२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

अभौतिक मुद्रा कारोबारमा संलग्न ११ भारतीय बूढानीलकण्ठबाट पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्बको अभौतिक मुद्रा कारोबारमा संलग्न गिरोहका ११ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत राजस्थान घर भएका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षी आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षकै विकाश कुमार छन्।

अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका-३ देउला टोलस्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेका ११ जनालाई काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल, ५ थान ल्याप्टप, हिसाबकिताब अभिलेख राखिएको ४ थान नोट बुक, १४ थान भारतीय बैंक खाता चेक बुक, २७ थान भारतीय एटीएम कार्ड र ४० थान भारतीय सिमकार्ड बरामद भएको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

अभौतिक मुद्रा कारोबारमा संलग्न ११ भारतीय बूढानीलकण्ठबाट पक्राउ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट