२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ को मृत्यु, ९ घाइते

एजेन्सी–इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुबेपछि छ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको स्थानीय तहका दुई अधिकारीले बिहीबार बताएका छन्। 

लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपत्कालीन टोलीले २९ जनालाई बचाउन सफल भएको छ। पनडुब्बीले पर्यटन क्षेत्रको बीचको एक किनारामा यात्रा गर्दै थियो र त्यसमा विभिन्न राष्ट्रियताका ४५ पर्यटक थिए।

Ncell 2
Ncell 2

पनडुब्बी किन डुब्यो भन्ने कुरा तुरुन्तै स्पष्ट भएन।

shivam cement
shivam cement

इजिप्टका अधिकारीहरूका अनुसार नोभेम्बरमा खराब मौसमको चेतावनीपछि एउटा पर्यटक यात्रुपोत लाल सागरमा डुबेको थियो। उक्त दुर्घटनामा कम्तीमा चार जनाको डुबेर मृत्यु भएको थियो भने अन्य ३३ जनालाई बचाइएको थियो।

पर्यटन इजिप्टको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो तर धेरै पर्यटक कम्पनीहरूले यस क्षेत्रमा द्वन्द्वको खतराका कारण लाल सागरमा यात्रा रोकेका छन् वा सीमित गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट