२०८२ असार १० मंगलवार
LATEST NEWS
२०८२ असार १० मंगलवार

पूर्व अध्यक्ष गणेश थापालाई कारवाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय

काठमाडौं – फिफाबाट प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापालाई आवश्यक अनुसन्धान तथा छानविन गरी कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ।

एन्फाको चैत ११ र १२ गते बसेको नवौं कार्यसमिति बैठकले विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई अनुसन्धान गरी कारवाही गर्न पत्राचार गर्ने निर्णय गरेको हो।

Ncell 2
Ncell 2

एन्फाले अख्तिायारसहित फिफा, एएफसी, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

shivam cement
shivam cement

फिफाले २०७२ मा एन्फाका तत्कालिन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो।

थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर थियो। अनुशासन समितिले थापालाई २१ लाख जरिवाना समेत तोकेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट