२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी सजिलो र छिटो हुने

काठमाडौं। माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग‍ सहकार्य गरी ‘गेटपे’ नामक नयाँ भुक्तानी सेवा सुरु गरेको छ। यो सेवाले व्यापारिक भुक्तानीलाई छिटो र सजिलो बनाउने दाबी गरिएको छ।

बैंक र वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न सजिलो बनाउने गरी सिटीटेकले यो प्लेटफर्म विकास गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूलाई एकै स्थानमा सबै भुक्तानी व्यवस्थापन गर्न मद्दत गर्नेगरी माछापुच्छ्रे बैंक​मा गेटपे कार्यान्वयनमा ल्याइएको सिटीएपले जनाएको छ।

यो सेवा प्रयोग गर्दा व्यापारिक संस्थाहरूले आफ्ना सबै कारोबारहरू एकै ठाउँमा प्राप्त गर्नसक्ने बताइएको छ । ​सिटीटेकका अनुसार गेटपे सेवाले भुक्तानी, हिसाब र व्यापारीहरूको गतिविधि एकै ठाउँबाट हेर्न सजिलो बनाउने छ।

गेटपे प्रयोगमा ल्याएपछि व्यापारीहरूले सबै भुक्तानी एकै ठाउँबाट हेर्न र व्यवस्थापन गर्न सक्नेछन्। यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ।

यस सेवाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप बलियो बनाउने सिटीटेकको अपेक्षा छ । कम्पनीका अनुसार गेटपेले काम सजिलो बनाउनुका साथै भुक्तानीको जानकारी पनि दिन्छ भने सही निर्णय लिन मद्दत गर्नेछ।


सामाग्री श्रोत :

माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी सजिलो र छिटो हुने

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट