२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

तिलोत्तमाका कार्यपालिका सदस्य पाठकको दुर्घटनामा परी मृत्यु

रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं २ का सदस्य खेमराज (रामकृष्ण) पाठकको दुर्घटनामा मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका- २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका- १० चौराहमा दुर्घटनामा परेका थिए ।

Ncell 2
Ncell 2

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो उनले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवलतर्फ जाँदै गरेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको थियो ।

shivam cement
shivam cement

दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनका छोराहरु क्यानडा रहेकाले अन्त्येष्टि कहिले र कहाँ गर्ने टुंगो नलागेको आफन्तले जनाएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट