२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

बझाङको खप्तडछान्नाका पूर्व गाउँपालिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल, वडा ४ का वडाअध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापामगर, तत्कालीन लेखापाल मदनराज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।

Ncell 2
Ncell 2

आर्थिक वर्ष २०७६-७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा कामै नगरी २०७७-७८ भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा काम नै नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइएपछि मुद्दा चलाइएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

shivam cement
shivam cement

उनका अनुसार आयोगले उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट