीले घर फर्कीन गाडी नपाए काठमाडौँ महानगर प्रहरीले पुर्‍याइदिने

काठमाडौँ – काठमाडौंमा आज (शुक्रबार) राजतन्त्रपक्षधर र गणतन्त्रपक्षधर समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ । जस कारणले काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने अनुमान गरिएको छ । त्यहि अस्तव्यस्ततालाई लिएर काठमाडौँको सवारी साधन न्यून संख्यामा गुडिरहेका छन् । त्यसको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् ।

यसै विषयलाई मध्यनगर गर्दै काठमाडौँ महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउने भएको छ । एक सूचना जारी गर्दै प्रहरी बलले गन्तव्यमा पुग्न समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ । 

Ncell 2
Ncell 2

वानेश्वर क्षेत्रमा रहेका विद्यार्थीले दिनेश कुमार अर्याल (९८५१०६८०९६), रत्नपार्क क्षेत्रका विद्यार्थीलाई मनोज प्रसाद लामिछाने (९८५१०९३१७६), नयाँ बसपार्क क्षेत्रका विद्यार्थीले पूर्णचन्द्र भट्ट (९८५१२३३६३३)  र टेकु क्षेत्रका विद्यार्थीले प्रकाश पण्डित (९८५१०५६३४६) लाई सम्पर्क गर्न आग्रह गरिएको छ । साथै हटलाईन ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गरेर बस सेवा लिन सक्ने महानगर प्रहरी बलले जानकारी दिएको छ । विद्यार्थीहरुलाई कुनै समस्या भएको अवस्थामा तत्काल जानकारी दिन महानगर प्रहरीले अनुरोध गरेको छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट