२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्री विरुद्ध नारा लेखेपछि सरस्वती क्याम्पसमा तोडफोड

काठमाडौं । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको डिजिटल बोर्ड तोडफोड भएको छ । बुधबार साँझ डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्ध नारा लेखिएको घटना बाहिर आएपछि बोर्ड तोडफोड गरिएको हो ।

बुधबार साँझ क्याम्पस परिसरमा अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थी समूहले सरकारविरुद्ध आन्दोलन गरिरहेका बेला बोर्ड अनधिकृत रूपमा ह्याक भएको थियो । डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा देखिएपछि केहीबेरमै बोर्ड नियन्त्रणमा लिइएको थियो । त्यसपछि एक समूहले बोर्ड तोडफोड गरेको हो ।

यस घटनापछि क्याम्पस परिसरमा असुरक्षा बढेको भन्दै विद्यार्थीहरूले शंकास्पद गतिविधि रोक्न तथा दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

यसैबिच महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले डिजिटल बोर्ड ह्याकिङ तथा तोडफोडसम्बन्धी कुनै आधिकारिक उजुरी नआएको जनाएको छ 


पछिल्लो अध्यावधिक: चैत १४, २०८१ २०:३२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट